दुई घरमा आगलागी हुँदा २३ लाखभन्दा बढी क्षति
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा दुई छुट्टाछुट्टै घरमा आगलागी हुँदा साढे २३ लाख रुपियाँ बराबरको क्षति भएको छ।
लेखा अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प
ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा लेखा अधिकृत नहुँदा विकास निर्माणदेखि पालिका सञ्चालनमा समस्या भएको छ ।
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका-६ स्थित केरेन्जामा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्रदेश नम्बर ०१-०१-००२ त ०३८८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
शारदा माविको ६७ औं वार्षिकाेत्सव
सुनसरीको इनरुवा नगरपालिका–५ को श्री शारदा माध्यमिक विद्यालयले आफ्नो ६७ औं स्थापना दिवस, वार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएको छ ।
पाथीभराको सुन १७८ तोला कायम
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको सुन शुद्धीकरणपछि एक सय ७८ तोला बढी कायम भएको छ । पाथीभरामा सङ्कलित सुन शुद्धीकरण (रिफाइन) पछि उक्त परिमाणमा शुद्ध अर्थात् एक नम्बरी सुन कायम भएको हो ।
व्यावसायिक मौरीपालनमा रोङका किसान
इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभयो । मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको देखिन्छ ।
मन्त्री लिम्बुलाई पत्नी वियोग
सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी वियोग परेको छ ।
असफलले गरे श्रीमतीको हत्या, सासू र छिमेकी घाइते
आफ्नै श्रीमानले खुकुरी प्रहार गर्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेकी ३५ वर्षीय गोमा फियाकको ज्यान गएको छ ।
वन्यजन्तु र मानव द्वन्द्व कम गर्नुपर्नेमा जोड
सुनसरीका सरोकारवालाहरूले वन्यजन्तु र मानव बिचको द्वन्द्व कम गर्नुपर्नेमा जोड दिएका छन् ।
बराह क्षेत्रमा पितृ उद्धारका लागि जम्मा भएका भक्तजन
सुनसरी जिल्लाको मात्र नभई नेपालकै प्रख्यात तीर्थस्थल हो–वराह क्षेत्र ।
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
वराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा बिहीबार जङ्गली हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ।
शिक्षक दम्पतीद्वारा अक्षयकोष स्थापना
इलामको माई नगरपालिका-२ का सेवानिवृत्त शिक्षक दम्पतीले आफ्नो छोराको स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।
खोटाङमा ३७ करोड बढीको सुन्तला उत्पादन
खोटाङमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लामा यो वर्ष कृषकले ३७ करोड बढीको सुन्तला उत्पादन गरेका छन्।
झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन
झापामा सहकारीमार्फत ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ ।
राष्ट्रिय सभामा गएर महत्त्वपूर्ण भूमिका खेल्ने सिटौलाको प्रतिबद्धता
नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले प्रदेश तहमा आवश्यक कानुनको अभाव भएको कारण प्रदेश सरकार निरन्तर अल्मलमा परेको बताउनुभएको छ।
किशोरीलाई सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ८ सिद्धिपुरस्थित हिलेखोलाको जङ्गलमा एक २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ ।
बाहुनडाँगी नमुना गाउँ बन्दै
झापाको बाहुनडाँगीमा ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नमुना गाउँ बनाउन पहल सुरु भएको छ । यसका लागि सहारा नेपालले चासो देखाएको र यसका लागि आवश्यक प्रव्रिmया थाल्ने तयारी भएको ग्रामीण पर्यटन अगुवासमेत रहेका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभएको छ ।
उद्योगको बिजुली काटिँदा आवास क्षेत्र अँध्यारो
सुनसरीको खनारमा रहेको धागो उद्योगको कोलोनी (आवास) मा बस्दै आएका २५० भन्दा बढी बालबालिकाको पठनपाठनमा समस्या भएको छ । विद्युत् आपूर्ति बन्द भएका कारण कोलोनीमा बस्दै
हतुवागढीमा जनस्तरबाट १९ किलोमिटर सडक निर्माण
भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट रु ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो ।
वनस्पतिबाट साबुन बनाउने उद्योग सञ्चालन
धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उहाँले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी लगायत अन्यत्र बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो“अनलाइनबाट पनि राम्रो बिक्री भइरहेको छ । अग्र्यानिक सामान पाइने पसलमा पनि साबुन बिक्री हुन्छ ।”
सन्थाल समुदायको प्रमुख चाड सोहराय सुरु
झापासहित पूर्वी नेपालमा मुख्य बसोबास रहेको आदिवासी सन्थाल समुदायले मनाउने प्रमुख चाड सोहराय सुरु भएको छ। मंगलबारदेखि सुरु भएको यो चाड ६ दिनसम्म मनाइने गरेको पाइन्छ। पर्वको रूपमा मनाइने यो चाड सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरेको पाइन्छ।
कोलोनीका २५० बालबालिकाको पढाइ प्रभावित
सुनसरीको खनारमा रहेको धागो उद्योगको कोलोनी (आवास)मा बस्दै आएका २५० भन्दा बढी बालबालिकाको पठनपाठनमा समस्या भएको छ ।
घर र गोठमा आगलागी, ४५ वटा बाख्रा मरे
खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा आगलागीबाट एउटा घर र दुईवटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । खोटाङ बजार पुरानो गाउँस्थित तुलसीराम चौलागाइँको गोठबाट सुरु भएको आगोले गोठसहित घर जलेर नष्ट भएको हो ।
कोशीटप्पुमा जलपन्छी गणना सुरु
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जलपन्छी गणना सुरु भएको छ । ३७ औँ जलपन्छी गणना बुधबारबाट आरक्ष क्षेत्रमा सुरु भएको हो ।