• २८ पुस २०८१, आइतबार

काँग्रेस नेता बुढाथोकीको निधन

blog

लीलाराज खड्का 

बिर्तामोड, माघ २३ गते ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको  सोमवार राती निधन भएको छ । नेता बुढाथोकीको विराटनगरमा उपचारकै क्रममा ८० वर्षको उमेरमा सोमवार  राति ११ः३० बजे निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिनुभयो ।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहनु भएको थियो । सेतो बाघ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका  निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री हुनु भएको थियो ।  नेता बुढाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भई सक्नुभएको नेता बुढाथोकी जनतामाझ लोकप्रिय नेता रहनुभएको थियो । 

दुई छोरा एक छोरी रहनुभएका बुढाथोकीको पार्थिक शरीरलाई आजै जिल्ला पार्टी कार्यालय झापामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमगाईले गोरखापत्रलाई जानकारी दिनुभयो  ।