अस्पतालका लागि नगरपालिकाको सभाहल
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ ।
मकवानपुरमा आँखा पाक्नेका बिरामी बढे, अस्पतालमा उपचार गराउनेको भीड
आँखा पाक्ने रोग लागेपछि हेटौँडा सामुदायिक अस्पतालमा उपचार गराउनेको सङ्ख्या बढ्दै गएको छ । आँखा रातो हुने, चिलाउने, दुख्ने र आँखाबाट पानी आउने गरेपछि उपचार गराउनेको सङ्ख्या अहिले अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ ।
पूर्वतयारीका कारण डेङ्गी सङ्क्रमितको सङ्ख्या न्यून
काठमाडौँ महानगरपालिकाले समयमा नै डेङ्गी सङ्क्रमण बढ्न नदिनका लागि पूर्वतयारी गरेकाले विगतको तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या न्यून रहेको जनाएको छ ।
गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डा.रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मान मर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ ।
स्वास्थ्य मन्त्री र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकबीच भेट
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेट भएको छ ।
बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढी
बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
भदौ १ गतेबाट १३ वटा अस्पतालमा शय्या निःशुल्क
बागमती प्रदेश सरकारले प्रदेश सरकार मातहतका अस्पतालहरुमा सामान्य शय्याहरू निःशुल्क गर्ने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले आगामी भदौ १ गतेबाट १३ वटा अस्पतालमा रहेका सामान्य शय्याहरू निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो ।
विश्व अङ्गदान दिवस मनाइयो
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व अङ्गदान दिवस मनाएको छ । मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदानबाट प्रत्यारोपणसम्बन्धी जानकारी गराउने उद्देश्यका साथ केन्द्रले आज भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा
‘सरकारी अस्पताल रेफरल सेन्टरमा परिणत हुनु चिन्ताको विषय’
सप्तरीमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेस प्रदेशका सरकारी अस्पताल रेफरल सेन्टरका रूपमा परिणत हुँदै जानु चिन्ताको विषय भएको बताउनुभएको छ ।