मोटोपन र मुटुरोगको अन्तर्सम्बन्ध
केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवम् खाइलाग्दो व्यक्तिको रूपमा हेरिन्थ्यो भने दुब्लो, पातलोलाई रोगीको रूपमा हेर्ने गरिन्थ्यो । तर विस्तारै यस्तो सामाजिक सोचमा परिवर्तन आएको छ ।
अर्घाखाँचीमा ९५ प्रतिशतले लगाए एचपिभी खोप
अर्घाखाँचीमा ९५ प्रतिशत किशोरीले (वमेन प्यापिलोमा भाइरस) एचपिभी विरुद्धको खोप लगाएका छन् ।
पक्रिया पूरा नगरेका औषधी पसल बन्द
प्रक्रिया नै पूरा नगरी रौतहटको विभिन्न स्थानमा खुलेका औषधी पसल बन्द गरिएको छ । औषधी व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगन्जबाट खटेको टोलीले अनुगमन गर्ने क्रममा दर्ता प्रक्रिया पूरा नगरी खुलेका रौतहटको पाँच वटा औषधी पसलमा ताला लगाइएको हो ।
‘समयमै क्यान्सर पहिचान भएमा निको बनाउन सकिन्छ’
नेपालमा बालबालिकामा हुने क्यान्सर रोग प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको छ । नेपालमा कति बालबालिकालाई क्यान्सर हुन्छ भन्ने एकिन तथ्याङ्क नभए पनि इन्टरनेसनल एजेन्सी फर रिसर्च इन क्यान्सर का अनुसार नेपालमा प्रत्येक वर्ष १५ सय बालबालिकामा क्यान्सर हुने अनुमान गरिएको छ ।
वैकल्पिक चिकित्साले तङ्ग्रिँदै बिरामी
सङ्खुवासभाकी अञ्जु राई वैकल्पिक चिकित्सामार्फत पक्षघात (प्यारालाइसिस) को उपचार गराइरहनुभएको छ । गत माघ ९ गते घरकै शौचालयमा एक्कासि ढलेपछि काठमाडौँको न्युरोड बस्नुहुने राईलाई वीर अस्पताल पुर्याइएको थियो ।
उपचारात्मक क्षेत्रमा नागरिकलाई सुविधा दिने कुरामा सरकार गम्भीर : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मनाङमा कहिले आउला एम्बुलेन्स ?
चार वटा स्थानीय तह रहेको सिङ्गो जिल्ला मनाङमा भने एउटै एम्बुलेन्स छैन । जोकोही बिरामी परे भने आपत्कालीन अवस्थामा अन्य विकल्प खोज्नुपर्ने हुन्छ ।
देश विकास हुँदैछ, युवा निराश हुनु पर्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुनुनपर्ने बताउनुभएको छ ।
नेपाल मेडिकल कलेजको रजत जयन्तीमा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्नुभएको छ ।
शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्पतालमा भर्ना हुनुभएको छ । घाँटीमा समस्या आएकोले मन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको हो ।
छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा
यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण
जुम्लाको सिँजा गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य परिक्षण गरिरहेको छ । गाउँमै स्वास्थ्य परीक्षण हुने भएकाले ज्येष्ठ नागरिक सो दिन पर्खिरहेका हुन्छन् ।
गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने
आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ । गाउँपालिकाले पालिका भरिका ७० वर्षदेखि माथिका नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्न लागेको हो ।
भाइरल ज्वरो बढेपछि विद्यार्थीको निःशुल्क उपचार
भाइरल ज्वरोका कारण बिरामी माउन्ट एभरेस्ट स्कुलका विद्यार्थीको निःशुल्क स्वास्थ्य उपचार गरिएको छ । सोलु दुधकुण्ड नगरपालिका, जिल्ला अस्पताल फाप्लु र स्वास्थ्य कार्यालय सोलुखुम्बुको संयुक्त सहकार्यमा एक दिने स्वास्थ्य शिविरको आयोजना गरी भाइरल ज्वरोका कारण बिरामी विद्यार्थीको आज निःशुल्क स्वास्थ्य उपचार गरिएको हो ।
‘स्वास्थ्य बिमा व्यवस्थित गर्न दुई चरणको काम थालिएको छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमामा देखिएका विकृति हटाउन दुई चरणमा काम भइसकेको बताउनुभएको छ ।
पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न मन्त्री पौडेलको अपिल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर परीक्षण (स्क्रिनिङ्ग) गर्न अपिल गर्नुभएको छ । मन्त्री पौडेलले सोमबार भिडियो सन्देश जारी गर्नुहुँदै पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न ३० वर्ष माथिका महिलालाई अपिल गर्नुभएको हो ।
आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताउनुभएको छ । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको बताउनुभयो ।
‘अफ्रिकन स्वाइन फिभर’ फैलिन नदिन उच्च सतर्कता
लमजुङमा ‘अफ्रिकन स्वाइन फिभर’ फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ ।
अनुमति नलिई अस्पतालको नाम परिवर्तन
नेपालगन्जमा सञ्चालनमा रहेको लर्डबुद्ध एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज शिक्षण अस्पताललाई सरकारी निकायबाट अनुमति नलिइ नाम परिवर्तन गरेको छ ।
उपचार खोज्दा अस्पताल सिर्जना
देवचुली–१६, रजहरका हरिप्रसाद सापकोटा अत्यन्तै जटिल र जीर्ण मानिएका सात थरी रोग बोकेर २०६० सालदेखि हिँडिरहनुभएको थियो । ३० बर्से सापकोटाको आन्द्रामा अल्सर, पिनास, न्यून रक्तचाप, दिसा नहुने र डिप्रेसनको समस्या थियो ।
एक सय १६ जना मोतिविन्दु बिरामीको शल्यक्रिया
रोल्पाको सदरमुकाम लिबाङमा मोतिविन्दु भएका एक सय १६ जना बिरामीहरूको शल्यक्रिया गरिएको छ । नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पा, नेपाल रेडक्रस सोसाइटी रोल्पाको आयोजनामा, द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो ।
आइसियू पूर्ण क्षमतामा सञ्चालन गर्न माग
पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालको रूपमा रहेको भेरी अस्पतालको आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नेकपा (एमाले) बाँकेले माग गरेको छ ।
भेरी अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबिच परीक्षण सम्झौता
भेरी अस्पताल नेपालगन्ज र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंबिच मानव सङ्कलित नमूनाको प्रयोगशाला परीक्षणका लागि सम्झौता भएको छ ।
आन्दोलनरत चिकित्सक सङ्घ र स्वास्थ्य मन्त्रालयबीच सहमति
चिकित्सकको सेवा सुविधा सम्बन्धमा सुरु भएको आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सहमति भएको छ। आज भएको वार्तापछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नौ बुँदै सहमति भएको हो।