कोशीमा गठबन्धन र एमालेसमेत चारजनाको उम्मेदवारी
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभामा कोशीबाट अन्य र महिला समूहबाट रिक्त रहेको पदमा निर्वाचन हुँदैछ ।
कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ । उहाँले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
प्रहरीको कुटपिटबाट दुई युवा घाइते
सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी चौकमा धरानबाट उपचार गराएर घर फर्किने क्रममा दुई युवालाई प्रहरीले कुटपिट गरेको बताइएको छ ।
पाथीभरा क्षेत्रका साइनबोर्ड र ब्यानर हटाउनुपर्ने
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा राखिएका साइनबोर्ड र ब्यानर हटाउनुपर्ने भएको छ । अव्यवस्थित रूपमा राखिएका साइनबोर्ड र ब्यानर अर्थात् संकेत पाटी वा प्रचार सामग्रीले संरक्षित वनस्पति तथा प्राकृतिक सौन्दर्ययतामा असर पुगेकाले त्यस्ता सामग्री हटाउन पाथीभरा क्षेत्र विकास समितिले आग्रह गरेको हो ।
क्षतिग्रस्त खानेपानी योजना मर्मतपछि सञ्चालन
बाढीले क्षति भएको सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २ गते आएको बाढीले पूर्णरुपमा क्षति भएको आयोजना मर्मतपछि सञ्चालन आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएपछि यहाँका तीन सय १८ परिवारले पानीको समस्या भोग्दै आएका थिए ।
अन्तरपालिका समन्वय आवश्यक छ
माईजोगमाई गाउँपालिका इलामको सुदूरपूर्वी क्षेत्रमा रहेको गाउँपालिका हो । यस पालिकाको तल्लो क्षेत्रमा धान झुल्ने बेँसी र माथिल्लो क्षेत्रमा हिउँ तुसारो झर्ने फाँट रहेका छन् । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने
दुधको बजार सहज बनाउन किसानको माग
सरकारी बेवास्ता गरेकाका कारण किसानले उत्पादन गरेको दुध र दुग्धजन्य वस्तुहरूको बिक्री बन्द हुने अवस्था रहेको भन्दै इलामका किसानहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोह्र वर्षदेखि मलेसियामा सम्पर्कविहीन
वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो ।
कांग्रेसको स्वस्थ्य नागरिक समुन्नत समाजको अभियान सुरु
नेपाली कांग्रेसले नागरिकलाई स्वस्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान सुरु गरेको छ ।
धरान उत्सवको अनुगमन
धरान स्थापना भएको १२३ वर्ष पुगेको अवसरमा धरान १२ पब्लिक माविको मैदानमा शुक्रबारदेखि पाँच दिने धरान उत्सव जारी छ।
सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ। सर्वसाधारणले आफ्नै वडाबाट सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यसहित गाउँपालिकाले फूलबारीमा रमिते सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको हो।
कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाद्वारा शपथ ग्रहण
कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
हेलिप्याड समुद्घाटन तथा हस्तान्तरण
नेपाली सेना भीमदल गणद्वारा निर्मित हेलिप्याडको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
भारतीय छाडा चौपाया नियन्त्रण गर्न ५ हजार जरिवाना
झापाको मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रका बासिन्दा रातको समयमा भारतबाट आउने जङ्गली हात्ती र दिनको समयमा छाडा चौपायाका कारण हैरानी बेहोर्न बाध्य भएका छन् ।
अध्यक्ष मगरद्वारा भत्ता रकमबाट विद्यार्थीलाई पोसाक वितरण
जिल्लाको महालक्ष्मी नगरपालिका – २ का अध्यक्ष पदम राखल मगरले आफूले पाएको सेवा सुविधाबाट ऐश्वर्य आधारभूत विद्यालयका ३८ जना विद्यार्थीलाई पोसाक वितरण गर्नुभएको छ ।
चिसो बढेपछि घाम ताप्दै चौरमा पढाइ
चिसो बढेपछि हिमाली जिल्ला ताप्लेजुङमा विद्यार्थीहरू घाम ताप्दै चौरमा बसेर पढ्न थालेका छन् । अत्यधिक चिसो बढेपछि विद्यालयको खुला चौरमा घाम तापेर विद्यार्थीहरू अध्ययन गर्न थालेका हुन् ।
बसको ठक्करबाट एक युवाको मृत्यु, दुई घाइते
झापाको बिर्तामोड २ स्थित चार पाने चोकमा शनिवार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते हुनुभएको छ ।
अलैँचीको भाउ हालसम्मकै उच्च
अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो ।”
हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते
जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो ।
पूर्वको मेचीनगरमा चरा पर्यटनको सम्भावना
विशेष गरेर भारत, श्रीलङ्का, बङ्गलादेश र पश्चिमी म्यानमारमा पाइने सबैभन्दा सानो चरा झापाको मेचीनगरमा फेला परेको छ।
अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने सर्वोच्च अदालतको निर्णय
सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने निर्णय उक्त अदालतले गरेको हो ।
पाँचौं बर्जु महोत्सव पुस २७ गतेदेखि
ऐतिहासिक बर्जुतालमा विगतको वर्षझै यस वर्ष पनि महोत्सवको तयारी भएको छ । सुनसरीको बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडीको आयोजनामा पाचौं बर्जु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बर्जु सामुदायिक विकास केन्द्रले जनाएको छ ।
अलैँची बगानमा सिमल तरुल खेती
किसानले अहिले पनि धेरै प्रजातिका उपभोग्य वस्तुको खेती एकैठाउँ गर्ने अर्थात् परम्परागत बहुबाली खेती लगाउने गर्दछन् । खेतमा धान, आलीमा दाल–भटमास, कन्लामा कोदो र फिलुङ्गे साथै मकैबारीमा कोदो, सिमी, बोडी, मस्यामजस्ता परम्परागत बहुबाली खेती गर्ने चलन रहिआएको छ ।
‘बिपी प्रतिष्ठानमा विद्यार्थी कोटा थपिने छ’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउँदो शैक्षिक सत्रबाट विगतमा कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने बताउनुभएको छ । प्रतिष्ठानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै शुव्रmबार उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “पछिल्लो समय चिकित्सा