वराहक्षेत्रमा कविहरूको जमघट हुने
सुनसरीको वराहक्षेत्रमा पूर्व–मेचीदेखि महाकालीसम्मका कविहरूको जामघट हुनेभएको छ । वराहक्षेत्रमा स्थापित स्वर्णिम साहित्य समाजले ‘प्रज्ञा कविता उत्सव २०८० को आयोजना गरी कविहरूलाई एकै ठाउँमा भेला गर्न लागेको हो ।
झापामा १० वर्षमा ५१ वटा झोलुङ्गे पुल निर्माण
एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् ।
जन्म दर्ता अब घरमै उपलब्ध गराइँदै
इलामको सूर्योदय नगरपालिका– ५ ले घरमै पुगेर जन्म दर्ता गराउन थालेको छ । बच्चा जन्मिएको ३५ दिन भित्रमै जन्म दर्ता हुनेको सङ्ख्या शत प्रतिशत गराउने उद्देश्यले वडा कार्यालयले घरमै पुगेर जन्म दर्ता गराउन थालेको हो ।
वितृष्णाको वातावरणमा प्रतिगामीले खेल्ने कोशिस गर्दैछन्ः सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको बताउनुभएको छ ।
साङ्गीतिक र पत्रकारिता क्षेत्रका चार जना सम्मानित
झापाको दमकस्थित बिहानी कला केन्द्रले साङ्गीतिक र पत्रकारिता क्षेत्रका ४ जनालाई सम्मान गरेको छ । केन्द्रले वरिष्ठ गायक तथा संगीतकार विशाल राई र संगीत साधक यशोदा शाक्यलाई सांगितिक क्षेत्रमा विशिष्ट योगदान गरेको जनाउँदै केन्द्रले सम्मान गरेको हो ।
भानुजन माविको हिरक महोत्सव सुरु
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको ७५ औं वार्षिक उत्सव (हिरक जयन्ती) मनाउन सुरु गरिएको छ ।
दसगजामा हुँदै गरेको निर्माण रोकियो
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले इलामको सूर्याेदय नगरपालिका–२ स्थित पुलखोलाको दसगजामा निर्माण गर्दै गरेको पक्की संरचनाको काम तत्कालका लागि रोकिएको छ ।
धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक : स्तरोन्नति गरिँदै
बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो ।
बयरको व्यावसायिक खेती सुरु
मोरङको कानेपोखरी–३, हरकपुरमा नेपाल मै पहिलो पटक व्यावसायिक बयर खेती सुरु गरिएको छ । धरानका व्यवसायी विनोद अग्रवालले बयरको आयात उच्च भएको अध्ययन गरेपछि बयरको व्यावसायिक खेती सुरु गर्नुभएको छ । खास गरी सरस्वती पूजालगायतका चाडमा नेपालमा विभिन्न जातका बयरको आयात हुने गरेको छ । अग्रवालले आफ्नै पाँच बिघा जग्गामध्ये साढे चार बिघा खेतमा एक हजार बिरुवा लगाउनुभएको हो । जसमध्ये सात सय बिरुवाले उत्पादन दिन थालेका छन् । भारतको हरियाणाबाट प्रतिबिरुवा एक सय रुपियाँका दरले ल्याएका बिरुवा उहाँले गत वर्षको चैतमा रोप्नुभएको थियो । ती बिरुवाले रोपेको १० महिनामा उत्पादन दिन थालेका छन् ।
सातवटा मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा. गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सातवटा मेडिकल खोल्ने गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताउनु भएको छ ।
हामीलाई सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ ।
भुइँमा पछारेर आठ महिनाको नाबालकको हत्या
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आठ महिनाको बालकको हत्या भएको छ । नाबालकलाई भुइँमा पछारेर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
कोशीटप्पुद्वारा अढाई वर्षमा एक करोड पाँच लाख राहत वितरण
सुनसरीको कोशी टप्पुवन्य जन्तु आरक्षले अढाई वर्षमा एक करोड पाँच लाख बढी राहत रकम वितरण गरेको छ ।
पाथीभरामा माघमा २४ लाख भेटी सङ्कलन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा माघमा मात्रै चौबीस लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ ।
टाटा सुमोमा लुकाई राखेको चार सय ६ केजी गाँजा बरामद
सुनसरीको वराहक्षेत्र ९ राजाबासस्थित कोशी किनारमा टाटा सुमो गाडीमा लुकाई राखेको ४०६ केजी ९४० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
तेल बोक्ने ट्याङ्करमा ५९४ केजी गाँजा
साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । डिजेल/पेट्रोल बोक्ने ट्याङकरमा गाँजा धरानतर्फ लैजाँदै गदै गर्दा तीन भारतीय र एक जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
दशगजामा भारतीय पक्षले निर्माणको काम रोकियो
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले इलामको सूर्योदय–२ स्थित पुल खोलाको दशगजामा निर्माण गर्दै गरेको पक्की संरचना काम तत्कालका लागि रोकिएको छ ।
एउटै सडकमा चारटुक्रे आयोजना
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीदेखि नेपाल–भारतको दसगजा क्षेत्रलाई जोड्ने उर्लाबारी–आमबारी–गाईघाट– सिजुवा–भद्रचोक सडक जिल्लाको सबैभन्दा पुरानो सडक मानिन्छ ।
खाँदबारी–नुम सडक निर्माण सुस्त, दुई वर्षमा २८ प्रतिशत काम
सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । उत्तर–दक्षिण कोशी सडक आयोजनाले अनुसार किमाथाङ्का–रानी सडकको सो खण्डमा ठेक्का लागेको दुई वर्षमा २८ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ ।
आध्यात्मिक महोत्सवको बुधबार राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
पाँचथरको फिदिममा बुधबार सुरु हुने आध्यात्मिक महोत्सवको तयारी पुरा भएको छ।
पाँचथर गोल्डकपमा नेपाल र भारतका आठ टिम सहभागी हुने
फागुन १२ देखि सुरु हुने चौथो पाँचथर गोल्कप फुटबल प्रतियोगितामा नेपाल र भारतका आठ टिमले भाग लिने पक्का भएको छ। आयोजक पाँचथर क्लबले मंगलबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै सहभागी हुने टिम सार्वजनिक गरेको हो।
दुई वर्षभित्र धनीपुर्जा वितरण गरिसक्ने दमकको लक्ष्य
झापाको दमक नगरपालिकाले भूमिसम्बन्धी समस्या आगामी दुई वर्षभित्रमा टुङ्गोमा पुर्याएर जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने तयारी गरेको छ । दमकका १० वटा वडामा भूमिसम्बन्धी समस्या रहेका परिवारको सङ्ख्या छ हजार बढी रहेको छ ।
विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै विद्यालय
सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई जीवन उपयोगी सीप दिन थालिएको छ । सुनसरीको वराहक्षेत्र १० प्रकाशपुरमा रहेको श्री प्रकाश मावि प्रकाशपुरले विद्यार्थीहरूलाई दुना, टपरी बनाउने सीप दिन थालेको हो ।
१३ वर्षपछि सामूहिक जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
सामूहिक जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई १३ वर्षपछि इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ ।