स्वास्थ्यमा सबैको पहुँच पुर्याउन ‘डिजिटल हेल्थ’
प्रविधिको विकाससँगै स्वास्थ्यमा सबैको पहुँच पु-याउन ‘डिजिटल हेल्थ’ को अवधारणा अघि सारिएको छ । सरकारले गत वर्ष नीति तथा कार्यक्रममा डिजिटल हेल्थ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार नेपालमा राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस मनाउन सुरु गरिएको छ ।
शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा
कपिलवस्तुको शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा सुरु गरिएको छ ।
बालिकामा डेंगी सङ्क्रमण पुष्टि
ओखलढुङ्गामा एक बालिकामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको मोलुङ गाउँपालिका –१ कि बालिकामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।
कोशी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्याे
स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार डेङ्गुका बिरामीको सङ्ख्या कोशी प्रदेशमा दिन प्रतिदिन बढिरहेको छ ।
बङ्गलादेशमा डेंगुबाट एक सय पचपन्न जनाको मृत्यु
बङ्गलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या १५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ ।
डेङ्गुविरुद्ध उच्च सतर्कता
भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेङ्गु पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।
अस्पताल भवन निर्माण अधुरै
सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भइरहेको हो ।
डेङ्गुको रोकथामका लागि लार्भा नष्ट अभियान सुरु
वराहक्षेत्र नगरपालिकाले डेङ्गु रोकथामका लागि नगरका ११ वटै वडामा लार्भा सर्च एण्ड डिस्ट्रोय (खोज नष्ट गर) अभियान सुरु गरेको छ ।
लम्पी स्किनको प्रभाव : २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित
‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि एको छ ।