पन्चैबाजाको संरक्षणमा महिला
पन्चैबाजा गाउँघरबाट लोप हुँदै गएको अवस्थामा यहाँस्थित सिंहवाहिनी पन्चैबाजा संरक्षण समूह बाजाको संरक्षण गरी आत्मनिर्भरसमेत भएको छ । वराहक्षेत्र नगरपालिका–७, देवीघाटका महिलाले पन्चैबाजा संरक्षण गर्न समूह बनाई गाउँघरमा हुने विवाह, व्रतबन्धलगायतका शुभकार्यमा पन्चैबाजा बजाउने गरेका छन् । गत वर्ष वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा ३० दिन पन्चैबाजा बजाउन सिकेका महिलाले अहिले व्यावसायिक रूपमै पन्चैबाजा बजाउन थालेका सिंहवाहिनी पन्चैबाजा संरक्षण समूहका अध्यक्ष सुशीला उदासले बताउनुभयो ।
ताप्लेजुङका व्यवसायीद्वारा आन्दोलनको घोषणा
ताप्लेजुङका उद्योगी व्यवसायीले प्रहरी नियन्त्रणमा रहेका सहकर्मी व्यवसायीको रिहाइको माग राख्दै आन्दोलनको घोषणा गरेका छन् ।
पाँच दिने धरान उत्सव सुरु
धरान स्थापना भएको १२३ औँ वर्षको अवसरमा पाँच दिने धरान उत्सव सुरु भएको छ।
भद्रपुरमा कृषक परिचयपत्र वितरण सुरु
भद्रपुर नगरपालिकाले व्यावसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरेर किसान परिचय पत्र वितरण गर्न सुरु गरिएको छ।
कृषक परिचयपत्र वितरण सुरु
भद्रपुर नगरपालिकाले व्यावसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरी किसान परिचय पत्र वितरण गर्न सुरु गरेको छ ।
पाथीभरामा १८५ तोला सुन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा १८५ तोला बढी सुन सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिकाअनुसार हालसम्म उक्त परिमाणमा सुन सङ्कलन भएको हो ।
सूर्यमुखी खेती गर्ने किसान घट्दै
तेलहन बालीको रूपमा लगाइने सूर्यमुखी खेतीमा रोगकिराको प्रकोप र गुणस्तरीय बिउँ नपाउँदा सुनसरीका किसानले सूर्यमुखी खेती लगाउन छाडेका छन् । जिल्लाको उत्तरी क्षेत्र महेन्द्रनगर, प्रकाशपुर, मधुवन र भोक्रहाका किसानले सूर्यमूखी खेती गर्न छाडेका हुन् ।
बढेन तेजपातको मूल्य
मूल्यलगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा कम मूल्य पाएको किसानको गुनासो छ । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो ।
नदीलाई विकासका लागि अगाडि बढाउनु पर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनाश नभई विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताउनुभएको छ । केशलिया–बूढीखोला कोरिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उहाँले विनाश मात्र नभई विकास गर्ने बताउनुभयो ।
बिपी प्रतिष्ठान सबैको प्रतिष्ठा हो : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्थलगत अनुगमन गर्दै बिपी प्रतिष्ठान हामी सबैको प्रतिष्ठा भएको बताउनुभएको छ ।
गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
भोजपुरको पूर्वी अरुण गाउँपालिकाले आज बिहीबार नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेको छ । गाउँपालिकाका अध्यक्ष सालिकराम खत्री, संविधान सभा सदस्य लोकमणि ढकाल र उपाध्यक्ष विनीता ढकालले एकसाथ नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गर्नुभएको हो ।
भीरबाट लडेर एकको मृत्यु
भीरबाट लडेर चिशङ्खगढीमा एक जनाको मृत्यु भएको छ । वडा नं-७ डाँडाका करिब ४५ वर्षीय दीपक राईको भिरबाट लडेर मृत्यु भएको हो।
चिया अनुसन्धान केन्द्र निर्माणले किसानमा उत्साह
इलामको सूर्याेदय नगरपालिका-७ कन्याममा २३ करोडको लगानीमा अर्थाेडक्स चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र निर्माण भएको छ । चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ ।
कार्यकर्ता रिहाइसँगै यातायात बन्द फिर्ता
कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको यातायात बन्द फिर्ता लिएको छ।
