दोलखामा पहिलो पटक इन्डोस्कोपी र क्रोनोस्कोपी सेवा
दोलखाको सदरमुकाम चरिकोटस्थित रहेको च्छोरोल्पा जनरल अस्पताल प्रालिले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा जिल्लामै पहिलो पटक इन्डोस्कोपी र क्रोनोस्कोपी सेवा प्रारम्भ गरेको छ ।
डिमेन्सिया र डिमेन्सिया अल्जाइमर्सबाट बच्न सरकारी काम घरमा नलगाैँ: प्रा.डा. साेपकाेटा
सरकारी कार्यालयका प्रमुखलाई बिर्सने रोग डिमेन्सिया र डिमेन्सिया अल्जाइमर्सबारे जानकारी गराइएको छ । भक्तपुर अस्पतालका विशेषज्ञ डाक्टर एवं पाटन अस्पतालका मनोरोग विभाग प्रमुख प्रा. डा. निदेश सापकोटाले सोबारे जानकारी गराउनुभएको हो ।
नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगियो
बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।
घाइते हरिकला भण्डारीको मृत्यु
ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ ।
घाइते हरिकला भण्डारीको अवस्था नाजुक
ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अवस्था नाजुक भएको छ ।
स्वास्थ्यकर्मी नहुँदा प्रसूति गृहको सेवा बन्द
बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखराको स्थित भीमपोखरा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा प्रसूति सेवा प्रभावित भएको छ ।
सांसद भण्डारी र आमालाई तत्काल विदेश लैजान अस्पतालको सिफारिस
ग्यास सिलिन्डर विस्फोट भएर गम्भीर घाइते हुनुभएका सांसद चन्द्रप्रसाद भण्डारीलाई थप उपचारका लागि देश बाहिर लैजान अस्पतालले सिफारिस गरेको छ ।
नेता भण्डारीलाई उपचारका लागि भारत लगिँदै
ग्याँस सिलिन्डर विस्फोट भई घाइते हुनुभएका गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि दिल्ली लगिने भएको छ । एयर कार्गोबाट उहाँलाई तत्काल दिल्ली लाने प्रक्रिया सुरु गरिएको डा. भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिनुभयो ।
जर्मनीद्वारा कोभिडविरुद्धको खोप सहयोग
जर्मनीले नेपाललाई १५ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । कोभ्याक्स सुविधामार्फत उक्त खोप बुधबार नेपाललाई दिइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई नेपालका लागि जर्मन राजदूत डा. थ्रोमास प्रिन्सले खोप हस्तान्तरण गर्नुभयो ।
डा. चन्द्र भण्डारी र उहाँकी आमाको आइसियुमा उपचार हुँदै
गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ ।
काँग्रेस नेता भण्डारीको निवासमा ग्याँस सिलिन्डर विस्फोट, दुई घाइते
गुल्मी निर्वाचन क्षेत्र न १ का सङ्घीय सांसद काँग्रेस नेता डा. चन्द्र भण्डारको बुद्ध नगर काठमाडौँस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा पोलेर उहाँ र उहाँकी आमा गम्भीर घाइते भई हाल कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको छ ।
समयमै क्यान्सर पत्ता लागे निको हुन्छ
नेपालमा पनि बुधबार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 'जीवन रक्षा तपाईँको हातमा’ नारासहित बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउन अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइएको हो ।
बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण
म्याग्दीमा 'अफ्रिकन स्वाइन फिभर'को सङ्क्रमणबाट झण्डै पाँच सय बङ्गुर मरेका छन् । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ७ वडाको अग्निखेत क्षेत्र एवम् ग्रामीण भेगमा मात्रै चार सय ८१ वटा बङ्गुरको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।
विश्वको ध्यान आयुर्वेदतर्फ जाँदैछ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ ।
जनशक्ति विदेश पलायन रोक्न आवश्यक छ: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले विदेश पलायन भइरहेका दक्ष जनशक्ति नेपालमा नै रोक्न बहस हुनुपर्ने बताउनुभएको छ ।
हात्तीपाइलेकाे औषधि खुवाइँदै
धनुषालगायत मधेश प्रदेशका पाँच वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत फागुन ११ देखि २५ गतेसम्म धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा जिल्लामा औषधि खुवाइने भएको हो ।
गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा
खोटाङको साकेला गाउँपालिकाले चार सयभन्दा बढीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले ७० वर्ष माथिका चार सय ७ जना ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका २१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।
प्रदेश स्थापना दिवसको अवसरमा रक्तदान
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा तौलिहवास्थित कपिलवस्तु अस्पतालमा बृहद् रक्तदान गरिएको छ ।
दुई बालबालिका अङ्कित आयोडिनयुक्त नुन खान आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई बालबालिकाको चिन्ह्र अङ्कित आयोडिनयुक्त नुन खान आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दुई बालबालिका अङ्कित आयोडिन भएको नुन सेवन गर्न आग्रह गरिएको बताउनुभएको हो ।
भरतपुर अस्पतालको सेवा सुधारिँदै
भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो ।
भवन नबन्दै प्रादेशिक अस्पताल सञ्चालन गरिने
भवन भाडामा लिएर लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सरुवा रोग अस्पताल सञ्चालनको तयारीमा अगाडि बढाएको छ । प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले नागरिक अगुवासँग भेटघाट गर्दै केही स्वास्थ्यकर्मी परिचालन गरेर भवन नबन्दै सेवा प्रदान गरिने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डद्वारा गेटा मेडिकल कलेज अवलाेकन
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गेटा मेडिकल कलेजमा स्थलगत अवलोकन गर्नुभएको छ ।
बाइभ्यालेन्ट खोप भित्रियो
फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताउनुभएको हो ।
गाउँमै प्रसूति केन्द्र
धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएको छ । भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।