अस्पतालमा बिरामीको चाप
सर्लाहीमा केही दिनदेखि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसम परिवर्तन भई गर्मी बढ्दै जाँदा जिल्लाभरका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको हो ।
किशोरीलाई क्यान्सरविरुद्धको खोप
चितवनका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपीभी) लगाइएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोग निवारण शाखाका डा. अस्मिता राणाले अस्पतालले विद्यालयमा अध्ययनरत ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरी अहिले पाँच हजार चार सय जनालाई खोप लगाइसकिएको जानकारी दिनुभयो ।
जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या
पूर्वी नवलपरासीकोे मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
नेपालमा पहिलो पटक दुईदिने ‘महिला स्वास्थ्य सम्मेलन’ हुने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको अग्रसरतामा बुधबार र बिहीबार गरी दुईदिने ‘महिला स्वास्थ्य सम्मेलन’को आयोजना हुन लागेको हो ।
म्याद गुज्रेका औषधि वितरणप्रति रेसुङ्गाको ध्यानाकर्षण
चौराह हस्पिटल प्रालिको प्राविधिक सहयोगमा गुल्मीको तम्घासमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण भएको पाइएपछि रेसुंगा नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
सिकिस्त बिरामीलाई काठमाडौं पुर्याउनुपर्ने बाध्यता हट्दै
नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौं वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ ।
कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो
जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो ।
ताप्लेजुङको शिविरमा सहभागी डा.रुइतको टोली बिदा
आफ्नो जन्मस्थान ताप्लेजुङको दुर्गम फक्ताङ्लुङ गाउँपालिकामा आँखाका बिरामीको उपचार गर्न आउनुभएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको टोलीलाई बिदा गरिएको छ।
भिडियो एक्सरेमार्फत गर्भजाँच सेवा सुरु
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्सरेमार्फत गर्भवती महिलाको गर्भ जाँच सेवा सुरु गरेको छ । गर्भवती महिलाको स्वास्थ्य र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी राख्ने उद्देश्यसहित गर्भ जाँच सेवा सुरु गरिएको हो ।
‘होली खेल्दा रसायनयुक्त रङ्गबाट बच्नुहोस्’
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली (रङ्गहरूको पर्व) पर्व पछिल्लो समय धूमधामसँग मनाउने प्रचलन बढ्दो छ ।
स्वास्थ्य शिविरमा सात सयले लिए सेवा
गुल्मीको रेसुङ्गा नगरपालिकाद्वारा तम्घासमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सय नागरिकले सेवा लिएका छन् ।
रुइतद्वारा जन्मस्थानका नागरिकको आँखा उपचार
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले आफू जन्मेको ठाउँ ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पुगेर आँखाका बिरामीको उपचार गर्नुभएको छ । जिल्लाकै दुर्गम तथा बिकट स्थानीय तहको रूपमा रहेको फक्ताङ्लुङ गाउँपालिकामा डा. रुइतले शल्यक्रियासहित आँखाका बिरामीको उपचार गर्नुभएको हो ।
नेपालगञ्जमा ‘लेभल थ्री आइसियु’ सञ्चालनमा
देशको सङ्घीय राजधानी काठमाडौं बाहिर पहिलो पटक नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा अत्याधुनिक सुविधासहितको लेभल ३ आइसियु सेवा सुरु भएको छ । सो सेवा काठमाडौंका तीन वटा मात्र निजी अस्पतालमा रहेको जनाउँदै काठमाडौं बाहिर नेपालगञ्जमा पहिलो पटक सञ्चालनमा ल्याइएको वेष्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले बताउनुभयो ।
जातीय भेदभावमा परेका अश्वेत महिलालाई मुटु रोग लाग्ने सम्भावना बढी
रोजगारी, आवास र प्रहरीसँगको अन्तरक्रिया लगायतका विभिन्न सन्दर्भमा जातीय भेदभावको अनुभव गरेका अश्वेत महिलालाई अन्य महिलाको तुलनामा हृदयाघात हुने सम्भावना २६ प्रतिशत बढी रहेको एक अनुसन्धानले जनाइएको छ ।
परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढ्दै
सन्तानको रहर पुगेका र सन्तानबीच जन्मान्तर समय बढाउन महिलाले अस्थायी साधनको प्रयोग गर्न थालेका हुन् । स्वास्थ्यकर्मीका अनुसार अहिले सिधै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र गाउँ टोलमा सञ्चालन हुने शिविरमार्फत महिलाहरूले परिवार नियोजनको साधन लिने गरेका छन् ।
विशेषज्ञ चिकित्सक दस हजार
वार्षिक दुई हजार चिकित्सक (डाक्टर) उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको सङ्ख्या भने बल्ल १० हजार पुगेको छ। नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० जना विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको सङ्ख्या भने ३२ हजार २१८ पुगेको छ।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण गरिएको छ।
छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर
छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्न बागलुङका दुई तहमा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौंका आयोजना तथा स्थानीय तह कृषि तथा पशु शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको स्थानीय व्यवस्थापनमा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।
जानकी आँखा अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या बढ्यो
नेपाल रेडक्रसद्वारा सञ्चालित जनकपुरधामको जानकी आँखा अस्पतालमा आँखाको गुणस्तरीय उपचार सेवा दिन थालेपछि बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा दिनको तीन सयदेखि पाँच सयसम्म आँखाका विभिन्न रोगका विरामीहरु उपचारका लागि यहाँ आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाउँछु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गर्नुभएको छ ।
बालबालिकामा कडा खालको कुपोषण
खिजिदेम्बा गाउँपालिकामा १३ जना बालबालिकालाई कडा किसिमको कुपोषण भएको छ । ओखलढुङ्गा जिल्ला अस्पताल रुम्जाटार र खिजिदेम्बा गाउँपालिकाले गाउँ–गाउँमा पुगेर गरेको परीक्षणबाट १३ बालबालिकालाई कडा कुपोषण भएको फेला परेको हो ।
शुक्रबारबाट सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा हुने
भोलि (शुक्रबार) बाट नेपालमा सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आयुष मन्त्रालयको सहयोगमा फागुन १९ गतेदेखि २१ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने भएको हो ।
दुई सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार
कालीकोट पलाँता गाउँपालिकाबाट दुई जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
चन्द्र भण्डारीलाई हल्का सङ्क्रमण देखियो
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीलाई हल्का इन्फेक्सन (सङ्क्रमण) देखिएको छ ।