धरान उत्सवमा बृहत् सरसफाइ
धरान सहर स्थापना भएको १२३ औं अवसरमा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ ।
सेवा सुविधाबाट विद्यार्थीलाई पोसाक
धनकुटाको महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष पदम रखाल मगरले आफूले पाएको सेवा सुविधाबाट विद्यार्थीलाई विद्यालय पोसाक वितरण गर्नुभएको छ ।
बुढासुब्बामा धार्मिक पर्यटकको बढ्दो आकर्षण
सिक्किमबाट आउनुभएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आउनुभएका गुरुङले भाकल पूरा गर्न आउनुभएको थियो । उहाँले भन्नुभयो, “बुढासुब्बा प्रति ठूलो धार्मिक आस्था र विश्वास भएकाले नै दर्शन गर्न आएको छु ।”
जङ्गली हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीय त्रसित
उत्तरी मोरङको जङ्गल क्षेत्रका गाउँमा हात्ती आतङ्क भइरहेको बेला मोरङको दक्षिणपूर्वी रतुवामाई नगरक्षेत्रमा पनि हात्ती देखिएका छन् ।
चुल्हो आगो बाल्न गोबर गुइँठाकै विकल्प
हिउँद सुरु भएसँगै भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिका र कोशी गाउँपालिकाको अधिकतर घरपरिवारका गृहिणीहरूले दैनिक गोबर जम्मा गर्नु उहाँहरूको दिनचर्या नै हो ।
अस्पताल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग
खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा निर्माणाधीन अस्पतालमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर ५ चिसापानीमा निर्माण भइरहेको १५ शøयाको अस्पताल भवनमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग भएको पाइएको हो ।
तेह्रकुने सिमसारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको छ । माई नगरपालिका १ र ९ को बिचमा पर्ने तीनकुने क्षेत्रमा पोखरी निर्माण गरी सिमसार क्षेत्रको संरक्षणको काम समेत भइरहेको छ ।
आर्थिक मन्दीका कारण सिमेन्ट उद्योग बन्द
आर्थिक सङ्कटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठुलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो । दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो ।
थलियो पाख्रीबास कृषि अनुसन्धान केन्द्र
कैयौँ सफल अनुसन्धानका कारण प्रसिद्धि कमाएको धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रले यतिबेला साख गुमाउँदै गएको छ । तरकारी र दलहनबाली, फलफूल तथा पशुपन्छीको नयाँ जात सिफारिस गर्नुका साथै बिउ उत्पादनमा निकै प्रगति गरेको यो केन्द्रको दुर्दशा आर्थिक र जनशक्ति कटौती हुन थालेपछि सुरु भएको हो । पूर्वी पहाडको कृषि विकासका लागि बेलायती सरकारको सहयोगमा २०२८ सालमा स्थापित केन्द्रलाई २०५५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । केन्द्र प्रमुख तीर्थराज रिजालले नेपाल सरकारको मातहतमा आएपछि कर्मचारी कटौती हुन थालेको र यसले गर्दा अनुसन्धानमा असर परेको जानकारी दिँदै भन्नुभयो, “केही समय राम्रैसँग सञ्चालन भयो । पछि क्रमशः बेवास्ता गरिन थालियो । अहिले त थलिँदै गएको छ ।” यसै केन्द्रका कारण पूर्वी पहाडमा धेरै कृषकलाई व्यावसायिक बन्न मद्दत मिल्नुका साथै यहाँको कृषि क्षेत्र नै फेरिन पुगेको छ । पाख्रीबासले अनुसन्धान गरेको पाख्रीबास कालो बङ्गुर, गिरिराज कुखुरा, खरी बाख्रा, विभिन्न तरकारी, दलहन तथा फलफूल अहिले पनि निकै लोकप्रिय छन् । नेपाली बजारमा कालो धराने बङ्गुर नामबाट प्रसिद्धि कमाएको यो जातको बङ्गुर केन्द्रले नै विकास गरेको हो । यसको वास्तविक नाम पाख्रीबास कालो बङ्गुर राखिए पनि धरानबाट यसले व्यावसायिकता पाएकाले धराने कालो बङ्गुरका नामले चर्चा कमाएको छ । कुनैबेला यसको पाठा लिन दुई वर्षसम्म पर्खिनुपर्ने हुन्थ्यो ।
पवित्राको हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ परेका छन् ।