एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिक
हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ ।
अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा
अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ । दुई देशबिच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो ।
दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै
नयाँ दिल्लीमा रहेको अफगान दूतावास आज (शनिबार)देखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् ।
मोन्टेभिडियोमा चार सय जलचरको बर्ड फ्लुबाट मृत्यु
बर्ड फ्लु लागेर उरुग्वेको समुद्री तटमा चार सयभन्दा बढी सिल र सि लायन मरेका अधिकारीहरूले बताएका छन् ।
अमेरिका जान इजरायलीले भिसा लिनु नपर्ने
इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा ९प्रवेशाज्ञा० बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ ।
इजिप्ट र युएईद्वारा मुद्रा आदानप्रदान सम्झौतामा हस्ताक्षर
इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रीय बैंकहरुले बिहीबार मुद्रा आदानप्रदान स्म्झौतामा हस्ताक्षर गरेका छन् ।
१९औँ एसियाली खेलकुदः नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।
‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताउनुभएको छ ।
चीन र ईयू साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन् : चिनियाँ विदेशमन्त्री
चीनका विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताउनुभएको छ ।
धानबाली जोगाउन लाखौं पङ्क्षी मारियो
तान्जानियाले धानखेत नष्ट हुन नदिन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी लाखौँ क्वेलिया (रातो चुच्चो भएको भँगेराजस्तै देखिने ठूलो समूहमा घुम्ने पङ्क्षी) चरा मारेको तान्जानियाका बोटबिरुवा र कीटनाशक औषधि निगरानी निकायले बुधबार जनाएको छ ।
निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती
भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको छ ।
विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा
दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् ।
जोर्डनका राजाद्वारा मन्त्रिपरिषद् पुनर्गठन स्वीकृत
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले प्रधानमन्त्री विशेर खसावनेहको सरकारमा भएको फेरबदललाई अनुमोदन गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घद्वारा आणविक हतियार निर्मूल गर्न आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार निर्मूल गर्न आह्वान गर्नुभएको छ । उहाँले आणविक हतियारको पूर्ण उन्मुलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताउनुभयो ।
चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो ।
चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेता वार्ता गर्न सहमत
चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथाशक्य चाँडो शिखर वार्ता हुनेभएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो ।
‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’
अमेरिकी सेनाका प्रमुख र्यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताउनुभएको छ ।
इन्धन डिपो विस्फाेटमा २० जनाको मृत्यु
नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विस्फाेट हुँदा २० जनाले ज्यान गुमाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला यो घटना भएको हो ।
भ्रष्टाचारको जालोमा पाकिस्तान
दक्षिण एसियाली मुलुक पाकिस्तान भ्रष्टाचारको जालोमा जेलिएको छ । त्यहाँ भ्रष्टाचारको आरोपमा दुई पूर्वराष्ट्रपति, सात पूर्वप्रधानमन्त्री तथा उच्च अधिकारी जेल परे पनि भ्रष्टाचारमा कमी आएको देखिँदैन । बढ्दो भ्रष्टाचार र सुशासनको कमीले पाकिस्तानी जनजीवन कष्टकर छ भने विकास प्रक्रिया अवरुद्ध भएका छन् । पछिल्लो पटक पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्ष जेल हालिएको छ । उनलाई गत अगस्त ५ मा इस्लामाबादको जिल्ला अदालतले तोसाखाना प्रकरणमा दोषी ठहर गर्दै तीन वर्ष जेल र एक लाख रुपियाँ जरिबाना ग¥यो । अदालतको फैसलालगत्तै उनलाई पक्राउ गरिएको थियो र उनलाई अटो
भारत र क्यानडाबीच साझा आधार खोज्नुपर्ने क्यानडाका रक्षामन्त्रीको भनाइ
क्यानडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताउनुभएको छ ।
वासिङ्टनस्थित क्युबाको दूतावासमा पेट्रोल बम आक्रमण
वासिङ्टनस्थित क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल वम प्रयोग गरी आक्रमण गरेको क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बताउनुभएको छ ।
बङ्गलादेशमा डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या नौ सयभन्दा बढी पुग्यो
बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेंगुको सङ्क्रमण देखिएकोमा नौ भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ ।
१९औँ एसियाली खेलकुदः नेपालको निराशाजनक खेल प्रदर्शन
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन ।
नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्ने समझदारी
नेपाल उद्योग परिसङ्घ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ ।