गाउँमै स्वास्थ्य जाँच
सिन्धुली जिल्लामा स्थानीय तहले गर्भवतीलाई गाउँमै स्वास्थ्य जाँचको सुविधा दिन थालेका छन्। मातृशिशु सुरक्षाका लागि गर्भवतीलाई गाउँमै स्वास्थ्य जाँचसहित विभिन्न सुविधा उपलब्ध गराउन थालेको स्थानीय तहले जनाएका छन्। पालिकाले गर्भवतीलाई गाउँमा स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराएपछि स्वास्थ्य संस्था खोज्दै जिल्ला सदरमुकाम र सहरी क्षेत्र धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
मुख्यमन्त्रीद्वारा अस्पतालको आकस्मिक निरीक्षण
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक निरीक्षण अनुगमन गर्नुभएको छ ।
जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिन्छ
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालमा अङ्गदानसम्बन्धी जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिने दाबी गर्नु भएको हो ।
स्वास्थ्य बीमा सेवा प्रभावित
स्वास्थ्य बीमा लागू भएका अस्पतालमा आइतबार प्राविधिक समस्याले गर्दा हजारौँ बिरामी उपचारबाट वञ्चित भएका छन्। उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भरतपुर, कोशी, नारायणीलगायतका प्रमुख केन्द्रीय अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गराउने बिरामी उपचार पाउनबाट वञ्चित भएका हुन्।
दादुराविरुद्धकाे खोप लगाउन सुरु
बाजुराको बूढीगङ्गा नगरपालिकाले दादुरा खोप सञ्चालन कार्यक्रम सुरु गरेको छ । बूढीगङ्गा नगरपालिकाका केही वडाका बालबालिकामा दादुरा पुष्टि भएसँगै खोप सञ्चालन कार्यक्रम सुरु गरिएको हो ।
दोलखामा पहिलो पटक खुट्टाको सफल शल्यक्रिया
जिल्लामै पहिलो पटक नली खुट्टाको सफल शल्यक्रिया सम्पन्न भएको छ । यस्ता जटिल खाले शल्यक्रिया यहीँ हुन थालेपछि स्थानीयलाई सुविधा भएको छ ।
बाह्र हजारभन्दा बढीको आँखाको शल्यक्रिया
नेपाल नेत्र ज्योति सङ्घ चितवनमार्फत सञ्चालित आँखा अस्पतालबाट एक वर्षमा १२ हजार जनाभन्दा बढीको मोती बिन्दुको शल्यक्रिया हुने गरेको छ । सङ्घद्वारा चितवन, बारा, पर्सा, नवलपरासीको कावासोतीमा सञ्चालित अस्पतालबाट सबैभन्दा धेरै मोती बिन्दुको शल्यक्रिया हुने गरेको पाइएको छ । नेपाल नेत्र ज्योति सङ्घ चितवनको शनिबार सम्पन्न २३औँ साधारण सभामा जानकारी दिएअनुसार मोती बिन्दुको शल्यक्रिया चालू आर्थिक वर्ष २०७९/८० को गत माघ महिनासम्ममा तीन हजार ७३२ जनाको उपचार भएको छ । गत वर्ष २०७८ मा तीन हजार ७२६ जनाको आँखाको उपचार भएको थियो ।
हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप
सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेको छ । देशका १५ जिल्लामा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान थियो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले हात्तीपाइलेको औषधि खुवाउने अवधि पाँच दिन थपिएको जानकारी दिनुभयो । उहाँले ती जिल्लामा फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने बताउनुभयो ।
चिकित्सकहरुको सम्मेलनमा सिकलसेल एनिमियाबारे छलफल
कैलालीको धनगढीमा चिकित्सकको सुदूरपश्चिम प्रदेश स्तरीय सम्मेलन शनिबार सम्पन्न भएको छ।
बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु
बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । केही दिनयता रुघाखोकीका बिरामी बढ्न थालेपछि यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बीमा रकम नपाउँदा अस्पताल समस्यामा
हेटौँडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा बोर्डले बीमाबापतको रकम समयमा नपठाउँदा औषधि खरिदलगायत उपचारमा समस्या आएको जनाएको छ। अस्पतालमा आव २०७४/७५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि अस्पतालमा आउने विपन्न वर्गका आँखाका बिरामी लाभान्वित हुँदै आएका छन्। बीमा बोर्डसँग स्वास्थ्य बीमाबापतको भुक्तानी माग गर्दा लामो समयसम्म भुक्तानी नगर्दा अस्पतालको दैनिक सेवा तथा बिरामीको उपचार एवं शल्यक्रियामा प्रयोग हुने औषधि तथा अन्य सामग्री खरिद गर्न रकम अभाव बेहोर्दै आएको छ। अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले बीमा बोर्डले बीमाबापतको रकम निकासामा गरेको ढिलाइका कारण अस्पतालका कर्मचारीको तलबको व्यवस्थापन गर्नसमेत समस्या भएको जानकारी दिनुभयो।
सिकलसेलको ज्ञान आदानप्रदान गर्न चिकित्सकको सम्मेलन हुने
वङ्शाणुगत रोग सिकलसेल एनिमियाबारेको ज्ञान आदानप्रदान गर्नका लागि धनगढीमा विशेषज्ञ चिकित्सकको क्षेत्रीय सम्मेलन हुँदैछ।
रक्तस्रावका कारण बाजुरामा सुत्केरी महिलाको मृत्यु
रक्तस्रावका कारण बाजुरामा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । रक्तस्रावका कारण बूढीगङ्गा नगरपालिका–२ कि बजेडी १७ वर्षीया लक्ष्मी लुहारको मृत्यु भएको हो ।
मिर्गौला पीडितलाई आर्थिक सहयोग
गुल्मीमा एक मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । शुक्रबार होटल व्यवसायी मञ्च गुल्मीले जिल्लाको कालीगण्डकी गाउँपालिका –५ फोक्सिङ्ग निवासी दुवै मिर्गौला पीडित ४० वर्षीय सरुमा सुत्पराईलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सुत्पराई विशाल फोक्सिङ होटलकी सञ्चालक हुनुहुन्छ । जिवनमरणको दोसाधमा रहनुभएकी सुत्पराई अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ ।
कुकुरका छाउरा छाउरीमा देखिने ‘पार्वो भाइरस’ के हो ?
केही दिन अघि चितवनमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । अस्पतालमा उपचारका लागि लगिएका ३० देखि ४० प्रतिशतमा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको थियो ।
दुई दिन निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन हुने
मार्क इन्टरनेशनल किड्नी सेन्टरले निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरेको छ । सेन्टरको चौथो वार्षिकोत्सव एवम् विश्व मिर्गौला दिवसको अवसरमा निःशुल्क मिर्गौला परिक्षण शिविर सञ्चालन गरेको हो ।
घाइते सांसद न्यौपानेको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष नेपाल ट्रमा सेन्टरमा
संसद् भवनमा चिप्लिएर घाइते हुनुभएका सांसद गोविन्द न्यौपानेको स्वास्थ्यस्थित बुझ्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुग्नुभएको छ ।
बालबालिकाका प्रेरणा डा. रुइत
भाइबहिनीहरू, तिमीहरूले डा. सन्दुक रुइतको नाम सुनेका छौ होला । कसैले त देखेको पनि होला । अझ कसैले त उहाँसँग आँखाको उपचार पनि गराएको होला । तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. रुइत नेत्र चिकित्सा क्षेत्रमा चम्किला व्यक्ति हुनुहुन्छ । मोतीबिन्दुका कारण ज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकमा पनि गएर सेवा गर्नुभएको छ ।
जाडोयाम ‘स्वास्थ्य समस्या कस्ता ?’
नेपालमा मङ्सिर, पुस लागेदेखि जाडो हुने, तापक्रम चिसिने क्रम निरन्तर हुन्छ । जाडोयाममा बालबालिकालाई विशेष गरी श्वासप्रश्वास, छाला जनेन्द्रिय एवं पोल्ने समस्याले सताउने गरेको छ ।
देवदहमा स्वास्थ्य बीमा सुरु
रुपन्देही जिल्लाको देवदह नगरपालिकाले स्वास्थ्य बीमा सुरु गरेको छ । यो पालिकाले गत माघमा स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमा ऐन–२०७४ र स्वास्थ्य बीमा नियमावली–२०७५ अनुसार सेवा प्रदान गर्ने सम्झौता गरेको थियो । प्रतिनिधि सभाका सदस्य छविलाल विश्वकर्मा र देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले बिहीबारदेखि लागू हुनेगरी बीमा सेवा शुभारम्भ गर्नुभएको हो । अब नगर अस्पताललाई प्रथम सेवा बिन्दु उल्लेख गरेर स्वास्थ्य बीमा गरेका नगरवासीले बीमाबापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधि नगर अस्पतालबाटै पाउनेछन् ।
पेटबाट रक्सीको बोतल निकालियो
पुरानो मेडिकल कलेज भरतपुरले पेटभित्र रक्सीको बोतल पसेको अवस्थामा आएका बिरामीको सफल शल्यक्रिया गरेको छ। रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय युवकको मलद्वारबाट रक्सीको बोतल पेटमा छिरेको थियो। बोतल छिरेपछि स्थानीय मेडिकलमा उपचार गर्दा सम्भव नभएपछि चन्द्रनिगाहपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ एक्सरे गर्दा पेटमा बोतल देखिएपछि बिरामीलाई उपचारका लागि भरतपुर ल्याइएको थियो।
स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार सातै प्रदेशबाट गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताउनुभएको छ ।
हेलचेक्राइँ गर्दा महिला स्वास्थ्यमा समस्या धेरै
कतिपय यस्ता रोग छन् जुन महिलालाई मात्रै लाग्ने गर्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीका अनुसार महिलालाई देखिने प्रमुख समस्या सेतो पानी बग्ने, यौन अङ्गको सङ्क्रमण हुने, महिनावारी गडबडी हुने, पाठेघरमा ट्युमर, शिष्टहरू पलाउने हुन् ।
जीवन रक्षाका लागि कान्छी प्राध्यापकको अपिल
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एक जना प्राध्यापकले जीवन रक्षाका लागि सार्वजनिक अपिल गर्नु भएको छ ।