सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गर्नुभएको छ ।
द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति
जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ ।
युक्रेनी रकेटले ओलेनिभ्का जेलमा हमला गरेको होइन : संयुक्त राष्ट्रसङ्घ
गत वर्ष पूर्वी युक्रेनको एक जेलमा भएको घातक बम विस्फोट युक्रेनको एचआईएमएआरएस रकेटबाट नभएको संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले बताएका छन् । उक्त आक्रमणप्रति किएभ र मस्कोले एकअर्कालाई दोषारोपण गर्दै आएका थिए ।
अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी
अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
अङ्कारा बम हमलाकारी सिरियाबाट आएका हुन् : टर्कीका विदेशमन्त्री
टर्कीका विदेशमन्त्री हकन फिदानले राजधानी अङ्कारामा हालैको आत्मघाती बम हमलाका जिम्मेबार दुई आक्रमणकारी सिरियाबाट आएको खुलासा गर्नुभएको छ ।
भारतमा हिमताल फुट्दा १० को मृत्यु, ८२ बेपत्ता
“बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट बिहीबार भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीले भन्नुभयो ।
फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो
गरिब परिवारलाई सहयोग गर्न मुख्य खाद्यान्न चामलको मूल्यलाई सीमित गरेको केही सातापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले बुधबार यसको मूल्य सीमा हटाउनुभएको छ ।
अमेरिकी सभामुख म्याककार्थीलाई पदबाट हटाइयो
अमेरिकी इतिहासमा पहिलो पटक अमेरिकाको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ) का सभामुख केभिन म्याककार्थीलाई पदबाट हटाइएको छ ।
अमेरिकी कांग्रेसको भ्रमणलाई चीनले स्वागत गर्ने
अमेरिकी सिनेटका बहुमत नेता चक सुमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न चीन भ्रमणको बेइजिङले स्वागत गर्ने जनाएको छ । उक्त भ्रमणले चीनका बारेमा उनीहरूको ‘बुझाइ’ बढ्ने आशा गरिएको बेइजिङले बताएको छ ।
बस दुर्घटनामा २१ को मृत्यु
इटालीको भेनिसमा बस मङ्गलबार राति दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना बालबालिका रहेका छन् ।
बाढीमा २३ भारतीय सैनिक बेपत्ता
उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ ।
उत्तरी नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता
नाइजेरियाको उत्तरी राज्य केबीको एक स्थानीय नदीमा यात्रुबाहक डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
बैंककको व्यापारिक केन्द्रमा गोली चल्दा एक व्यक्तिको मृत्यु, छ जना घाइते
थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र (सपिङ मल) मा मङ्गलबार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
सुडानको हिंसात्मक द्वन्द्वबाट पलायन भएका हजारौँ दक्षिण सुडानी शरणार्थीहरूले ‘भोकमरी आपत्काल’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
जापानद्वारा रुसको अचानक भ्रमण गर्ने सांसदको निन्दा
जापानले मस्कोको अचानक भ्रमण गरेर त्यहाँका उपविदेशमन्त्रीसँग भेट गर्ने एक जापानी सांसदको निन्दा गरेको छ ।
पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटा ४२ प्रतिशतले घटेको पाकिस्तान तथ्याङ्क ब्युरो (पीबीएस) ले जनाएको छ ।
पानीको तापक्रम बढेका कारण एक सयभन्दा बढी डल्फिन मृत फेला
गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् ।
कोभिडविरुद्धको खोप बनाउने चिकित्सकलाई नोबेल पुरस्कार
यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गर्नुभएको छ । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । बिबिसीले जनाए अनुसार दुई वैज्ञानिकले विश्वलाई कोभिड–१९ को महामारीले आक्रान्त पारेका बेला एमआरएनए कोभिड खोप निर्माणका लागि बाटो खोलिदिनुभएको थियो ।
ट्रम्पको व्यापारिक साम्राज्य खतरामा
आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ ।
बङ्गलादेशमा डेंगुबाट एक हजारको मृत्यु
बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ ।
मेक्सिकोमा गिर्जाघर भत्किँदा सातको मृत्यु
उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक गिर्जाघरको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन : बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताउनुभएको छ । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताउनुभएको हो ।
नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु
दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् ।
परमाणु बमलाई छक्क्याएका यामागुची
पहिलो परमाणु बम पड्काइँदा यामागुची हिरोसिमाबाट प्रस्थान गर्ने तयारीमा थिए । नौ सैनिक इन्जिनियर २९ वर्षीय यामागुची तीन महिनाको व्यापारिक कार्यका लागि मित्सुबिसी हेवी इन्डस्ट्रीमा आएर त्यहाँबाट फर्कने बेलामा हिरोसिमामा बम विस्फोट भएको थियो । यामागुची र उनका सहकर्मीले इन्धनवाहक नयाँ पानीजहाजको डिजाइनमा दिनरात काम गरे । सन् १९४५ अगस्त ६ मा यामागुची आफ्नी श्रीमती हिँसाको र नवजात छोरा कात्सुतोसीलाई भेट्न जाने तर्खरमा थिए ।