सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन
श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् ।
यमनको राजधानीमा विस्फोट
आइतबार राति हुथी नियन्त्रित यमनको राजधानी सानामा रहेको एउटा ग्यास स्टेशनमा विस्फोट भएको छ । विस्फोटका कारण आगलागी भएको बताइएको छ ।
अमेरिकाको पूर्वी टेक्सासमा डढेलोले जनजीवन प्रभावित
अमेरिकाको पूर्वी टेक्सासस्थित हन्ट्सभिलेमा तीव्र गतिमा फैलिरहेको डढेलोका कारण जनजीवन प्रभावित भएको छ ।
वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी
पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ ।
चट्याङ लागेर दश जनाको मृत्यु
राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ ।
सडक दुर्घटनामा छ जनाको मृत्यु
उत्तर प्रदेशको पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चारजनाको मृत्युभएको छ ।
आदित्य एल–१ अन्तरिक्षमा
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज (शनिबार) आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
जेलमा रहेका खानलाई वकिलसँग भेट्न दिइएन
पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का प्रमुख इमरान खानका वकिलहरूलाई प्रहरीले उहाँलाई अट्टक जेलमा भेट्न अनुमति नदिएको एआरवाई न्युजले जनाएको छ ।
अस्ट्रेलियामा गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह
अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद् बाट सतर्क रहन चेतावनी जारी गरिएको छ ।
इराकद्वारा १० करोड ६० लाख ब्यारेल बढी कच्चा तेल निर्यात
इराकले अगस्टमा १० करोड ६० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । जसबाट ८.८५ बिलियन अमेरिकी डलर राजश्व उठेको छ । अगस्टमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८३.३५ डलर थियो ।
भारतको कुल गार्हस्थ्य उत्पादन अप्रिल–जुनमा ७.८ प्रतिशतले वृद्धि
भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अप्रिल-जुन त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको छ ।
महाकान्टो भूकम्पमा गुमाएकाको सम्झना
जापानमा सन् १९२३ मा भएको महाकान्टो भूकम्पमा ज्यान गुमाएकाको सम्झना टोकियोमा स्मृति सभा आयोजना गरिएको छ ।
पूर्वराष्ट्रपति ट्रम्पको अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण हुने
एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् ।
इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला
। इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जीर्णोद्धारपछि पुनः खुला गरिएको छ । बिहीबार प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गर्नुभएको इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयले जनाएको हो ।
मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनायो
मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनाएको छ । बिहीबार देश स्वतन्त्र भएको ६६ औं वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो ।
सीमा समस्या समाधानका लागि इजरायलसँग वार्ता गर्न लेबनान तयार
लेबनानका विदेशमन्त्री अब्दुल्ला बौ हबीबले इजरायलसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न आफूहरु तयार रहेको बताउनुभएको हो ।
संयुक्त राष्ट्रसंघद्वारा ग्याबोनको ‘कु’ को निन्दा
संयुक्त राष्ट्रसङ्घले ग्याबोनमा भएको ‘कु’को निन्दा गरेको छ ।
पेरिसमा अब सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने
फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरूलाई प्रतिबन्ध लगाइने भएको छ । शुक्रबारबाट सहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय स्कुटरहरू चलाउन नपाइने भएको हो ।
ग्याबोनमा सैन्य ‘कु’, निर्वाचित राष्ट्रपति नजरबन्दमा
अफ्रिकन देश ग्याबोनमा सेनाले ‘कु’ गरेको छ । ग्याबोनिज रिपब्लिकन गार्डका कमाण्डर इन चिफ ब्रिस ओलिगुई न्गुइमाले बुधबार राति एउटा बिद्रोहपछि मध्य अफ्रिकी देशको सङ्क्रमणकालीन नेताको रुपमा नाम दिइएको थियो ।
आवासीय भवनमा आगलागी हुँदा २० जनाको मृत्यु
दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।
पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्न आदेश
पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ ।
चीनमा पहिरोमा पुरिएर चार जनाको मृत्यु, ४८ बेपत्ता
चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अन्य ४८ जना बेपत्ता भएका छन् ।
चीनको हाङ्झाउ सहरमा १९औँ एसियाली खेलकुदको रौनक
चीनको हाङ्झाउ सहरमा निर्धारित एसियाकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको रौनक चुलिएको छ । ट्राफिक सङ्केतमा समेत मानव आकृतिहरू देखाइएको छ ।
विपक्षी पार्टीद्वारा जिम्बाबेमा निर्वाचन नतिजा अस्वीकार
जिम्बाबेको नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) पार्टीले अगस्ट २३–२४ को निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित इमर्सन मनन्गाग्वाको जितलाई अस्वीकार गर्दै नयाँ निर्वाचनको माग गरेका छन् ।