दुग्ध पदार्थ बिक्री नहुँदा कृषकलाई ‘मिल्क होलिडे’ को त्रास
सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्नुहुन्छ । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहनुभएका उहाँले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्नुहुन्छ ।
फापर खेती लगाउन किसानको मोह हराउन थाल्यो
ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ ।
सुनसरीको चक्रघट्टी कञ्चनजङ्घा गोल्डकपको फाइनल प्रवेश
सुनसरीको चक्रघट्टी फुटबल क्लब ताप्लेजुङमा जारी प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा तेह्रथुमको आठराई गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फाइनल प्रवेश गरेको हो।
प्रविधिको विकासबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन सकिने बताउनुभएको छ।
सञ्चार माध्यम सरकार र जनताबिचको पुल बन्नुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरूले सरकार र जनताबिचको पुलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
फुङ्लिङले दियो चासोक तङ्नामको बिदा
ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वागी पर्व) को बिदा दिएको छ । लिम्बू समुदायको साँस्कृतिक चाड चासोक तङ्नाम मनाउन फुङ्लिङ नगरपालिकाले बुधबार एकदिन स्थानीय बिदा दिएको हो ।
सुम्हात्लुङ म्याराथनको उपाधि नेपाल आर्मीका राईलाई
पाँचथरको फिदिममा आयोजना भएको छैटाैं सुम्हात्लुङ मिनी म्याराथनको उपाधि नेपाल आर्मीमा कार्यरत धावक श्रीकास राईले चुम्नुभएको छ ।
भुटानी शरणार्थी समस्या समाधान गर्न पहल समिति
पूर्वी नेपालको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीसहित भुटानी शरणार्थीहरुको समस्याको पूर्ण सामधानका लागि पहल गर्न मानवअधिकारको क्षेत्रमा क्रियाशिल रहेका संघसंस्थाहरुको अगुवाईमा सर्वपक्षिय समिति बनेको छ ।
गुरुकुल शिक्षामा बढ्दो आकर्षण
पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रङ्गियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै हुनुहुन्छ । अर्जुनधारा नगरपालिका–३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै ४५ जना बटुक ९विद्यार्थी०ले अध्ययन गर्दै आएका छन् ।
कतार सरकारले मृत्युदण्ड सुनाएका राउत घर फर्किए
कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवाष राउत स्वदेश फर्किनुभएको छ ।
नेत्रज्योतिको रजत महोत्सवमा प्रभातफेरी
ताप्लेजुङस्थित नेपाल नेत्रज्योति सङ्घको रजत महोत्सवको अवसरमा आइतबार बिहान प्रभातफेरी गरिएको छ । सङ्घ तथा सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको २५ औं स्थापना दिवस अर्थात् रजत महोत्सवको अवसरमा सदरमुकाम फुङ्लिङमा प्रभातफेरी गरिएको हो ।
आँखा शिविरमा ९१ जनाको निःशुल्क शल्यक्रिया
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजना गरिएको तीनदिने निःशुल्क आँखा शिविरमा ९१ जनाको सफल शल्यक्रिया गरिएको छ ।
बेपत्ता भएको ४५ वर्षपछि घर फर्किनुभयो धनबहादुर
४५ वर्षदेखि घर परिवारसँग सम्पर्कविहीन रहेर बेपत्ता रहनुभएका एक व्यक्ति फेला पर्नुभएको छ । ताप्लेजुङ जिल्ला श्रीजंगा गाउँपालिका–३ घर भएका ६० वर्षीय धनबहादुर लिम्बु बालकैमा हराउनु भएको थियो ।
राज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी राजमार्गको अनुगमन
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गर्नुभएको छ । ती सडकका समस्या समाधान तथा भावी योजना निर्माणका लागि स्थलगत अनुगमन गर्नुभएको हो ।
शरणार्थी शिविर बेलडाँगीमा आगलागी
झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । दमक ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान करिब ३ बजेतिर आगलागि भएको हो ।
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण
झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो । यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो ।
पालिकाले मिल सञ्चालन गरेपछि सहज
खोटाङको रावा बेँसी गाउँपालिकाले तोरी पेल्ने मिल सञ्चालनमा ल्याएपछि किसानलाई सहज भएको छ । गाउँपालिकाले मिल खरिद गरेर सुपथ मूल्यमा सञ्चालन गरेपछि किसानलाई सहज भएको हो । रावा बेँसी गाउँपालिकाका
अंग्रेजी नयाँ वर्षको अवसरमा फुडफेस्टिवल आयोजना हुने
पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसर फुड फेस्टिवलको आयोजना हुने भएको छ । आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलनको आयोजना गर्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा आगामी पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिवल हुने जानकारी दिएको हो ।
फिदिममा चासोक मेला सुरु
पाँचथरको फिदिममा शनिबारदेखि चासोक मेला सुरु भएको छ। मेला हरेक वर्ष उधौली पर्वका अवसरमा लाग्ने गर्छ।
एक वर्षमा सरकारले धेरै उपलब्धि गरेको छ : मन्त्री शर्मा
सरकारका प्रबक्ता एवम् सञ्चार तथा सूचनाप्रबिधि मन्त्री रेखा शर्माले सरकार सबै क्षेत्रमा आफ्नो उद्देश्यअनुरुप काम गर्न सफल भएको बताउनुभएको छ ।
पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग
ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो प्रतिबद्धता जनाउनुभएको हो ।
मुलुकको तीव्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
सरकारी मिडिया सरकारको मात्र होइन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी मिडिया सरकारको मात्र नभई, आम नागरिकको भएको बताउनुभएको छ । सरकारका कुरा जनतासम्म र जनताको आवाज सरकारसमक्ष पुगाउने काम सरकारी सञ्चार माध्यमको भएको उहाँको भनाइ छ ।