स्याङ्जाका चार पालिकामा क्षयरोग मुक्त अभियान
स्याङ्जाका चार पालिका क्षयरोग मुक्त बनाउने अभियानमा सक्रिय छन् । जिल्लाका वालिङ, भीरकोट, गल्याङ र पुतलीबजार नगरपालिकामा अभियान चलिरहेको हो ।
प्रादेशिक अस्पताल गौरमा १०० शय्यामा स्तरोन्नति
रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा १०० शय्यामा स्तरोन्नति गरिएको छ ।
गुल्मीमा ११३ जनामा क्षयरोग
गुल्मीमा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म ११३ जनामा क्षयरोग पुष्टि भएको पाइएको छ ।स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा ११३ जनामा क्षयरोग पुष्टि भएको हो ।
डडेल्धुरामा क्षयरोगका ७१ नयाँ बिरामी
जिल्लामा यस आर्थिक वर्षको साउनदेखि माघसम्म ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । तीमध्ये ६५ वर्षमाथिका २९ र १५ देखि २४ वर्ष उमेर समूहका २९ जना र अन्य १५ वर्ष मुनिका रहेका छन् ।
गोरखामा एक सय ३३ जनामा क्षयरोग
गोरखा जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा एक सय ३३ जनामा क्षयरोग पुष्टि भएको छ ।
सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ ।
विश्व क्षयरोग दिवसमा प्रभातफेरी
विश्व क्षयरोग दिवसको अवसरमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको प्रभातफेरीमा सहभागीहरु।
क्षयरोग न्यूनीकरण गर्न प्रभावकारी ढङ्गबाट काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिताहरु बदलेर प्रभावकारी ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या ४८ थियो ।
तनहुँमा १७९ क्षयरोगका बिरामी, १५ जनाको मृत्यु
तनहुँमा परीक्षणको दायरा बढाउदा क्षयरोगका बिरामीको सङ्ख्या बढेको देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले परीक्षणको दायरा बढाउदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको जनाएको छ ।
रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न
यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३०० बढी सेवाग्राहीले सेवा लिएका छन् ।
‘क्षयरोगले शरीरका सबै अङ्गमा असर गर्छ’
नेपालमा क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । राष्ट्रिय क्षेयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारीका अनुसार नेपालमा मृत्युको कारणमध्ये क्षयरोग १० औँ नम्बरमा पर्छ ।
नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु
हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गएको पश्चिम नवलपरासीमा १३ जनाको मृत्यु भएको छ । दुई वर्ष अगाडि क्षयरोग पहिचान भएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर
नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेका छन् ।
जिल्ला अस्पताल बैतडीमा प्रसुति सेवा पुनः सुचारु
अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।
बागलुङमा बढ्दै क्षयरोगका बिरामी
बागलुङमा परीक्षणको दायरा बढाउँदा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताइएको हो ।
लालबन्दीका १९ स्वास्थ्य संस्था बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका १९ वटा अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिनुभएको छ । उहाँ निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार साँझ लालबन्दी आइपुग्नुभएको थियो ।
पालिकास्तरीय अस्पताल भवन निर्माण
बेनीदेखि नजिक रहेको पर्वतको जलजला गाउँपालिका ३ माझफाँटमा १० बेड क्षमताको पालिकास्तरीय अस्पताल भवन निर्माण भएको छ । सङ्घीय सरकारको करिब दश करोड रुपियाँ बजेटबाट अस्पताल भवन निर्माण भएको हो ।
स्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा चौलागाईं
नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरको चौथो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उत्सव चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
निःशुल्क शिविर : चार दिनमा ८७ जनाको शरीरबाट स्टिल झिकियो
पाँचथरमा आयोजित निःशुल्क हाडजोर्नी शिविर सुरु भएको चार दिनमा ८७ जनाका शरीरबाट रड र स्टिल झिकिएको छ।
सरकार सबै नेपालीलाई निरोगी बनाउने अभियानमा सक्रिय छ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीपकुमार पौडेलले सरकारले आफ्ना नागरिकलाई रोग लाग्नै नदिने गरेर सचेत र सक्षम बनाउने अभियान संचालन गरिरहेको बताउनुभएको छ।
स्तन क्यान्सरबारे सचेत गराउन महिला ‘हाफ म्याराथन’
सधैँ घरायसी काममा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्ने उद्देश्यले आज ललितपुरमा महिला ‘हाफ म्याराथन’ आयोजना गरियो ।
सरकारी अस्पतालमा बिहानैदेखि ओपिडी सेवा सुरु
सरकारी दमक अस्पतालले बिरामीको चाप अधिक भएपछि बिहान साढे ७ बजेदेखि नै बिरामी जाँच सुरु गरेको छ ।
मुख स्वास्थ्यमा बेवास्ता उपचार पनि ढिला
सरकारी अस्पतालमध्ये मुख स्वास्थ्यको सबैभन्दा सस्तो राम्रो उपचार हुने वीर अस्पतालको ओपिडीमा मात्र दैनिक दुई सय जना नयाँ बिरामी दाँतसम्बन्धी समस्या लिएर आउने गरेका छन् ।