चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ ।
खोटाङमा सवारीसाधनको भाडादर घट्यो
जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ ।
डिडिसीले दिएन नौ लाख ५६ हजार लिटर दुधको भुक्तानी
इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् ।
पशुपतिनगरमा राजस्व सङ्कलन केन्द्र स्थापना
इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल-भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो ।
जनताका समस्या बुझ्दै, समाधान खोज्दै : सभापति खतिवडा
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह जिल्ला ओखलढुङ्गाको विकासमा सक्रियता बढाउनुभएको छ।
विद्यार्थीलाई सीपमूलक तालिम
पाँचथरको फिदिम नगरपालिका ६ सिवाका विद्यार्थीलाई वडा कार्यालयले बाँसका सामग्री निर्माण गर्न सीपमूलक तालिम दिएको छ ।
धूमधामका साथ रामको प्राणप्रतिष्ठा : फूलले सिँगारियो अयोध्या
अन्ततः आज (सोमबार) भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ ।
महानन्द चोकनजिक महिलाको शव फेला
झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको चोटग्रस्त अवस्थामा सोमबार बिहान शव भेटिएको छ । सो नगरपालिकाको वडा –६ महानन्दचोक पश्चिम ब्याडमिन्टन कोर्टनजिक बिर्तामोड नगरपालिका –५ मा बस्दै आउनुभएकी माया कार्की मगरको शव भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
फूलैफूलको सहर धरान
केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने धरान अहिले फूलैफूलको सहरका रुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले सजाइएका छन् ।
मदन भण्डारी राजमार्गकाे कोशी प्रदेश खण्डको काम रोकियो
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको धरान-केरावारी-लेटाङ-मधुमल्ला बेलडाँगी सडकखण्ड, शान्तिनगर-पातापुर र वारफलाङ्फेदि-शान्तिनगर सडकखण्डका रुख हटाउने काम अझै अघि बढ्न सकेको छैन ।
१९ वर्षीया लेकिडोमा बनिन् निमावि स्थायी शिक्षक
उन्नाइस वर्षको उमेरमै स्थायी शिक्षक ? यो कसरी सम्भव छ त ? पाँचथरको फाल्गुनन्द १ नवमीडाँडाकी लेकिडोमा तामाङ हालै शिक्षक सेवा आयोगले प्रकाशन गरेको नतिजामा निमावि तह शिक्षकको लिखित र अन्तरवार्तामा उत्तीर्ण भएर नियुक्तिका लागि सिफारिसमा पर्न सफल हुनु भएको छ ।
भगवान् रामको प्राणप्रतिष्ठाको अवसरमा बिदा
हिन्दु धर्मावलम्बीहरूका भगवान् मर्यादा पुरुषोत्तम श्रीरामको आज सोमवार छिमेकी राष्ट्र भारतको अयोध्यामा नयाँ मूर्तिको प्राण प्रतिष्ठा विधिवत् रूपमा हुँदैछ । रामको मूर्तिको प्राण प्रतिष्ठाको अवसरमा सुनसरी जिल्लाका अधिकांश स्थानीय पालिकाले आज एक दिन सर्वजनिक बिदा दिएका छन् ।
कृषि र पर्यटनमार्फत समृद्ध बनाउँछौँ
ओखलढुङ्गामा एक नगरपालिका र सात गाउँपालिकामध्ये मानेभन्ज्याङ गाउँपालिका १४६.६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाको केन्द्र वडा नं. ५ मानेभन्ज्याङ बजारमा रहेको छ । साबिकका आठ वटा
एउटै वडामा सात करोडको सुन्तला
पाँचथरको फाल्गुनन्द–७ का लीलावल्लभ नेपालले १४ रोपनीमा चार सय बोट सुन्तला रोप्नुभएको छ । त्यसमध्ये यस वर्ष २५० बोटमा फलेका सुन्तलाबाट साढे नौ लाख रुपियाँ आम्दानी भएको उहाँले बताउनुभयो । यस वर्ष उत्पादनसँगै मूल्य पनि बढेको उहाँ सुनाउनुहुन्छ । वर्षौंदेखि सुन्तला खेती गर्दै आउनुभएका मचिन्द्र आङ्देम्बे पनि पालिकाले वडालाई पकेट क्षेत्र घोषणा गरेर किसानलक्षित कार्यक्रम सुरु गरेपछि झनै हौसिनुभएको छ । एक पटक रोपेपछि २० देखि ३० वर्षसम्म फल्ने भएकाले रोग, किराको उपचार र सामान्य गोडमेल गर्दा राम्रो आम्दानी लिन सकिने उहाँ बताउनुहुन्छ ।
