पोखरामा प्रादेशिक आयुर्वेद चिकित्सालय बनाइने
कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ को चापाको चौरमा सङ्घ सरकारले प्रादेशिक आयुर्वेद चिकित्सालय बनाउने भएको छ । सुविधा सम्पन्न एक सय शय्याको चिकित्सालय निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।
मधेसका २१ वटा निजी अस्पताल अनधिकृत, कारबाहीको तयारीमा सरकार
जनकपुर, फागुन १ गते । मधेस प्रदेश अन्तर्गत २१ वटा निजी अस्पताल अनधिकृत रूपमा सञ्चालनमा रहेको पाइएको छ । केही दिनअघि मात्र मुख्यमन्त्री सतिशकुमार सिंह सहितको टोलीले अनुगमन गर्ने क्रममा जनकपुरधामका २१ वटा निजी अस्पताल अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका पाइएको थियो । अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अस्पताल बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको थियो । यसरी सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन समेत दिनुभयो । अनुगमनमा मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य अधिकारी रहेका थिए । तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले बन्द गरेका छन् भने केही अस्पतालले निर्देशन अटेर गरी सञ्चालन गरिरहेका छन् । निर्देशन अटेर गर्ने एक अस्पताल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । मापदण्ड पूरा गरेका अस्पतालको सेवा सञ्चालन स्वीकृति सङ्घ, प्रदेश र स्थानीय सरकारले दिने कानुनी प्रावधान छ । प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पताललाई बन्द गराइ रु एक लाख जरिवाना गर्ने व्यवस्था छ ।कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराइ सञ्चालनमा रहेका अधिकांश अस्पतालसँग अस्पताल सञ्चालन अनुमति छैन । अनुमति प्राप्त केही अस्पतालले नवीकरण गरेका छैनन् । अनधिकृत सञ्चालित अस्पताल सञ्चालकले सरकारको अनुगमन विरुद्ध आन्दोलित हुन दुई दिनअघि प्राइभेट अस्पताल एशोसिएशन गठन गरेका छन् ।
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका सचिवलाई बोलाउने आदेश गरेको छ ।
बाँकेमा दोस्रो चरणको एचपिभी खोप अभियान सुरु
बाँकेमा दोस्रो चरणको एचपिभी खोप अभियान पनि सुरु भएको छ । दोस्रो चरणमा जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
सबै नेपालीसम्म निरोधात्मक अभियान पुर्याऔँः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरू विरुद्धको निरोधात्मक अभियान सबै नेपालीसम्म लैजानुपर्नेमा जोड दिनुभएको छ । बिहीबार पोखरामा आयोजित ‘नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान’ उद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।
७० प्रतिशत लक्षित किशोरीले लगाए एचपिभी खोप
पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७० प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् । खोप अभियान सुरु भएको नवौँ दिनमा ११ लाख ६१ हजार ८७४ लक्षित किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
दुई वडामा स्वास्थ्य सेवा केन्द्र निर्माण हुने
जग्गा दानस्वरूप प्राप्त भएपछि मनाङ ङिस्याङ गाउँपालिकाका दुई वटा वडामा स्वास्थ्य सेवा केन्द्र निर्माण हुने भएको छ ।
चार प्रकारका नसर्ने रोगको निःशुल्क परीक्षण गरिने
नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले नसर्ने रोग पहिचानका लागि एक महिने अभियानको सुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुहुँदै यस्तो बताउनु भएको हो ।
नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरु
प्रदेशका स्वास्थ्य तथा जनासङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले नसर्ने रोग पहिचानको लागि एक महिने अभियानको शुभारम्भ गर्नुभएको छ ।
म्याग्दीमा चार हजार बढीले लगाए एचपिभी खोप
जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालन गरिएको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप चार हजार सात सय ९४ जनाले लगाएका छन् ।
सिन्धुपाल्चोकको हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने
सिन्धुपाल्चोकको हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुनेभएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुविज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा आगामी ३ फागुनमा आराम, आनन्द र आरोग्य भन्ने मूल नाराका साथ स्वास्थ्य शिविर हुन लागेको हो ।
प्रदेश सरकारले गर्दैछ क्यान्सर बिरामीको उपचारमा सहयोग
ऐरावती गाउँपालिका –३ थारदमार प्युठानकी सुस्मिता थापालाई ब्लड क्यान्सर छ । १३ वर्षीया थापाको अहिले कान्ति वाल अस्पाताल महाराजगञ्ज काठमाडौंमा उपचार भइरहेको छ । क्यान्सरका विरामीका लागि संघीय सरकारले एक लाख रुपियाँ उपचार खर्च दिने जानकारी पाएपछि बुवा लोकबहादुर थापा ऐरावती गाउँपालिकामा सिफारिसका लागि पुग्नुभयो ।
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ ।
आठ हजार बढी विद्यार्थीहरुको मुटु जाँच
गुल्मीमा आठ हजार बढी विद्यार्थीहरुको मुटु जाँच गरिएको छ ।
सिन्धुलीमा १४ हजारले लगाए एचपिभि खोप
सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहमा पाठेघरको मुख क्यान्सर विरुद्ध प्रयोग हुने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप १४ हजार एक जनाले लगाएका छन् ।
उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन
उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेको छैन । सरकारले उपेक्षित रोगलाई प्रथामिकतामा राख्न नसक्दा बेला बेलामा यस्ता रोग जनस्वास्थ्यको समस्याका रुपमा देखापर्ने गरेको छ ।
बाँकेका तीन पालिकामा १४औं पटक हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने
बाँकेका तीन पालिकामा १३ पटकसम्म लगातार औषधी खुवाउँदा पनि हात्तीपाइले रोगका संक्रमित भेटिएपछि १४ औं पटक औषधी खुवाउने अभियान सुरु गर्न लागिएको छ।
बेसीसहरमै जटिल शल्यक्रिया सम्भव
गतहप्ता एक युवा पेट दुखेर बेसीसहरस्थित प्रदेश अस्पतालमा भर्ना हुनुभयो । आकस्मिक कक्षमा भर्ना हुनुभएका २९ वर्षे युवाको विभिन्न जाँच गर्दा अल्सर भई सानो आन्द्रा फुटेको पत्ता लाग्यो । अनि तत्काल अस्पतालमा उपलब्ध चिकित्सकहरुले शल्यक्रिया सुरु गर्नुभयो र सफल पार्नुभयो ।
स्वास्थ्य मन्त्रालयले बिहीबारदेखि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने
निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान सुरु गर्ने भएको छ ।
डब्लुएचओद्वारा बाल क्यान्सरको निःशुल्क औषधीको योजना सार्वजनिक
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधी प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ ।
दस लाख किशोरीले लगाए एचपिभी खोप
पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा १० लाख किशोरीले खोप लगाएका छन् । माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा छ दिनमा १० लाख १६ हजार ७७१ किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मुस्लिम बालिकाले लगाए एचपिभी खोप
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु हुनुअघि सो अभियानमा संलग्न स्वास्थ्य कार्यालय बाँकेका अधिकांश कर्मचारीलाई यो अभियान मुस्लिम र मधेशी समुदायमा कसरी सफल पार्ने भन्ने चिन्ता थियो ।
नाम्खा गाउँपालिका र स्तुपा सामुदायिक अस्पतालबिच सम्झौता
हिमाली जिल्लाको नाम्खा गाउँपालिका र राजधानीको स्तुपा सामुदायिक अस्पतालबिच उपचारमा विशेष छुट लिने सम्झौता भएको छ ।
स्याङ्जामा लक्ष्यभन्दा बढीले लगाए एचपिभी खोप
स्याङ्जामा लक्ष्यभन्दा बढीले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निः शुल्क एचपिभी खोप लगाएका छन् ।