स्वास्थ्य सामग्री सहयोग
पुतलीबजार नगरपालिका–३ कुमाल गाउँमा रहेको जिल्ला अस्पताल स्याङ्जालाई त्रिकोण डेनमार्कले आस्क नेपाल स्याङ्जाको पहलमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
डेंगुबाट २० को मृत्यु : १८ दिनमा थपिए करिब १२ हजार सङ्क्रमित
विगत १८ दिनमा डेंगु सङ्क्रमण हुने सङ्ख्या ह्वात्तै बढेर झण्डै १२ हजार पुगेको छ ।
१५ हजारभन्दा बढीमा डेंगु पुष्टि, १० जिल्लामा सबैभन्दा बढी संक्रमण
काठमाडौं, असोज २ गते । पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ। सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन यता १३ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयले हालसम्म ७५ जिल्लाबाट १५ हजार ४२३ जनामा डेंगु पुष्टि भएको जनाएको छ।डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा ११ हजार ८३५ जनामा भएको छ। यस्तै, लुम्बिनीमा एक हजार ९९४, प्रदेश १ मा ४५०, सुदूरपश्चिममा ४२०, गण्डकीमा ३०४, मधेश प्रदेशमा २३४ र कर्णाली प्रदेशमा १८६ जनामा डेंगु पुष्टि भएको छ।जिल्ला अन्तर्गत सबैभन्दा बढी काठमाडौंमा चार हजार ४३३ , ललितपुरमा चार हजार ३१२, मकवानपुरमा एक हजार ४९३, रुपन्देहीमा ६४६, भक्तपुरमा ६३८, धादिङ १४७, काभ्रे १३४, दार्चुलामा १२६ र चितवन ३७० गरेर १० जिल्लामा सबैभन्दा बढी १३ हजार १४१ जनामा डेंगु सङ्क्रमित भएका छन्।नेपालमा हरेक दुई तीन वर्षको अन्तरालमा डेंगु रोग प्रकोपका रूपमा देखा पर्ने गर्छ। यसअघि २०१९ मा प्रकोपका रूपमा फैलिएको थियो। सोही समयमा १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो।सरुवारोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्।एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ।सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ।डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजेर १० मिनेट छुटाई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ खोजौँ र नष्ट गरौँ’भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।
लैङ्गिक हिंसा व्यवस्थापनमा प्रभावकारी बन्दै 'ओसीएमसी’
काठमाडौं, असोज २ गते । १० वर्षमा ७० हजार भन्दा बढीले लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट सेवा लिएका छन्।आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी नीति तथा निर्देशिकाको विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो।मन्त्रालयका लैङ्गिक सल्लाहकार सिताराम प्रसाईँले नेपालमा ओसीएमसी सञ्चालन भएको १० वर्षमा देशभरबाट ७० हजार भन्दा बढीले सेवा लिएको जानकारी दिनुभयो।अहिले ९४ वटा अस्पतालमा ओसीएमसी सेवा सञ्चालित छन्।ओसीएमसीबाट गत आर्थिक वर्षमा १० हजार भन्दा बढीले सेवा लिइएरको उहाँले जानकारी दिनुभयो।त्यसैगरी, ओसीएमसी कार्यक्रम सञ्चालन भएका सङ्घीय अस्पतालको सङ्ख्या १६ छ।गत आर्थिक वर्ष तीन हजार ४०९ जनाले सेवा लिएका छन्।आर्थिक वर्षमा सबैभन्दा बढी सेवा लिने कोसी अस्पताल र परोपकार तथा प्रसूति रोग अस्पताल हुन्।सरकारले ओसीएमसीबाट २४ घण्टा सेवा दिँदै आएको छ।सरकारले यो आर्थिक वर्षमा ७७ वटै जिल्ला अस्पतालमा ओसीएमसी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।के हो ओसीएमसी ?लैङ्गिक हिंसामा परेका व्यक्ति सर्वप्रथम उपचारको लागि अस्पताल पुग्ने गर्छन्।यस्ता घटनाको सम्बोधन गर्न अस्पतालले लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन गर्न बनाइएको केन्द्रलाई ओसीएमसी भनिन्छ।मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलका अनुसार ओसीएमसीबाट लैङ्गिक हिंसामा परेका व्यक्तिले शारीरिक उपचार, मनोसामाजिक परामर्श, कानुनी परामर्श, चिकित्साजन्य प्रमाण सङ्कलन सेवा, सुरक्षित आश्रय र आवश्यकताअनुसार पुनर्स्थापना समेत गर्ने गर्दछ।ओसीएमसी सेवा सञ्चालनका लागि मन्त्रालयले अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना सञ्चालन निर्देशिका, २०७७ जारी गरेको सचिव पोखरेल जानकारी दिनुभयो।
२४ घण्टामा ५९ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
मुक्लीमा सुविधा सम्पन्न सामुदायिक अस्पताल
सोलुखुम्बुको थुलङदूधकोशी गाउँपालिका –६ मुक्लीमा दूधकोशी सामुदायिक अस्पताल तयार भएको छ । दुगर्म गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने ब्यक्तिबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण गरिएको हो ।
थप ६३ जना सङ्क्रमित, १३१ सङ्क्रमणमुक्त
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७४० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि भएको हो ।
तनहुँमा फैलियो डेंगु रोग
तनहुँमा डेंगु रोगको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । जिल्लामा थप ८८ जना डेंगुका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण भएको पाइएको जानकारी दिनुभयो ।
डा. केसीका मागबारे वार्ता गर्न टोली गठन
