३२ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
मकवानपुरमा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ ।
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ सय नाघ्यो
मकवानपुरमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जिल्लामा एक हजार १५३ जनामा डेंगु पुष्टि भएको हो । गत आर्थिक वर्षमा जिल्लामा ८९१ जनामा डेंगु भएकोमा चालु आवको तीन महिनामा डेंगु सङ्क्रमण ह्वातै बढेको तथ्याङ्क छ ।
जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता
जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पन्छीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा ९बर्ड फ्लु० फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ ।
भौतिक पूर्वाधारको अभावमा कोल्टी अस्पताल
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकामा १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल भौतिक पूर्वाधारको अभावमा रहेको छ ।
देशभर १९ हजार जना डेंगुबाट सङ्क्रमित
देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।
स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न निःशुल्क खोप माग
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग भेट गर्नुभएको छ।
कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ ।
गुल्मीदरबारले १५ बेडको अस्पताल सञ्चालनमा ल्याउँदै
गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक १५ बेडको अस्पताल निर्माण सम्पन्न भएकाले सञ्चालनमा ल्याउन लागेको छ ।
‘जटिल डेंगु’ का पूर्वसङ्केतहरु के-के हुन् ?
डेंगु सरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलिने गर्छ । डेंगु लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरु लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् ।
तेह्र हजार आँखाका बिरामीको निःशुल्क परीक्षण
सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिनुभयो ।
डेङ्गु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव
चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उहाँहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याउनुभयो ।
मुखका रोगबाट बच्ने उपाय
बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ।
तनहुँमा डेंगु बढ्दो
तनहुँमा डेंगु फैलिँदा बडादसैँको रौनकता बढ्न सकेको छैन । विशेष गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजार क्षेत्र र सदरमुकाम दमौलीमा घरैपिच्छेका मानिस बिरामी हुँदा चाडपर्वको समयमा आफन्त, इष्टमित्रमा खुसी छाउन नसकेको हो ।
फोक्सोलाई कसरी स्वस्थ राख्ने ?
फोक्सोले अक्सिजन आपूर्ति कार्बन डाइअक्साइड हटाउने : फोक्सो शरीरमा अक्सिजन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
बङ्गलादेशमा डेङ्गु सङ्क्रमण उच्च
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो ।
नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु
काठेखोला गाउँपालिका-२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ। छ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो।
मासु खाँदा के कुरामा ध्यान दिनुपर्छ ?
दशैं भन्ने बित्तिकै मासुको पर्व भनेर बुझिन्छ । अघिपछि भन्दा दशैँमा मासुजन्य परिकारको खपत बढी हुन्छ । मासु खाँदा जति मिठोहुन्छ स्वास्थ्यका हिसाबले पनि उतिकै फाइदजनक हुन्छ ।
जमराको जुसका फाइदै फाइदा
जमरा लगाउदा जति सुहाउँछ स्वास्थ्यका हिसाबले पनि उतिकै फाइदा जनक मानिन्छ ।
पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ
दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ ।
प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह
तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ ।
अल्छी गर्नेको हाड कमजोर
“हिजोआजको पुस्ताको त हाडै कच्चा ! सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने ! हात खुट्टा झनै कमजोर ! सामान्य रूपमै भ-याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन्
तनहुँमा भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । बिरामीको चाप बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
दशैँमा कब्जियतको समस्याबाट कसरी बच्ने ?
दशैँ भन्नेबित्तिकै खानपानको चाड भने बुझिन्छ । दशैँमा मासु र मासुजन्य परिकार बढी मात्रामा खाने गरिन्छ । मासु आफैंमा पौष्टिकताले भरिपूर्ण भए पनि चाडवाडमा खान नजान्दा अन्य बेलाको तुलनामा पेटसम्बन्धी स्वास्थ्य समस्या बढी देखिने चिकित्सक बताउँछन् ।
विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री पुर्याउन पहल गर्छौंः मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पुर्याउन सक्दो पहल गर्ने बताउनुभएको छ । स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो ।