• १३ साउन २०८१, आइतबार

कोशीमा एमालेकी कोइराला विजयी

blog

विजेता रुकमिणी कोइराला ।

शशिधर पराजुली 

विराटनगर, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित हुनुभएको छ ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी कोइरालाले गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै जित निकाल्नुभएको हो । 

प्राप्त मतपरिणाम अनुसार कोइरालाले ५०८६ मत प्राप्त गर्दा कार्कीले ४९९२ मत मात्र प्राप्त गर्नुभयो । कार्कीलाई गठबन्धनका तीन जना प्रदेश सभा सदस्यले मत क्रस गरेको गणनाका क्रममा देखिएको थियो । 

कूल ९३ जना प्रदेश सभा सदस्य मध्ये कोइरालाले ४९ जना सांसदको मत प्राप्त गर्नुभयो भने कार्कीले ४४ जनाको मत प्राप्त गर्नुभएको थियो । यद्यपि मतपरिणामको औपचारिक घोषणा भने भइसकेको छैन ।