‘यो मौसम लामखुट्टे नियन्त्रण गर्ने गोल्डेन समय हो’
सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले डेंगु फैलिन नदिन बेलैमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क शिविर
जिल्लाको तामाकोसी गाउँपालिकामा स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
कर्णालीका ३८ प्रतिशत नागरिकमा कान कम सुन्ने समस्या
सुर्खेत र सल्यानका ३८.९ प्रतिशत नागरिक कान कम सुन्ने समस्याले पीडित छन् । सुर्खेत र सल्यानका पाँच वर्षभन्दा माथिको उमेर समूहका ३८.९ प्रतिशत मानिसहरुमा कान कम सुन्ने समस्या देखिएको हो ।
विशेष चिकित्सक सेवा : सात सयले लिए सेवा
गाउँमा नै विशेष चिकित्सकको सेवा लिन पाएपछि स्याङ्जाको बिरुवाका नागरिक खुसी भएका छन् । नेपाली सेनाको विशेषज्ञ चिकित्सकको टोलीले गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरेको हो ।
स्त्रीरोग अस्पतालको पूर्वाधार अभावलाई तत्कालै समाधान गर्न मन्त्री यादवको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताले भोगिरहेको जनशक्ति, उपकरण र पूर्वाधार अभावलाई तत्कालै समाधान गर्न निर्देशन दिनुभएको छ।
प्रसूति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्य मन्त्री यादवको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री रोग अस्पतालको कुपण्डोलस्थित नयाँ भवन यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
एकसय २६ ले लिनुभयो निःशुल्क स्वास्थ्य परीक्षण
तानसेन नगरपालिका–४ को आयोजनामा भएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा १२६ जनाले सेवा लिएका छन् ।
नेपाली नर्सको नयाँ गन्तव्य खाडी
नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन् । नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया बेलायतसहितका विकसित मुलुक हुने गरेको छ तर पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुबेतलगायतका देशप्रति उनीहरूको आकर्षण बढ्न थालेको छ । नेपाल नर्सिङ सङ्घका कोषाध्यक्ष कल्पना श्रेष्ठले पछिल्लो समय ‘करियर बनाउनकै लागि’ साउदी, दुबई, कतार, कुबेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको बताउनुभयो । उहाँले थोरै खर्चमा खाडी मुलुक गएर राम्रो आम्दानी हुने भएकाले नर्सहरू खाडीका देशमा जाने गरेको बताउनुभयो ।
गुल्मीमा १२३ जनाको आँखाको रेटिना जाँच
गुल्मीमा १२३ जनाले आँखाको रेटिनाको जाँच गराएका छन्।नेपाल नेत्र ज्योति सङ्घ गुल्मीको आयोजना एवम् लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहयोगमा आँखाको जाँच भएको हो।
गर्मीयाममा विद्युतकै सास्ती
शुक्लाफाँटा नगरपालिका-५ सार्की टोलका बासिन्दालाई गर्मी याममा विद्युतको सास्ती हुने गरेको छ । एघार परिवार बस्ने उक्त टोलमा अझै पनि विद्युत लाइन विस्तार हुन सकेको छैन ।
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
‘स्वस्थ नागरिकले मात्र राज्य निर्माणमा योगदान दिन सक्छन्’
स्वास्थ्य नागरिकले मात्र मुलुकको विकासमा योगदान दिनसक्ने बताइएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोङ्गबु नयाँ बसपार्कमा समाज उत्थान महिला मञ्चले आयोजना गरेको ‘एक दिने निःशुल्क आँखा’ शिविरका वक्ताले मानिस स्वस्थ्य रहे मात्र देशको विकासमा योगदान दिनसक्ने बताएका हुन् ।
चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल
चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो ।
ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन
विश्व बुबाआमा दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ मा शनिबारदेखि ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा आएको छ ।
सूर्तीले नेपालमा वार्षिक ३९ हजारको मृत्यु : कुन अंगमा कस्तो असर गर्छ ?
पछिल्लो समय सूर्तीजन्य पदार्थको सेवनले नसर्ने रोगको जोखिम बढ्दै गएको छ। नेपालमा कुल जनसङ्ख्याको २८.९ प्रतिशतले सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्याङ्कले देखाएको छ। जसमा सबैभन्दा बढी पुरुष ४८.३, महिलाको सङ्ख्या ११.६ प्रतिशत रहेको छ।
लिमीका सात जना बालबालिकालाई आइपिभी खोप
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा सात जना बालबालिकाले पोलियो (आइपिभी) विरुद्धको खोप लगाएका छन् । जिल्लाभर १३ गतेबाट अभियान सुरु भए पनि लिमीमा ढिलो गरी खोप पुगेका कारण खोप लगाऊ ढिला भएको हो ।
एकसट्ठी जिल्लामा डेङ्गु सङ्क्रमण
अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको बताउनुभयो । उहाँका अनुसार जनवरी (पुस–माघ) यता एक हजार सात जना डेङ्गुका बिरामी भेटिएका छन् ।
कुपोषण र भोकमरी उन्मूलन गर्ने अभियान घोषणा
तीन वर्षभित्र नेपालभरका बालबालिकालाई कुपोषणमुक्त गर्ने अभियान सुरु भएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा आजदेखि यो अभियान सुरु गरिएको हो ।
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ ।
७५ कुकुरको बन्ध्याकरण
तानसेन नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । तानसेन नगरभित्रका १७ कुकुरको बन्ध्याकरण गरिएको हो ।
फिक्कलमा १५ शय्याको अस्पताल निर्माण
सिन्धुली जिल्लाको फिक्कल गाँउपालिका–३ चनौटेमा १५ शय्याको अस्पताल निर्माण भएको छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमबाट ९०१ ले पाए सेवा
सदरमुकाम चरीकोटस्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमबाट पुरुष २८३ र महिला ६१८ गरी कुल ९०१ जनाले सेवा लिएका छन् ।
१५ हजारभन्दा बढी बालबालिकालाई आइपिभी खोप
सिन्धुली जिल्लामा पोलियो रोगविरुद्धको आइपिभी खोप १५ हजारभन्दा बढी बालबालिकालाई लगाउने तयारी गरिएको छ ।
बारपाक सुलीकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषण
गोरखाको ११ पालिकामध्ये केहि पालिकाहरुले पूर्ण खोप सुनिश्चित एवम् दिगोपना गाउँपालिका घोषण गरी सकेका छन् ।