• १२ साउन २०८१, शनिबार

बाइभ्यालेन्ट खोप भित्रियो

blog

काठमाडौँ, फागुन १ गते । फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताउनुभएको हो । 

उहाँले गाभीमार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिनुभयो । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिन्छ । ओमिक्रोनको  सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ । 

कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र  सोहीअनुसार आज  तीन लाख ४५ हजार मात्रा खोप भित्र्याइएकाे हो