रुम्जाटारले जित्यो राष्ट्रपति रनिङ शिल्ड उपाधि
सिद्धिचरण नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारले जितेको छ । प्रतियोगितामा ४९ स्वर्ण, आठ रजत र ११ कांस्य गरी ६८ पदकसहित रुम्जाटारले उपाधि जितेको हो ।
सुरु भएको २६ वर्षसम्म पनि अलपत्र विराटनगर चक्रपथ
प्रदेश सरकार मातहतमा रहने गरी पाँच वर्षअघि सङ्घले हस्तान्तरण गरेको विराटनगर चक्रपथ आयोजना सङ्घीय सरकारले नै फिर्ता लगेको छ ।
आलुखेतीमा डढुवा कीराको सङ्क्रमण
चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन् ।
सडक नीतिले छोएन स्थानीय तहलाई
कोशी राजमार्गबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजार जोड्ने चार वटा बाटा अहिले सञ्चालनमा छन् । त्यस्तै मध्यपहाडी राजमार्गको लेगुवा बजारबाट समेत जितपुर जोडिन्छ तर यीमध्ये
इलामको रोङमा ‘एक रुपैयाँ बचत’ गरिदैँ
रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्नुहुन्छ । उहाँलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काउनुभयो । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ । तर अवोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो । “आजकलका बच्चाको सपना नै डाक्टर, इन्जिनियर, पाइलट बन्ने हुँदोरहेछ । सन्तानको पवित्र सपना पैसाकै अभावमा पूरा गराउन नसक्नु हामी किसानको बाध्यता छ”, उहाँले भन्नुभयो ।
मन्त्रीपरिषद्ले बनायो वार्ता समिति
कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्टि जनाउँदै सङ्घर्ष गरिरहेको पहिचान पक्षधरसँग वार्ता गर्ने निर्णय गर्दै वार्ता समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रीपरिषद्को बैठकले आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारका दुई मन्त्रीसहित तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।
बढे गहुँ खेती गर्ने कृषक
सुनसरीमा यस वर्ष गहुँ खेती गर्ने कृषक बढेका छन् । कृषि ज्ञान केन्द्र सुनसरी र स्थानीय पालिकाहरूले गहुँ खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि जिल्लामा गहुँ खेती गर्ने किसान बढेका हुन् । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्षभन्दा यस वर्ष गहुँ खेती गर्ने कृषक बढेका छन् । गत वर्ष १२ हजार २३७ हेक्टर क्षेत्रफलमा गहुँ खेती भएकामा यस वर्ष १२ हजार ८०५ हेक्टर क्षेत्रफलमा गहुँ खेती लगाइएको छ । उहाँले भन्नुभयो, “जिल्लाका स्थानीय पालिकाहरूले कृषकलाई गहुँ खेती गर्न प्रोत्साहनका कार्यक्रम ल्याएपछि जिल्लामा गहुँ खेती गर्ने कृषक बढेका हुन् ।”
शैक्षिक गुणस्तर सुधार गर्न कार्यशाला
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सुनसरीको वराहक्षेत्र १० प्रकाशपुरमा दुई दिने शैक्षिक गुणस्तर सुधार कार्यशाला सञ्चालन गरिएको छ ।
रुखबाट लडेर राईको मृत्यु
रुख चढेर सुखेको हाँगा झार्ने क्रममा रुखबाट लडेर झापामा एक जनाको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका–११ दुधेका ५९ वर्षीय गङ्गाराम राई शनिवार बिहान रुखबाट लडेर गम्भीर घाइते बनेपछि उपचारका लागि दमकस्थित आम्दा अस्पताल ल्याउनेक्रममा बाटोमा मृत्यु भएको थियो ।
सालिक हटाएको विरोधमा नगरपालिकामा ताला
मोरङको लेटाङस्थित सहिद स्मृति प्रतिष्ठानले राखेको सहिद हरि भट्टराईको सालिक लेटाङ नगरपालिकाले नगर प्रहरी लगाएर तोडफोड गरेको भन्दै शुक्रबार नेकपा माओवादी केन्द्र निकट कार्यकर्ताले नगरपालिकामा ताला लगाएका छन् ।