सरकारले प्रा. डा. गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उहाँको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ ।
अर्बुदले अन्तर्राष्ट्रियस्तरको क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापना गर्दै
नेपाल अर्बुद रोग निवारण संस्थाले अन्तर्राष्ट्रियस्तरको क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापना गर्ने भएको छ । संस्थाको ४० औँ वर्षमा प्रवेश गरेको अवसरमा केन्द्रका अध्यक्ष महेश श्रेष्ठले संस्थाले छिटै अन्तर्राष्ट्रियस्तरको क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापना गर्ने जानकारी दिनुभयो ।
डा.केसीको मागप्रति हामी गम्भीर छौँ : स्वास्थ्य राज्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनसनरत डा.गोविन्द केसीको मागप्रति गम्भीर भएको बताउनुभएको छ ।
डेंगुको प्रकोप बढ्दै : १३ जनाको मृत्यु, १३ हजार बढीमा सङ्क्रमण पुष्टि
पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।
थप ११० जनामा कोरोना पुष्टि, एकको मृत्यु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ८२७ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो ।
बागलुङमा तीव्र गतिमा फैलियो डेंगु
बागलुङमा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्लो एक महिनाको अवधिमा २६ जनामा डेंगु सङ्क्रमण पुष्टी भएको हो ।
डेङ्गु परीक्षण शुल्कमा मनोमानी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै दिइएको छैन । स्वास्थ्य मन्त्रालयले नै गरेको निर्णय कार्यान्वयन हुन नसक्दा डेङ्गुको परीक्षणमा लाग्ने शुल्कमा मनोमानी भइरहेको छ ।
चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन असोज ४ र ५ गते
चिकित्सहरुको छाता संस्था नेपाल चिकित्सक संघले दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) गर्ने भएको छ । संघले आगमी असोज ४ र ५ गते काठमाडौंमा सम्मेलन गर्ने भएको हो ।
१२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु
पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा १२६ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७९० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना पुष्टि भएको हो ।
जापनिज इन्सेफ्लाइटिसका कारण एकको मृत्यु
चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण एक जनाकोे मृत्यु भएको छ । संक्रमितको मृत्यु भएपछि स्वास्थ्य कार्यालय चितवनले संक्रमितको खोजी शुरु गरेको छ ।
७५ जिल्लामा ११ हजार भन्दा बढीमा डेंगु पुष्टि, नौ जनाको मृत्यु
काठमाडौं, भदौ २९ गते। पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन यता नौ जनाको डेंगुले मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार दुई हप्तामा छ हजार ४७२ जनामा डेंगु पुष्टि भएको छ। प्रवक्त डा. ठाकुरका अनुसार सबै भन्दा बढी १० जिल्लाबाट पाँच हजार ४०३ जनामा डेंगु पुष्टि भएको छ। योसँगै हालसम्म ७५ जिल्लाबाट ११ हजार ६५ जनामा डेंगु पुष्टि भएको डा. ठाकुरले जानकारी दिनुभयो। डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा आठ हजार ३९० जनामा भएको छ। यस्तै, लुम्बिनीमा एक हजार ४२१, प्रदेश १ मा ३४६, सुदूरपश्चिममा ३२३, गण्डकीमा २२४, मधेश प्रदेशमा १९८ र कर्णाली प्रदेशमा १६२ जनामा डेंगु पुष्टि भएको छ।जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुर तीन हजार ७९३, काठमाडौंमा २५ सय ६९, मकवानपुरमा ११ सय १२, रुपन्देहीमा ५९८, दाङमा ३७८, भक्तपुरमा २२०, धादिङमा १४०, तेह्रथुममा ११२ काभ्रेमा ११२ र चितवनमा १७८ गरी १० जिल्लामा सबै भन्दा बढी नौ हजार २२६ जनामा डेंगु पुष्टि भएको छ। हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु प्रकोपका रुपमा देखा पर्ने गर्छ। यस अघि २०१९ मा प्रकोपका रुपमा फैलिएको थियो। सोही समयमा १७ हजार भन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो। भाइरोलोजिष्ट डा. लुना भट्टका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्।एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने सचेत रहन चिकित्सकको सुझाव छ।सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ।डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजेर १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।
२४ घण्टामा ११९ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ८४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पताल ढिला आउने चिकित्सकलाई प्रवेशमा रोक
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापनले १० बजेभित्र अस्पतालमा उपस्थित नहुने डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई छिर्न प्रवेश गर्नबाट रोकेको छ ।
बैतडीमा डेङ्गु र स्क्रब टाइफस जोखिम
बैतडीमा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिनुभयो ।
प्रत्येक तीन सेकेण्डमा एक जनालाई अल्जाइमर हुन्छ
नेपाली समाजमा अल्जाइमर रोगले भयावह स्थिति सिर्जना गरेका विज्ञले तर्क गरेका छन्।