शिविरमा तीन हजारभन्दा बढीको आँखा जाँच
लहान नगरपालिकाले आयोजना गरेको आँखा जाँच शिविरमा अहिलेसम्म तीन हजार भन्दा बढीको आँखा जाँच भइसकेको छ।
चाँगुनारायण क्यान्सरकाे जोखिममा, दैनिक दुईजना बिरामी सिफारिस हुँदै
बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि भक्तपुरमा दीर्घकालीन योजना र नीति तथा कार्यक्रम तय गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
घरमै स्वास्थ्य सेवा, नागरिक खुसी
एक दिन बिराई स्वास्थ्य संस्थामा जाने अर्जुनचौपारी गाउँपालिका–२, केवरेकी ८४ वर्षीया द्रुपती केसीको बाध्यता अहिले हटेको छ। उच्च रक्तचाप र दमको बिरामी केसीलाई बुढेसकालमा उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता गाउँपालिकाले घरमै स्वास्थ्यकर्मी खटाएपछि हटेको हो। पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमा स्वास्थ्योपचार कार्यक्रम बढाएपछि केसीजस्ता सयौँ नागरिकले घरमै बसेर आफ्नो स्वास्थ्य जाँच गराउन पाएका हुन्।
बर्थिङ सेन्टर पुग्न थाले गर्भवती महिला
डेढ वर्ष अघिसम्म असुरक्षित रूपमा घरमै सुत्केरी हुने महिला अचेल बर्थिङ सेन्टरमा धाउन थालेका छन् । यसअघि घरमै बच्चा जन्माउने गरेका गर्भवती गाउँकै बर्थिङ सेन्टरमा पुगेर सुत्केरी हुन थालेका हुन् ।
ढुक्कसँग दोस्रो बुस्टर खोप लगाउन चिकित्सकको आग्रह
हाल विकसित कोरोनाविरुद्धको खोपले २४–२५ हप्तासम्म मात्रै रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ, त्यसैले सङ्क्रमणको जोखिम कम गर्न ६ वा एक वर्षमा बुस्टर डोज लगाउन जनस्वास्थ्यविदको सुझाव छ ।
एकैदिन चार सयले आँखा जाँच गराए
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिँवामा सञ्चालित आँखा शिविरमा एकैदिन चार सय जनाले आँखा जाँच गराएका छन्।
‘प्रादेशिक अस्पतालको स्वामित्व फेरिँदा पनि सुधार सुस्त’
तत्कालीन प्रादेशिक अस्पताललाई मधेश प्रदेश सरकारको महत्त्वपूर्ण गौरवको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याउँदा यहाँकोस्वरुप र शैली नै फेरिने अपेक्षा थियो ।
काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपर्यो : पदम गिरी
निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नुपरेको बताउनुभएको छ । ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनु परेको उहाँको गुनासो थियो ।
अस्पताल गए बाँचिन्छ भन्ने भरोसा दिलाउनुपर्छ : प्रदेश स्वास्थ्यमन्त्री पन्थी
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले अस्पतालहरूले बिरामीलाई भरोसा दिलाउन सक्नेगरी उपचार गर्नुपर्ने बताउनुभएको छ ।
विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजार नाघ्यो
नेपालमा विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजारभन्दा बढी पुगेका छन् । नेपाल मेडिकल काउन्सिलमा पुस १६ गतेसम्म दर्ता भएको तथ्याङ्क अनुसार नेपालमा विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजार ८० पुगेको हो । यी मध्ये सात हजार ११० जना पुरुष र दुई हजार ९७० जना महिला रहेका छन् ।
स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौँ : मन्त्री गिरी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैङ्क सेवा
भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैङ्क सेवा शुभारम्भ भएको छ । दुई करोड ७४ लाख ४० हजार रुपियाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको हो ।
स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन : मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति
प्रस्तुत छ, नेपालको चिकित्सा क्षेत्रमा भएका विकसित विसङ्गति र राज्यको गैरजिम्मेवारपन तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत गरिएका प्रयासका बारेमा प्रतिष्ठानका उपकुलपति प्राडा रामकेवल साहसँग राष्ट्रिय समाचार समितिका आलेख प्रमुख कृष्ण अधिकारी र समाचारदाता सिर्जना राईले गर्नुभएको कुराकानी :
नसाको उपचार छिटो, छरितो र सुरक्षित हुँदैछ: प्रा.डा. मोहनराज शर्मा
“नसासम्बन्धी रोग निको हुँदैन भनेर धेरैजना उपचारको दायरामा आउँदैनन् । नसासम्बन्धी रोग लाग्दैमा आतिहाल्नु पर्दैन समयमा नै उपचारको दायरामा आएमा धेरैजस्ता रोग पूर्णरुपमा निको हुन्छ ।”
क्यान्सरपीडितको हाँसो र रुवाइ
म भने घरी रुन्थेँ; घरी चुप लाग्थेँ; कहिले अन्धकार लाग्थ्यो अगाडिको यात्रा त कहिले म गर्न सकिहाल्छु नि; भन्ने झिनो आशा र हिम्मत पलाउँथ्यो; मनको कुना-कन्दराबाट !
प्रधानमन्त्रीको पहलमा आगलागीका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो
आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ कोसेडीका दुईजना युवालाई प्रधानमन्त्रीको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
स्वास्थ्य मन्त्री गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन विरसेटबीच भेटवार्ता भएको छ । बिरामी सुरक्षासम्बन्धी मन्त्रिस्तरीय कार्यशालामा भाग लिन स्वीट्जरल्याण्ड पुग्नुभएका गिरीले आज (शुक्रबार) त्यहाँका राष्ट्रपतिसँग भेट गर्नुभएको हो ।
पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिक र खोप नलगाएका व्यक्ति
सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेर समूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई लगाउने भएको छ ।
जन्मजात मुटुराेगकाे उपचार सम्भव
संसारभर एक हजार जीवितै जन्मिएका शिशुमध्ये आठदेखि १० जनामा जन्मजात मुटुसम्बन्धी रोग फेला परेको अध्ययनले देखाएको छ ।
चन्द्र भण्डारीलाई शुक्रबारबाट ठोस खाना खुवाइने
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीलाई भोलि (शुक्रबार)बाट ठोस खाना खुवाइने भएको छ । कांग्रेस नेता योगराज कँडेलले सांसद भण्डारीलाई भोलीबाट मुखबाट तरल पदार्थ खुवाइदै आइएकोमा भोलीबाट ठोस खाना दिइने जानकारी दिनुभयो ।
आजदेखि १५ जिल्लाका ८५ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
सरकारले आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु गरेको छ ।
स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता
बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच डब्ल्युएचओको कार्यालयमा भेटवार्ता भएको छ ।
डायलासिसका लागि पालो पाउन कठिन
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला फेल भएका पाँच सय बिरामी डायलासिस गर्न पालो कुरेर बस्छन् । केन्द्रको क्षमताले दैनिक २५० जना बिरामीको मात्रै डायलासिस गर्न सक्छ । पालो नपाउनेहरू घर फर्किनुबाहेक उपाय रहँदैन । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले ४५ वटा डायलासिस मेसिनबाट तीन सेसन गरेर डायलासिस भइरहेको जानकारी दिँदै भन्नुभयो, “सबैलाई डायलासिस सेवा उपलब्ध गराउनु परेमा ५० वटा मेसिन थप्नुपर्ने हुन्छ । त्यति थप्दा जनशक्ति पनि थप्नुपर्छ ।”
हात्तीपाइलेविरुद्धको अभियान सफल पार्ने प्रतिवद्धता
नेपालगञ्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधवार यहाँ आयोजित मुस्लिम धर्मगुरु र मौलानाहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको छ ।