दुई दिन विदामा पनि केही सरकारी अस्पतालले सेवा दिने
सरकारले जेठ १ गतेबाट हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय गरे पनि केही सरकारी अस्पतालहरुले साे निर्णय कार्यान्वयन नगर्ने भएका छन् । आयुर्वेद चिकित्सालय नरदेवी, भरतपुर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग लगायतका अस्पतालले विभिन्न कारण देखाउँदै आइतबार विदा नदिने निर्णय गरेका हुन् ।
स्वास्थ्य भवन बनेपछि सेवा प्रवाह सहज
उदयपुरको त्रियुगा नगरपालिका–१३ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन बनेपछि सेवा प्रभावमा सहजता आएको छ ।
थप दुई जना सङ्क्रमित
पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार १२७ जनाको पीसीआर परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।
२४ घण्टामा थप सात जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार १४८ जनाको पीसीआर परीक्षण गर्दा सातजनामा सङ्क्रमण पुष्टि भएको हो ।
कान्ति बाल अस्पतालले दुई दिन बिदा नदिने
काठमाडौंको महारागञ्जस्थित कान्ति बाल अस्पतालले दुई दिन बिदा नदिने निर्णय गरेको छ ।
नेपालमा नर्स परिचालन र व्यवस्थापनमा ठूलो विविधता
काठमाडौं, वैशाख २९ गते। नेपालमा करीब ९५ हजारभन्दा बढी नर्सहरु र अनमीहरु नेपाल नर्सिङ परिषद्को अभिलेखमा दर्ता भएका छन्। स्वदेश तथा विदेशबाट अध्ययन गरी वार्षिक करीब आठ हजार नयाँ नर्सिङ तथा दक्ष प्रसूतिकर्मी (मिडवाईफ्री) जनशक्ति थपिने गरेको परिषद्को तथ्याङ्कले देखाउँछ । नेपालमा उत्पादित नर्सहरुको पनि सहि सदुपयोग नभएको सरोकारवाला निकायहरुले गुनासो गर्दै आएका छन्। नेपालमा नै यति ठुलो सङ्ख्यामा नर्सिङ जनशक्ति उत्पादन हुने भए पनि विभिन्न अस्पतालहरुमा नर्सिङ जनशक्तिको परिचालन र व्यवस्थापनमा ठूलो विविधता देखिएको नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष तथा प्राध्यापक तारा पोखरेल बताउनुहुन्छ। सरकारसँग अहिलेसम्म निजी र सरकारी अस्पतालमा कति नर्सिङ जनशक्ति कार्यरत छन् भन्ने यकिन तथ्याङ्क छैन। नेपालमा सरकारी अस्पतालमा १२ हजार नर्स र मिडवाईफ्रीको दरबन्दी कायम छ। सरकारी दरबन्दी अनुसार नर्सहरु कार्यरत नभएको पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार निजी अस्पतालमा २२ हजार नर्सहरु कार्यरत रहेको अनुमान छ। अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य सङ्गठन अनुसार नर्सिङ जनशक्तिको विकासको लागि योजना र रणनीति अद्यावधिक रुपमा तय गर्नुपर्ने हुन्छ। तर नेपालका सरकारी र निजी एव्म विश्वविद्यालय प्रतिष्ठान र शिक्षण संस्थाहरुमा नर्सिङ जनशक्ति विकासका योजना उपलब्ध छैनन्। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका र न्यूनतम सेवा मापदण्ड अनुसार जनरल कक्षमा प्रति चार देखि छ शय्यामा एकजना नर्स, ईमर्जेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा प्रति दुई शय्यामा एक जना नर्स, सघन उपचार कक्ष (आइसियुमा, एन आई सी यू, सीसी यू)आदि मा प्रति शय्या एक जना नर्स र प्रसूति कक्षको लेवर वेडमा प्रति महिला दुई नर्सको आवश्यकता पर्छ। एस वी ए तालिम प्राप्त नर्स वा मिडवाईफ्रीको हिसाबले नर्सिङ जनशक्ति व्यवस्था गरिनु पर्ने पूर्वअध्यक्ष पोखरेल बताउनुहुन्छ। नर्सहरु बिदामा बस्दा कुल जनशक्तिको थप ३० प्रतिशत नर्सिङ जनशक्तिको आवश्यक पर्ने अध्ययनले देखाएको छ। तर सरकारी तथा