दमक-चिसापानी सडकको एक वर्ष म्याद थपिने
पुस मसान्तमा काम सक्ने गरी ठेक्का लगाइएको दमक-चिसापानी (फाल्गुनन्द) सडकको पुनः एक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो ।
‘कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना छैन’
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताउनुभएको छ । कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको काम अघि बढ्ने उहाँले बताउनुभयो ।
हात्तीलाई बिच्क्याउँदा मानवीय क्षति बढ्दाे
यसअघि हल्दिबारीमा दुई जना र दमकमा एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
षडानन्द नगरपालिकाद्वारा वडास्तरमा योजना सम्झौता
भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो ।
इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै
पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
विमानस्थल बन्यो गौचरन र वनभोज थलो
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ मा रहेको काँगेलडाँडा विमानस्थल जहाजको पर्खाइमै सीमित रहेको छ । काँगेलडाँडा विमानस्थल प्रयोगमा नआउँदा करिब एक दशकदेखि विमानस्थल गौचरन र वनभोज थलोेका रूपमा प्रयोग हुँदै आएको छ ।
झापामा हात्तीको आक्रमणमा परी एकको मृत्यु
झापामा मानव जङ्गली हात्तीको द्वन्द्व बढेर गएको छ । जङ्गली हात्तीको आक्रमणमा परी घरमै सुतिरहेका झापा शिवसताक्षी नगरपालिका ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको ज्यान गएको छ ।
सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ : मुख्यमन्त्री कार्की
देशमा सङ्घीयता र लोकतन्त्रलाई स्थापित गर्नको निम्ति संविधान प्रदत्त अधिकार प्रदेशलाई दिनुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताउनुभएको छ।
पाथीभराको भेटी रकम साढे आठ करोड
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा झण्डै साढे आठ करोड रुपियाँ भेटी रकम सङ्कलन भएको छ। हालसम्म भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी सङ्कलन भएको हो।
झापामा पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती
झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि यहाँका किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।
संस्कृति संरक्षण गर्न प्रतिस्पर्धात्मक प्रस्तुति
चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा ताप्लेजुङमा संस्कृति संरक्षण साथै प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रस्तुतिमा प्रतिस्पर्धा गराइएको छ। लिम्बू समुदायले आफ्नो संस्कृतिअन्तर्गत च्याब्रुङ नाच (केःलाङ), धान नाच (याःलाङ) लगायतका प्रस्तुतिमा प्रतिस्पर्धा गराएको हो।
निर्माणाधीन मोटरेबल पुल भत्कियो
भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका-२ कुदाकाउले र साल्पासिलिछो गाउँपालिका-३ चौकिडाडाँ जोड्ने इर्खुवास्थित तामुटार खोलामा बन्दै गरेको मोटरेबल पुल बिहीबार बिहान भत्किएको हो ।
स्रोत नखुलेको १९ लाख ९० हजारसहित एक जना पक्राउ
विराटनगरबाट स्रोत नखुलेको १९ लाख ९० हजार रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ ।
सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान
इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ ।
गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा
पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब रु तीन करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
तीन करोड लागतमा गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा
पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब रु तीन करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
चासोक तङ्नाम उत्सव
धरानमा आयोजित चासोक तङ्नाम उत्सवका अवसरमा मौलिक गहनामा सजिएका लिम्बु समुदायका महिला ।
१०७ वर्षीय धनञ्जय घिमिरे ‘नगर पिता’ घोषित
झापाको दमक नगरपालिकाले आफ्नो नगर भित्र जीवित रहेका सबैभन्दा ज्येष्ठ नागरिकलाई ‘नगर पिता’ को उपाधि दिन सुरु गरेको छ। ज्येष्ठ नागरिकको सम्मान स्वरूप यो उपाधि दिइएको हो।
सहमतिपछि अस्पतालको तनाव साम्य
झापाको मनमोहन अस्पताल बिर्तामोडमा सोमबार बेलुकादेखि सुरु भएको तनाव मंगलबार अबेर साम्य भएको छ। एक बिरामीको मृत्यु भएपश्चात् बिरामीका परिवारले अस्पताल तोडफोड र घेराउ गरेका थिए।
झापामा सौर्य ऊर्जाबाट विद्युत उत्पादन सुरु
झापामा पहिलो पटक व्यावसायिक रूपमा सौर्य ऊर्जा उत्पादनको परीक्षण सुरु गरिएको छ । झापा इनर्जी कम्पनी लिमिटेडले १० मेगावाट क्षमताको ऊर्जा मङ्गलबार साँझदेखि उत्पादन परीक्षण सुरु गरेको हो ।
श्रम जनशक्ति र रोजगारदातालाई जोड्ने एप सञ्चालनमा
कोशी प्रदेश सरकारले रोजगारको खोजीमा रहेका युवा र रोजगारदातालाई एकै ठाउँमा जोड्ने गरी तयार पारिएको श्रम बजार सूचना प्रणाली आइतबारबाट सञ्चालनमा ल्याएको छ ।
श्रमको सम्मान गर्नु जरुरी छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मुलुकको विकास अभियानलाई सार्थक बनाउन श्रमको सम्मान गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ।
किवी जिल्लाबाहिर निर्यात हुँदा किसान खुसी
ताप्लेजुङमा उत्पादन भएको किवी फल जिल्लाबाहिर निर्यात हुँदा किसान खुसी भएका छन्। जिल्लाबाहिर झापा, काठमाडौँ लगायतका ठाउँमा किवी निर्यात हुन थालेपछि बजारको अभाव खेप्दै आएका किसान खुसी भएका हुन्।