उच्च मूल्यमा अलैँची, प्रतिमन ७७ हजारमा कारोबार
ताप्लेजुङमा मङ्गलबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको हो ।
ताप्लेजुङको उच्च भेगमा हिमपात
ताप्लेजुङको उच्च भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगमा मङ्गलबार रातिदेखि नै हिमपात हुन थालेको हो । स्थानीयका अनुसार गएरातिदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ ।
साझा एकताले देश बन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनैपनि देश बन्नलाई साझा एकता चाहिने बताउनुभएको छ । रगत सङ्कलनमा सहयोग पुर्याउने लक्ष्यसहित कोशी प्रदेशका लागि गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल सङ्घ (एनआरएन)ले घुम्ती रगत सङ्कलन बस सेवा हस्तान्तरण गर्ने कार्यक्रममा क्रममा उहाँले देश बन्नलाई हामी सबैको एकताले हुने र हामी सबै मिल्यौ भने देश बन्ने बताउनुभएको हो ।
धनकुटा कारागारका कैदीबन्दीहरुलाई नयाँ भवनमा सारियो
धनकुटा जिल्ला कारागारका कैदीबन्दीहरुलाई नयाँ भवनमा सारिएको छ । कोशी प्रदेश र सङ्घीय सरकारको एक करोड ८५ लाखमा वि.सं २०७२ बाट क्रमागत रूपमा चालु आर्थिक वर्ष २०८०-०८१ मा निर्माण पुरा भएसँगै ३५ वर्षपछि नयाँ कारागार सारिएको हो ।
पहिचानको विषय पनि समाधान हुन्छ : कांग्रेस नेता सिटौला
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताउनुभएको छ ।
चिसो बढेपछि विराटनगरका विद्यालय तीन दिन बन्द
शीतलहरसँगै चिसो बढेपछि विराटनगरका विद्यालयमा तीन दिन बिदा दिइएको छ । विराटनगर महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी आज (बुधबार)देखि माघ ५ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो ।
धनकुटामा सवारीसाधनका लागि नयाँ नियम लागू
बजारमा बढ्दो सवारी चाप व्यवस्थापनका पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने-ओराल्ने र सामान लोड-अनलोड सम्बन्धी नयाँ नियम लागू गरेको हो ।
जाडो बढेपछि सुनसरीका विद्यालय बन्द
जिल्ला सदरमुकाम इनरुवासहित इटहरी उपमहानगरपालिकाले माघ ५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हाे ।
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत
भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो ।
तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये
लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मङ्गलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो ।
राष्ट्रपति रनिङ शिल्ड : ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो ।
लगानी परियोजनाको सम्झौतामा अलमल
विराटनगर–९, पुरानो गुद्रीबजार भत्काएर व्यापारिक भवन निर्माणका लागि लगानी सुनिश्चित भएको छ । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको १४ कट्ठा जग्गामा २५ तले व्यापारिक भवन निर्माणका लागि डोर इन्टरनेसनलले लगानी प्रस्ताव पेस गरेको हो ।
चिकित्सक आन्दोलनमा बिरामी अलपत्र
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक र चिकित्सकले अन्तर्वार्ता नियमित गर्न माग गर्दै आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरेपछि बिरामी अलपत्र परेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक र चिकित्सकले अन्तर्वार्ता नियमित गर्न माग गर्दै आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरेपछि बिरामी अलपत्र परेका छन् ।
ओखलढुङ्गामा हिमपात : किसान खुसी
ओखलढुङ्गाको माथिल्लो उच्च भेगमा हिमपात भएको छ ।
७६ वर्षीय वृद्ध बेपत्ता
मोरङको पथरीशनिश्चरे–९ र उर्लाबारी–९ बाट एकै दिन ७६ वर्षीय जनकलाल बास्कोटा र नारायणप्रसाद सापकोटा बेपत्ता हुनुभएको छ । उहाँहरू दुवै जना गत पुस २१ गते बिहानदेखि परिवारसँग सम्पर्कविहीन हुनुभएको हो ।
चिकित्सकको आन्दोलनले बिरामी अलपत्र
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकहरूले अन्तर्वार्ता सुचारुको माग गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवाहरू बन्द गरेसँगै बिरामीहरू अलपत्र परेका छन् ।
ताप्लेजुङमा उच्च मूल्यमा अलैँची कारोबार
ताप्लेजुङमा यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको छ । मङ्गलबार कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च हो ।
कचनकवलमा हात्ती आतङ्क, २२ घर भत्काए
झापाका विभिन्न पालिकामा केही महिना अघिदेखि हात्तीले उपद्रो मच्चाउँदै आएका छन् । यसैक्रममा कचनकवलमा फेरि जंगली हात्तीको समूहले दूई घर भत्काएको छ ।
ग्यास सिलिन्डर विस्फाेट हुँदा एक गम्भीर घाइते
बिर्तामोड नगरपालिका –७ गरामनीस्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते हुनुभएको छ ।
वडावडामा घुम्ती शिविर सञ्चालन
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरी स्थानीयलाई सेवा प्रवाह गरेको छ ।
सोलुखुम्बुका हिमाल कालापत्थरमा परिणत
समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरु क्रमशः कालो बन्दै
किसानको रोजाइमा केराखेती
सुनसरीको विभिन्न स्थानीय तहमा किसानको रोजाइमा केराखेती देखिएको छ । जिल्ला सदरमुकाम इनरुवा लगायतका विभिन्न स्थानीय तहमा एक पटक केरा रोपेपछि तीन वर्षसम्म प्रतिफल पाउने र केरामा लगानी अनुसारको बढ्दो प्रतिफलका कारण किसानले केरा खेती रोज्न थालेका हुन् ।
हतुवागढीको माइबेनी ओझेलमा
भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो ।
नुन बोक्ने बाटो ऐतिहासिक मार्ग बन्दै
यातायातको सुविधा नहुँदा पूर्वी पहाडी जिल्ला धनकुटाका अधिकांश स्थानीयवासीले नुन बोक्न प्रयोग गर्ने बाटोलाई प्रवर्धन गर्न सुरु गरिएको छ । करिब ५० वर्ष अघिसम्म यो बाटो भएर धरानबाट नुन बोकेर ल्याउने गरिन्थ्यो ।