रेसुङ्गाद्वारा डायलोसिस मेसिन हस्तान्तरण
रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई डायलोसिस मेसिन हस्तान्तरण गरेको छ । नगरपालिकाको कार्यालयमा नगरप्रमुख खिलध्वज पन्थीले पाँच वटा डायलोसिस मेसिन गुल्मी अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीलाई हस्तान्तरण गर्नुभएको हो ।
आयुर्वेदको विकासका लागि अध्ययन संस्थान आवश्यक छ : प्रा.डा. सापकोटा
आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा.डा. चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद अध्ययन संस्थान स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ ।
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो ।
स्वास्थ्यमा कृत्रिम फोक्सो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी)को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो ।
बीमा गरेकामध्ये ५५ प्रतिशतले सेवा लिँदैनन्
नेपालमा बीमा गरेका मध्ये ५५ प्रतिशतले सेवा नलिएको तथ्यांकले देखाएको छ।
राष्ट्रपतिको निजी चिकित्सकमा डा. बम नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त हुनुभएको छ ।
खोटाङका तीन औषधि पसलमा लगाइयो ताला
दर्ता नगरी सञ्चालन भएका खोटाङका तीन औषधि पसलमा ताला लगाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सञ्चालन भइरहेका तीन पसलमा औषधि व्यवस्थापन विभाग शाखा कार्यालय विराटनगरले ताला लगाएको हो ।
स्वास्थ्यका क्षेत्रमा अनुकरणीय प्रगति हासिल : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ ।
भरतपुर अस्पताल बहिरङ्ग सेवा : चिकित्सक भेट्न चार दिन
भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरङ्ग सेवामा रुमलिइरहनुभएको छ । आज (शुक्रबार) बहिरङ्ग विभागमा भेटिनुभएका उहाँले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुःख पाएको गुनासो गर्नुभयो ।
क्यान्सर विजेताको र्याम सो सम्पन्न
काठमाडौंमा तेस्रो क्यान्सर विजेताहरूको र्याम सो सम्पन्न भएको छ ।
मुगुमा नेत्रज्योति सङ्घको निःशुल्क आँखा शिविर, १५४ जनाले पाए ज्योति
नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य मन्त्रालयको प्रवेशद्वारमा कृत्रिम फोक्सो जडान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुलद्वारमा कृत्रिम फोक्सो जडान गरिएको छ । मन्त्रालयले विश्व स्वास्थ्य दिवस अवसर पारेर अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो ।
खोप लगाउन छुटेका बालबालिकाको खोजी
नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ ।
सुदूरपश्चिममा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा बिहीबार मात्र २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७८० एन्टिजेन र २४ पीसीआर विधिबाट परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
घरेलु प्याडको प्रवर्द्धनका लागि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता
महिलाले महिनावारीका समयमा प्रयोग गर्ने घरेलु, पुनः प्रयोग गर्न सक्ने र स्वास्थ्यकर प्याडको उत्पादन बढाएर घरेलु उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा विधायकले जोड दिएका छन्।
स्वास्थ्य शिक्षासम्बन्धी कार्यशाला गाेष्ठी सम्पन्न
नेपाल स्वास्थ्य शिक्षा संघले १५ औँ साधारण सभाकाे अवसरमा आयोजित राष्ट्रिय कार्यशाला गाेष्ठी सम्पन्न गरेकाे छ ।
सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून
सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो ।
घट्यो मातृ मृत्युदर, दिगो विकास लक्ष्य भेट्न भने कठिन
नेपालमा यसअघिका तथ्याङ्कले देखाएभन्दा निकै नै कम मातृ मृत्युदर रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा गरिएको दोहोरो अध्ययनबाट मातृ मृत्युदरको वास्तविक स्वरूप पत्ता लगाइएको हो । नयाँ तथ्याङ्कअनुसार मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १५१ जना रहेको छ । यो पनि उच्च मृत्युदर नै मानिन्छ । नेपालले दिगो विकासको लक्ष्य भेट्न मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा ७० भन्दा कम गर्नुपर्छ ।
राष्ट्रपति पौडेललाई निवासमै आराम गर्न चिकित्सकको सुझाव
राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकले केही समय पूर्ण रुपमा निवासमै आराम गर्न सुझाव दिएका छन्।
गोकर्णेश्वर नगरपालिकामा आँखा उपचार सेवा
गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालमा आँखा उपचार, मुटुरोग विशेषज्ञलगायतका सेवा सुरु गरेको छ । नगरपालिकाको वडा –४ गोकर्णेश्वरस्थित नगर अस्पतालमा सेवा बिस्तार तथा उदघाटनसम्बन्धी कार्यक्रमको आयोजना गरी छुट्टै इकाइ स्थापनासँगै यी सेवाहरु सञ्चालन भएका हुन् ।
उपत्यकामा बढ्दै कोरोना सङ्क्रमित : चार जना आईसीयू र एक भेन्टिलेटरमा
काठमाडौं उपत्यकामा १७ जना बिरामी संस्थागत आइसोलेसनमा भर्ना भएका छन्।
बेलहिया नाकामा चार दिनमा ३६ जनामा कोरोना सङ्क्रमित फेला
पछिल्लो चार दिनमा भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य लाभ गरेर राष्ट्रपति पौडेल डिस्चार्ज
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर डिस्चार्ज हुनुभएको छ।