निजी दुवै स्वास्थ्य संस्थाहरुमा तोकिएका नर्स र बिरामीको अनुपातमा नर्सिङ जनशक्ति परिचालन गरेको पाइएको छैन। प्राध्यापक पोखरेलका अनुसार धेरै जसो सरकारी अस्पतालमा विशिष्टिकृत नर्सको दरबन्दी छैन। त्यसैले दक्ष नर्सहरु सरुवा हुँदा आफ्नो सीपको प्रयोग गर्न नपाएको अवस्था छ। यसले गर्दा दक्ष जनशक्तिको सदुपयोग हुन नसकेकाले सेवाको गुणस्तर पनि प्रभावित हुने अवस्था रहेको प्राध्यापक पोखरेलको भनाइ छ। नर्सिङ तथा मिडवाइफ्री सम्बन्धी १० वर्षे रणनीति सरकारले नर्सिङ तथा मिडवाइफ्री क्षेत्रको विकास र विस्तारका लागि १० वर्षे रणनीति ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले २०७७/७८ देखि २०८७/८८ सालसम्मका लागि १० वर्षे रणनीति ल्याएको हो। गुणस्तरीय नर्सिङ मिडवाइफ्री सेवाको सर्वव्यापी पहुँच भन्ने भावी सोचका साथ उक्त रणनीति ल्याएको महाशाखाले जनाएको छ। रणनीतिमा स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँचका लागि नर्सिङ तथा मिडवाईफ्री सेवाको गुणस्तरमा अभिवृद्धि गरी जनशक्तिको व्यवस्थापन गर्ने उल्लेख छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नर्सिङ तथा मिडवाइफ्री शिक्षा प्रणालीको सुदृढीकरण गर्दै गुणस्तर अभिवृद्धि गर्ने। नर्सिङ तथा मिडवाइफ्री शिक्षा र सेवाको नियमन,अनुगमन र सुपरिवेक्षण प्रणालीको विकास र विस्तार गरी नर्सिङ तथा मिडवाइफ्री क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्य रहेको छ। नेपालमा कति नर्सिङ तथा मिडवाइफ्री आवश्यक स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्ड,२०७५ अनुसार नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको अनुमानित तथ्याङ्क सार्वजनिक गरेको छ। आधारभूत स्वास्थ्य केन्द्र अनुसार आवश्यक नर्सिङ तथा मिडवाइफ्री जनशक्ति २० हजार २१४ जना आवश्यक रहेको देखिएको छ। जसमा स्टाफ नर्स १७ हजार ८१४ र मिडवाइफ दुई हजार चार सय आवश्यक देखिएको छ। बर्थिङ सेन्टर कति आवश्यक नेपाल भरका बर्थिङ सेन्टरसहितका आधारभूत स्वास्थ्य केन्द्र एक हजार दुई सय छन्। जसमा प्रति केन्द्रमा स्टाफ नर्स र मिडवाइफ गरी पाँच जना जनशक्ति आवश्यक देखिएको छ। मापदण्ड अनुसार स्टाफ नर्स प्रति केन्द्रमा तीन जनाको दरले तीन हजार छ सय आवश्यक पर्छ। त्यसैगरी, मिडवाईफ प्रति केन्द्रमा दुई जना गरी दुई हजार चार सय चाहिने देखिएको छ। बर्थिङ सेन्टर बाहेकका आधारभूत स्वास्थ्य केन्द्रनेपाल भरका बर्थिङ सेन्टर बाहेकका आधारभूत स्वास्थ्य केन्द्र मा चार हजार ७३८ रहेका छन्। प्रति केन्द्र तीन जना स्टाफ नर्स आवश्यक भएको देखिएको छ। जसअनुसार,चार हजार ७३८ केन्द्रमा १४ हजार २१४ जना स्टाफ नर्स आवश्यक देखिएको छ। विशिष्टिकृत अस्पतालका कति जनशक्ति आवश्यकविशिष्टिकृत अस्पतालको शय्या अनुसार छ हजार ६५० जना नर्सिङ तथा मिडवाईफ्री जनशक्ति आवश्यक पर्छ। पाँच सय शय्याको कान्ति बाल अस्पतालमा ९३२ जना नर्सिङ जनशक्ति आवश्यक पर्छ। पाँच सय शय्याको प्रसूति तथा स्त्री रोग अस्पतालमा एक हजार ८२ जना नर्सिङ तथा मिडवाईफ्री जनशक्ति आवश्यक भएको देखिएको छ। त्यस्तै,तीन सय शय्याको मानसिक अस्पतालमा ४३७ जना नर्सिङ जनशक्ति आवश्यक भएको देखिएको छ। दुई सय शय्याको भक्तपुर क्यान्सर अस्पतालमा ४४५ जना नर्स आवश्यक पर्छ भने दुई सय शय्याको सुशील कोइराला क्यान्सर अस्पतालमा ४४५ जना नर्स आवश्यक देखिएको छ। दुई सय शैय्याको जी पि कोइराला श्वासप्रश्वास अस्पतालमा ४४५ जना नर्स आवश्यक पर्छ भने दुई सय शय्याको नरदेवी आयुर्वेदिक अस्पतालमा २२३ जना नर्स आवश्यक देखिएको छ। ५० शैय्याका सात वटा प्रदेशिक सरुवा रोग अस्पतालमा ५७४ जना नर्स आवश्यक रहेको अध्ययनले देखाएको छ। तीन सय शय्याको राष्ट्रिय सरुवा रोग अस्पतालमा ४३५ जना नर्स, सातवटा ५० शय्याका प्रादेशिक ट्रमा सेन्टरमा सात सय जना नर्स आवश्यक देखिएको छ। पाँच सय शय्याका राष्ट्रिय ट्रमा सेन्टरमा ९३२ जना नर्सको आवश्यकता छ। अस्पतालको शैय्या अनुसार जम्मा २६ हजार ९१० जना आवश्यक नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आवश्यक भएको अध्ययनले देखाएको छ।‘नर्सहरु नेतृत्व गर्ने एउटा आवाज, नर्सिङमा लगानी गरी विश्व स्वास्थ्य सुनिश्रित गर्न अधिकारहरुको सम्मान गरौँ’ भन्ने मूल नाराका साथ बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ। फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन पारेर हरेक वर्ष मे १२ का दिन अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ।
थप चार जनामा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४६३ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य विदकाे सुझाव - मतदान गर्न जाँदा स्वास्थ्य मापदण्ड पालना गरौँ
शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ। भोट हाल्न उपत्यकासहित देशका विभिन्न सहरबाट गाउँघर फर्किनेको संख्या बढ्दै गएको छ।
निर्वाचनको दिन आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन
सरकारले वैशाख ३० गते हुने निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
कतार सरकारद्वारा नेपाललाई अक्सिजन ट्यांकर प्रदान
गामी दिनमा नेपाल सरकारलाई अक्सिजनकै लागि कठिनाइको सामना गर्न नपरोस् भनेर कतार सरकारले अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको छ ।
वीर अस्पताललाई उपकरण हस्तान्तरण
ईश्वर मन्दिरले वीर अस्पताललाई चिकित्साजन्य उपकरण हस्तान्तरण गरेको छ । संस्थाले दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण उपलब्ध गराएको हो ।
२४ घण्टामा थप १८ जनामा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७० जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जिका, चिकनगुनीया र डेँगु भाइरसको पीसीआर परीक्षण गर्न आग्रह
सरकारले जिका, चिकनगुनीया र डेँगु भाइरसको लक्षण देखिएमा पीसीआर परीक्षण गर्न आग्रह गरेको छ ।
थप १२ जना सङ्क्रमित
पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सुुत्केरीको हेलिकोप्टरबाट उद्धार
सुुत्केरी भएको तीन दिनपछि एकजना महिलाको हेलिकोप्टबारट उद्धार गरिएको छ । सुत्केरी महिलाको घाँटीभित्र घाउ आएर अन्तिम अवस्थामा पुुगेपछि उहाँलाई उपचारका लागि सुुर्खेत अस्पताल लगिएको छ ।
समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर
विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ ।
घोपा बचाउ अभियान सञ्चालन
धरानकोे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार गर्न ३८ दिनदेखि युवाहरूले ‘घोपा बचाउ अभियान’ सञ्चालन गरिरहेका छन् ।
२४ घण्टामा थप छ जनामा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९३ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पाँच वर्षमुनिका बालबालिकामा देखिने रेटिनोब्लास्टोमा क्यान्सर के हो ?
