जैविक विविधता संरक्षण र सदुपयोग आवश्यक
हिमाली क्षेत्रमा पाइने जैविक विविधता तथा वनस्पतिको संरक्षण गर्दै यसको सही सदुपयोग गर्न आवश्यक रहेकोमा जोड दिइएको छ। दिगो जैविक स्रोतका लागि एसियाली नेटवर्क (एनसाव) र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले आयोजना गरेको एक कार्यक्रममा जैविक विविधताको संरक्षण र सदुपयोग आवश्यक भएकोमा जोड दिइएको छ।
इलामको माङसेबुङमा दुई करोडको लागतमा सिँचाइ व्यवस्था
इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ । माङसेबुङ गाउँपालिका-१ का चार वटा टोलमा सिँचाइका निम्ति कुलो निर्माण गरिएका हुन् ।
अधिकृतसहित चार कर्मचारी सम्मानित
किरात राई समुदायमा हुर्किएर राष्ट्रसेवक निजामती कर्मचारीको अधिकृत तहमा पुगी जनताको सेवामा सक्रिय भूमिका निर्वाह गरिरहनुभएका एक अधिकृतसहित चार कर्मचारीलाई सम्मान गरिएको छ ।
नेत्रज्योतिको भवन प्रबलीकरण सम्पन्न
ताप्लेजुङस्थित नेपाल नेत्रज्योति सङ्घको भवन स्तरोन्नति तथा प्रबलीकरणको काम सम्पन्न भएको छ। नेपाल मेडिकल सपोर्ट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्च नामक संस्थाले सदरमुकाम फुङ्लिङमा रहेको भवन स्तरोन्नति तथा प्रबलीकरणको काम गरेको हो।
निगाले सिमेन्ट उद्योग बन्द
आर्थिक सङ्कटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठुलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ।
पुस २० गतेदेखि पाँच दिनसम्म धरान उत्सव
धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा पाँच दिन धरान उत्सव मनाइने भएको छ।
तातो खोलेमा डुबेर बालिकाको मृत्यु
झापामा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बाह्रदशी गाँउपालिका वडा नं. ५ का गोपाल टुडूका दुई वर्षीया छोरी सृष्टि टुडूका उपचारको क्रममा मृत्यु भएको हो ।
अज्ञात रोगले एकै दिन १८ बाख्रा र गाई मरे
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० स्थित आदर्श टोलको हिमचुली कृषि फर्ममा फैलिएको अज्ञात रोगबाट पछिल्लो २४ घण्टा भित्रमा १८ वटा बाख्रा र एउटा गाई मरेको छ ।
कोशी प्रदेश स्तरीय भलिबल माघमा
जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।
मेची राजमार्गमा यातायात ठप्प
प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ । ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा बुधवार बिहानैदेखि यातायात ठप्प भएको हो ।
ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते
मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा हुनुहुन्थ्यो । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डो¥याउँदै उहाँ कोठाबाट बाहिर निस्कनुभयो ।
उपचार गरेको चार लाख तिर्न नसक्दा अस्पतालमै बन्धक छन् दुर्गाप्रसाद
इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य हनुभएको छ । उहाँले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उहाँलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् ।
देशमै पहिलो पटक चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण
विदेशी मुद्रा आर्जनका लागि महत्त्वपूर्ण मानिने नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवर्द्धन केन्द्रको निर्माण सम्पन्न भएको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा केन्द्रको निर्माण गरिएको हो । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण गरिएको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठुलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
जिम्मेवारीमा सबै गम्भीर भए सुशासन आफै कायम हुन्छ : आयुक्त श्रेष्ठ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले आ–आफ्नो पदीय जिम्मेवारीमा सबै गम्भीर बन्नुपर्ने बताउनु भएको छ । विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उहाँले कानुन बमोजिम प्रदत्त जिम्मेवारी सबैले पूर्ण रूपमा पालना गरेमा मात्र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सकिनेमा कुनै शङ्का नभएको बताउनुभयो ।
राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर कार्यकक्षमा राख्न राईलाई दबाब
धरान उपमहानगरपालिकामा नगर प्रमुखको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोमा राजनीतिक दलका भातृ सङ्गठनले पुनः राख्नको लागि शान्तिपूर्ण दबाब दिएका छन् ।
अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्झौता
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ ।
‘ग्याङफाइट’ मा संलग्न रहेको अभियोगमा चारजना विद्यार्थी पक्राउ
झापाको बिर्तामोडमा धारिलो हतियारसहित चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड भद्रपुरोडस्थित बस स्टेण्डबाट मङ्गलबार बिहान चार जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको बताइएको छ ।
सप्तकोशी हुँदै जोखिमपूर्ण व्यापार
सप्तकोशी नदी बर्खामा धेरैका लागि त्रासदीपूर्ण भए पनि हिउँदमा भने आयस्रोतको राम्रो माध्यम बन्दै आएको छ । हिउँदमा कोशी नदीमा पानी घट्दै गएपछि नदीबाटै जीविका चलाउनेहरूको काम सुरु हुन्छ । नदीलाई ढुवानी बनाएर पूर्वी पहाडी जिल्लाबाट बाँसका बिटो तराई झार्न सुरु गरिन्छ ।
शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिका
जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना कार्यान्वयन थालेको हो ।
उत्पादन छ, आम्दानी छैन
खोटाङमा रैथाने बाली कोदोको उत्पादन राम्रो छ तर यसबाट उल्लेखनीय आम्दानी हुन नसक्दा किसान चिन्तित छन् । उनीहरूले अन्य विकल्प नभएका कारण मात्र बारीमा कोदो रोप्ने गरेको बताउँछन् ।
इलामको एकै बगानबाट दश लाखको सुन्तला बिक्री
इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्नुभएको छ । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ ।
विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
नेपालमै उद्योग व्यवसाय बढाऔँ : अर्थमन्त्री डा.महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सँधै खुला रहेको बताउनुभएको छ ।
हत्या अभियोगमा फरार व्यक्ति ३० वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार अभियुक्तलाई ३० वर्षपछि पक्राउ गरी सार्वजनीक गरेको छ ।