• ६ जेठ २०८१, आइतबार

विपक्षी पार्टीद्वारा जिम्बाबेमा निर्वाचन नतिजा अस्वीकार

blog

जिम्बाबे, भदौ १३ गते । जिम्बाबेको नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) पार्टीले अगस्ट २३–२४ को निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित इमर्सन मनन्गाग्वाको जितलाई अस्वीकार गर्दै नयाँ निर्वाचनको माग गरेका छन् ।

अगस्ट २३ मा भएको निर्वाचनले जिम्बाबेका जनताको वास्तविक चाहना पूरा गर्न नसक्ने र निर्वाचन धाँधलीयुक्त भएको उनीहरूको भनाइ छ । जिम्बाबे निर्वाचन आयोग (जेडइसी)द्वारा शनिबार घोषणा भएको नतिजाअनुसार मनन्गाग्वाले कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उहाँका मुख्य प्रतिस्पर्धी सीसीसीका नेता नैल्सन चामिसाले ४४ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

सिजिबाले निर्वाचन प्रक्रियामा अनियमितता भएको बताउनुभयो । उहाँले दक्षिण अफ्रिकी विकास समुदाय (एसएडीसी) र अफ्रिकी युनियन (एयु) लगायतका अन्तर्राष्ट्रिय निकायहरूको पर्यवेक्षणमा देशले नयाँ निर्वाचनको तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले यो चुनाव देशको आवश्यकता पूरा गर्न सबै किसिमले असफल रहेको बताउनुभयो ।

निर्वाचनपछि आफ्नो पहिलो सम्बोधनमा आइतबार राज्यसभामा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै  मनान्गाग्वाले निर्वाचन पारदर्शी भएको बताउनुभएको थियो । उहाँले निर्वाचन शान्तिपूर्ण, पारदर्शी र निष्पक्ष भएको बताउनुभयो ।

उहाँले देशका धेरै कम मानिसले मात्र चुनाव प्रभावित भएको भन्ने जानकारी दिनुभयो । उहाँले निर्वाचनमा कुनै हिंसा नभएकाले र जिम्बाबेवासीको मतलाई कदर गर्नुपर्ने बताउनुभयो । उहाँले यसले जिम्बाबेमा परिपक्व लोकतन्त्रको अनुभूति दिने धारणा व्यक्त गर्नुभयो । मनन्गाग्वाले निर्वाचन अवधिमा शान्ति कायम गरेकोमा नागरिकको प्रशंसा गर्नुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल