इजिप्टका राष्ट्रपतिसँग सुडानी जनरलको भेट, सुडानी सङ्कटबारे छलफल
इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र सुडानको सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले द्विपक्षिय सम्बन्ध र सुडानी सङ्कटको पछिल्लो घटनाक्रमबारे छलफल गर्नुभएको छ ।
नेता खानलाई धरौटीमा रिहा गर्न आदेश
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
रुसी राष्ट्रपति जी ट्वेन्टी शिखर सम्मेलनमा सहभागी नहुने
विश्वका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी ट्वेन्टीको आगामी महिना भारतको नयाँ दिल्लीमा हुने शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने हुनुभएको छ ।
बिपीले तीन वर्षमा इजिप्टमा ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने
ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बिपी) ले आगामी तीन वर्षमा इजिप्टमा आफ्ना साझेदारहरूसँग ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
यमन सङ्कट समाधानका लागि इजिप्टले सहयोग गर्ने
इजिप्टका विदेशमन्त्री सामेह शौकरीले यमन सङ्कट समाधान गर्न संयुक्त राष्ट्र सङ्घको भूमिकालाई समर्थन गर्ने बताउनुभएको छ ।
भारतीय नेशन डिफेन्स टोलीद्वारा जङ्गी अड्डाको भ्रमण
प्रधान सेनापति प्रभुराम शर्मा र भारतको नेशन डिफेन्स कलेजका सिनियर डाइरेक्टिङ स्टाफ एयर भाइस मार्सल मनिष कुमार गुप्ताबिच सोमबार जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।
सार्कलाई पुनर्जीवन दिनेगरी छलफल हुँदैछ : मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनः जीवन दिनेगरी छलफल हुन लागेको बताउनुभएको छ ।
शान्ति सैनिकको अदलीबदली
सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौँ डफ्फाका ७१ जना शान्ति सैनिक सोमबार मिनुस्का प्रस्थान गरेको छन् ।
अमेरिकालाई सूचना दिएको आरोपमा अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारीलाई पक्राउ
युक्रेन द्वन्द्वबारे अमेरिकी कूटनीतिज्ञलाई सूचना दिएको आरोपमा मस्कोले भ्लादिभोस्तोकस्थित अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारी रहेकारूसी नागरिकलाई पक्राउ गरेको छ ।
नाइल बाँध विवाद : इजिप्ट, इथियोपिया र सुडानबीच पुनः वार्ता सुरु
इजिप्टको जल तथा सिँचाइ मन्त्रालयले ग्राण्ड इथियोपिया पुनः जागरण बाँध (जिईआरडी) को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद सुरु गरेको छ ।
एबीयु रोबोकन प्रतियोगिता सम्पन्न : नेपाल पनि सहभागी
एसिया प्यासिफिक ब्रोडकास्टिङ युनियन एसिया प्यासिफिक रोबोट प्रतियोगिता २०२३ (एबीयु रोबोकन) आइतबार कम्बोडियामा सम्पन्न भएको छ ।
पाकिस्तान–नेपाल मैत्री महोत्सव सम्पन्न
पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना गरिएको पाकिस्तान–नेपाल मैत्री महोत्सवमा विभिन्न प्रतियोगी पुरस्कृत भएका छन् ।
‘भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामर्थ्य छ’
तिरुवनन्तपुरममा पत्रकारहरूसँग शनिबार राति कुरा गर्दै उहाँले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य भारतको रहेको दाबी गर्नुभयाे । इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताउनुभयो ।
फ्रान्सेली राजदूतलाई नाइजर छोड्न आदेश
नाइजरको सैन्य नेतृत्वले फ्रान्सेली राजदूतलाई देश छोड्न आदेश दिएको छ । सैन्य सरकारको यो कदमले पश्चिम अफ्रिकी राष्ट्रमा प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई पदच्युत गरेपछि अन्तर्राष्ट्रिय सङ्कटलाई अझ बढाएको अल जजीराले जनाएको छ ।
मदुराइ रेलमा आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्यु
शनिबार बिहान मदुराइ रेलवे स्टेशन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त, १९४७ पछिकै बढी गर्मी मापन
फ्रान्सका केही भूभागमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको हो ।
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा
अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्नुहुने भएको छ । उहाँ सेप्टेम्बरको पहिलो साता काठमाडौँ पुग्नुहुने कार्यतालिका रहेको जनाइएको छ ।
ताइवानी राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जाने
ताइवानका राष्ट्रपति साई इङ्गवेन आगामी महिना दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको भ्रमणमा जानुहुने भएको छ । टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र हो ।
भारतको मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो
भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । एक प्रहरी अधिकारीकाअनुसार बुधबार पुल भत्किँदा अहिलेसम्म मृतकको सङ्ख्या २६ पुगेको हो ।
पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, दुई लाख धरौटीमा रिहा
अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गर्नुभएको छ ।
फ्रान्समा १७ वर्षमै ड्राइभिङ लाइसेन्स पाइने
फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ ।
टर्कीको डढेलो नियन्त्रणमा : चार हजार ८० हेक्टर जमिनमा क्षति
टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जङ्गलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ ।
डोनाल्ड ट्रम्प जेल चलान
डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन् । ट्रम्पको मग शट जारी गरी उनलाई पि ०११३५८०९ कैदी नम्बर दर्ता गरिएको त्यहाँको जेल रेकर्डमा उल्लेख छ ।
उपप्रधानमन्त्री खड्का र लेबनानका अवैतनिक वाणिज्य दूत इल्चेखबीच भेटवार्ता
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत इल्चेख मोहमेदविल्सम घोउजायलबिच भेटवार्ता भएको छ ।