नेपाललगायत विकासोन्मुख देशहरुमा रेटिनोब्लास्टोमाबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत रहेको छ तर विकसित देशहरुमा भने पाँच प्रतिशत भन्दा कम भएको विभिन्न अध्ययनहरुले देखाएको छ । बालबालिकामा हुने क्यान्सर मध्ये रेटिनोब्लास्टोमा क्यान्सर पाँच प्रतिशतमा देखिने गर्छ ।
२४ घण्टामा थप १७ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पहिलो पटक जटिल शल्यक्रिया जिल्ला अस्पतालमै
राजन रावतहुुम्ला, वैशाख २५ गते । जिल्ला अस्पताल हुम्लामा सेभियर प्रिक्लाम्पसिया भएकी एक गर्भवतीको जटिल शल्यक्रिया गरिएको छ । प्रेसर बढेका कारण जुम्ल्याहा शिशु गर्भमै उल्टो बसेपछि स्वास्थ्य अवस्था गम्भीर भएकी २६ वर्षीया सङ्गीता शाहीको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।कर्णाली प्रतिष्ठानका विशेषज्ञ चिकित्सक क्रिशान्त भण्डारीले उक्त जटिल शल्यक्रिया गर्नुभएको हो । शल्यक्रियापछि उहाँले आमा र शिशु दुवै स्वस्थ रहेको जानकारी दिनुुभयो । उहाँले शाहीको प्रेसर बढेको र गर्भमा रहेका दुई शिशुमध्ये एउटा उल्टो र अर्को सुल्टो अवस्थामा रहेको बताउनुुभयो । उहाँले चिकित्सकहरुले डेढ घण्टा लगाएर शल्यक्रिया गर्नुपरेको बताउनुुभयो । शल्यक्रिया सफल भएपछि आमा र शिशुु तिनै जनाको ज्यान सुुरक्षित भएको छ । उक्त शल्यक्रिया गर्ने कार्यमा चिकित्सकहरु रोशन खनाल, कैलाश लामा, देव गजमेर, सुनिल सिहं पुजारा, एनेस्थेसियामा फिरदोश महर्जन र नर्स निमा लामा सम्लग्न हुनुुहुुन्थ्यो । गर्भवती शाहीलाई आईसीयुमै राख्नुपर्ने जटिल केस भएको चिकित्सकले जानकारी दिनुभयो । यस्तो प्रकृतिको बिरामीको पहिलो पटक जिल्ला अस्पतालमा शल्यक्रिया गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले यसअघि पनि हुम्ला अस्पतालमा अन्य किसिमका जटिल शल्यक्रिया गर्दै आएको छ । प्रतिष्ठानले तीन महिनाअघि हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ टोली पठाएको थियो ।
वैशाख ३० गतेकाे निर्वाचनमा कोरोना भाइरसविरुद्धको नियमित खोप सञ्चालन नहुने
काठमाडौं, वैशाख २५ गते । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको नियमित खोप अभियान संचालन नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दै स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मतअधिकार प्रयोग गर्नुपर्ने भएकाले निवार्चनको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान संचालन नहुने जानकारी दिएको हो । निर्वाचन अघि र पछिका दिनहरुमा खोप केन्द्रहरुमा नियमित खोप अभियान संचालन हुने भएकाले सबैलाई सकेसम्म चाँडो खोप लगाउन मन्त्रालयले विज्ञप्तिमार्फत् जारी गरी आग्रह गरेको छ। छिमेकी मुलुकहरुमा पछिल्लो दिनहरुमा संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमण बढ्ने जोखिम भएकाले भिडभाडमा जाँदा सतर्क रहँदै जनस्वास्थ्यका मापदण्ड पालन गर्न मन्त्रालयले आग्रह गरेको छ।
२४ घण्टामा थप ११ जना सङ्क्रमित थपिए
काठमाडौं, वैशाख २४ गते। पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यसैगरी १२ सय ९६ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ। २४ घण्टामा २१ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ। २४ घण्टामा ६९ हजार ६५६ जनाले खोप लगाएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या २०५ जना छ ।
स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी रूपान्तरण
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा उल्लेख गर्दै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुने र सबै नागरिकको सर्वसुलभ पहुँचको अधिकारलाई स्थापित गरिसकेको छ । साथै आधारभूत स्वास्थ्य सेवाको दायरालाई फराकिलो बनाउने बाटो खुला गरिदिएको छ ।