ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्ने बढे
ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्ने ह्वात्तै बढेका छन् । ताप्लेजुङ जिल्ला अदालतको तथ्याङ्कअनुसार पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या ह्वात्तै बढेको हो ।
राष्ट्रपति पौडेल आज विराटनगर आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज शनिवार विराटनगर आउदै हुनुहुन्छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पाथीभरा केबलकार तेह्र महिनामा निर्माण गरिसक्छौं : ढकाल
पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम सुरु गरेको तेह्र महिनाभित्र सम्पन्न गरिने बताउनुभएको छ।
नेपालको यात्रा उज्यालोतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको यात्रा उज्यालोतर्फ उन्मुख भइरहेको बताउनुभएको छ ।
बालबालिकामा लागूऔषधको लत बढ्दै
दैनिक रुपमा बालबालिकामा लागूऔषधको लत बढ्न थालेको देखिएको छ । ज्योतिर्मय सामाजिक अभियान इलामले आयोजना गरेको लागूपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले कम्तिमा १२ वर्षकै उमेरदेखि चुरोट, खैनी र गाँजाको लत बसेको पाइएको बताएका छन् ।
सुशासन र सामाजिक न्यायका लागि काम गरिरहेको छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सुशासन र सामाजिक न्यायको पक्षमा काम गरिरहेको बताउनुभएको छ । मोरङको मिक्लाजुङ–५ खोलिटारमा आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
तोरी खेतीप्रति किसानको आकर्षण
मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षभन्दा पाँच हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको कृषि ज्ञान केन्दले जनाएको छ । जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल छ ।
सिटौलालाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वार बनाउन सिफारिस
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सिफारिस गर्ने नेपाली कांग्रेस झापाले सर्वसम्मत रुपमा निर्णय गरेको छ।
शिक्षा अभियन्ता बेघाको सालिक अनावरण
समाज सुधारक भनेर चिनिनुहुने शिक्षा अभियान्ता स्वर्गीय कुमार हाङ बेघाको पूर्णकदको शालिक अनावरण गरिएको छ।
मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिन्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिने बताउनुभएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज नेकपा (माओवादी केन्द्र) मिक्लाजुङ –५ ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसन समुद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत सबस्टेसनको समुद्घाटन गर्नुभएको छ ।
युवा व्यवसायीद्वारा शैक्षिक सामग्री सहयोग
धनकुटा पाख्रिवासका एक युवाले स्थानिय विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । धनकुटाको हिलेमा होटल व्यवसाय गर्दै आउनु भएका पाख्रिवास नगरपालिका–३ का सुवास तामाङ्गले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
विद्युत सबस्टेसनको उद्घाटन गर्न प्रधानमन्त्री सुनसरी आउँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुनसरी आउँदै हुनुहुन्छ । नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत सबस्टेसनको समुद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सुनसरी आउन लाग्नुभएको हो ।
सभामुख चयन गर्नै गाह्रो
कोशी प्रदेशमा रिक्त रहेको सभामुख निर्वाचनको वातावरण बनाउन दलहरूले मुख्यमन्त्री केदार कार्कीलाई जिम्मा दिएका छन् । सभामुख पद रिक्त हुँदा लामो समयदेखि उपसभामुखको नेतृत्वमा सदन सञ्चालन भइरहेको र उपसभामुख अनुपस्थित हुँदा अध्यक्षता मण्डलका सदस्य
गठबन्धन सरकार सफल छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकारको एक वर्षे अवधि सफल रहेको बताउनुभएको छ।
नौमती बाजा घन्काउँदै महिला
इलामको सूर्योदय नगरपालिका-९ की वेदकुमारी पाण्डे ५३ वर्षको उमेरमा नौमती बाजा बजाउन सिक्दै हुनुहुन्छ । लगातार १० दिनसम्म नौमती बजाउन सिकेपछि उहाँलाई अब व्यवसायीक रूपमा बाजा बजाउने रहर छ ।
वक्तृत्वकलामा भानु मावि प्रथम
लिम्बू समुदायको सांस्कृतिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसर पारेर ताप्लेजुङमा आयोजना गरिएको अन्तर विद्यालयस्तरीय वक्तृत्वकलामा भानुजन माध्यमिक विद्यालय प्रथम भएको छ।
रानीतालमा पर्यटक तान्दै मोटरबोट
धनकुटाको राजारानी बजारनजिक रहेको रानी तालमा मोटरबोटको मज्जा लिनेदेखि घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गएको छ । खाली समयको सदुपयोग गर्न मात्र नभएर विशेष दिनमा समेत रमाइलो गर्न पर्यटक तालमा आउन थालेका छन् ।
शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन प्रक्रिया सुरु
कोशी प्रदेश सरकारले विराटनगरमा शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो
इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गतवर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिनुभयो ।
सकसपूर्ण बन्दै कोशी अस्पतालको सेवा
पूर्वाधार अभावमा साँघुरो संरचनामा सकसपूर्ण सेवा प्रवाह गर्दै आएको विराटनगरको कोशी अस्पतालको पूर्वाधार अझै केही वर्ष सुधार नहुने भएको छ । नेपाल सरकारले अस्पतालको पूर्वाधार समस्या समाधान गर्न ३० महिनाअगाडि पाँचतले सुविधासम्पन्न भवन निर्माण गर्न ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनीले समयमा काम नगर्दा सर्वसाधारणले सहज उपचार सेवा नपाउने अवस्था आएको हो ।
धान भर्न खेतमा जनप्रतिनिधि
पाँचथरको फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मङ्सिर २२ गतेदेखि किसानका खेतमा पुगेर धान लेखाजोखा गर्न व्यस्त छन् । एक याममा ५० मुरीभन्दा धेरै धान फलाउनेलाई प्रोत्साहनस्वरूप पुरस्कार दिने नीति ल्याएपछि गाउँपालिकाका जनप्रतिनिधि पुरस्कार दाबी गर्ने किसानको खेत र खलामा धान भर्न व्यस्त भएका हुन् । गत असार १० गते सम्पन्न गाउँ सभाबाट एक याममा ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई नगद ३० हजार रुपियाँ र एक सय मुरीभन्दा धेरै फलाउनेलाई ५० हजार रुपियाँसहित सम्मान गर्ने कार्यविधि पारित गरेको थियो । गाउँपालिकाले सो मापदण्ड अनुसार धान फलाउने किसानलाई दाबी पेस गर्न आह्वान गरेको थियो । जस अनुसार गाउँपालिकाभरिका ४२ जना किसानले पुरस्कारका लागि योग्य भएको दाबीसहित निवेदन दिएका थिए ।
मुकेश मेमोरियल र पाथीभरा टाइगर फाइनलमा
ताप्लेजुङस्थित पूर्वकै ऐतिहासिक पुसेमेला स्वर्ण महोत्सवमा सञ्चालित अन्तर जिल्लास्तरीय पुरुष भलिबलमा स्थानीय मुकेश मेमोरियल क्लब र झापाको पाथीभरा टाइगर भलिबल क्लब दमक, झापा फाइनलमा पुगेका छन् ।