मोरक्कोमा भूकम्पबाट २ हजार १२ को मृत्यु, तीन दिन राष्ट्रिय शोक मनाउने
मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् ।
बम आक्रमणको योजना बनाइरहेका पाँच आतङ्कवादी पक्राउ
टर्कीको सुरक्षा बलले दक्षिण पूर्वी दियारबाकिर प्रान्तमा बम आक्रमणको योजना बनाउने पाँच आतङ्कवादीलाई पक्राउ गरेको छ ।
जी २० शिखर सम्मेलन : संयुक्त वक्तव्यमा सहमति जुटाउने प्रयास
पन्ध्र वर्षअघिको आर्थिक सङ्कटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी २० को नयाँदिल्ली संस्करणमा सहभागी हुन विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री नयाँदिल्ली आइसक्नुभएको छ ।
मोरक्कोमा शक्तिशाली भूकम्प : २९६ जनाको मृत्यु
मोरक्कोमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २९६ पुगेको छ ।
भारतको दिल्लीमा जी २० सम्मेलन सुरु
भारतको दिल्लीमा आजबाट जी २० सम्मेलन सुरु भएको छ । जी २० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखको उपस्थिति रहेको छ ।
इजिप्टको विदेशी सञ्चिति दर बढ्यो
इजिप्टको केन्द्रीय बैंक (सिबिइ) ले गत जुलाइ महिनाको तुलनामा अगस्टमा देशको विदेशी सञ्चिति दर वृद्धि भएको बताएको छ ।
चीनमा बाँस सङ्ग्रहालय सञ्चालनमा
उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा बाँसका पर्चाहरुको सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ ।
म्यानमारले एसियाली खेलकुदमा १११ खेलाडी पठाउने
म्यानमारले चीनको हाङ्जाओमा हुने एसियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने भएको छ ।
‘रुसी र चिनियाँ राष्ट्रपतिको अनुपस्थितिले केही फरक पर्दैन’
भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङको जी २० शिखर सम्मेलनमा हुने अनुपस्थितिले कुनै फरक नपर्ने बताउनुभएको हो ।
विकासोन्मुख देशका ऋण समस्या समाधानको आह्वान
चीनका प्रधानमन्त्रीले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले सुरक्षाको अवधारणालाई बढावा दिने तथा आर्थिक मुद्दालाई राजनीतिकरण गर्ने अभ्यासको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताउनुभएको छ ।
रसायन कारखानमा ग्यास चुहिँदा १० जनाको मृत्यु
उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
इजिप्ट र जापानबिच रणनीतिक साझेदारी बढाउने छलफल
इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री योशिमासा हयासीले द्विपक्षीय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरूबारे छलफल भएको छ ।
मानव केन्द्रित विश्वविकासमा प्रधानमन्त्री मोदीको जोड
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिनुभएको छ ।
अष्ट्रेलियासँग मिलेर काम गर्ने चिनियाँ चाहना
चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अष्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका क्रममा आज (बिहीबार) आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकअघि चिनियाँ चाहना सार्वजनिक भएको हो ।
चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली प्योङयाङ जाँदै
चीनका उपप्रधानमन्त्री लिउ गुओझोङले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन प्योङयाङ भ्रमणमा जानुहुने भएको छ ।
अस्वस्थ नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप
सैनिक हिरासतमा रहनु भएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उहाँका कान्छा छोराले लगाउनुभएको छ ।
चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा
चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा आएको छ ।
कुवेतमा अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्रा प्रदर्शनी
कुवेतले अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्राको प्रदर्शनी सुरु गरेको छ । कुवेत राष्ट्रिय संग्रहालयले दोस्रो संस्करणको अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्राको प्रदर्शनी सुरु गरेको हो ।
अष्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो
मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो ।
जापानका प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग
जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ ।
साइप्रस, इजरायल र ग्रिसद्वारा ऊर्जामा लगानी बढाउने सहमति
साइप्रस, इजरायल र ग्रिसले ऊर्जामा लगानी बढाउने सहमति गरेका छन् । पूर्वी भूमध्यसागरबाट युरोपसम्म ऊर्जा कोरिडोरको सहयोगलाई तीव्र पार्न सहमत भएका हुन् ।
जिम्बाबेका नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ ग्रहण
जिम्बाबेका नवनिर्वाचित राष्ट्रपति इमर्सन मनाङ्गाग्वाले राष्ट्रपतिको शपथग्रहण गर्नुभएको छ ।
टर्कीको मुद्रास्फीति अगस्टमा ५८.९४ प्रतिशत पुग्यो
टर्कीको वार्षिक मुद्रास्फीति अगस्टमा बढेर ५८.९४ प्रतिशत पुगेको छ । टर्की लिराको घट्दो मूल्य र हालैका कर वृद्धिका कारण गत वर्ष अक्टोबरपछि वृद्धि भएको हो ।
पुटिन र एर्दोगनबीच ‘ब्ल्याक सी ग्रेन’ सम्झौताबारे छलफल
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगनबीच ‘ब्ल्याक सी ग्रेन’बारे छलफल भएको छ ।