विद्यार्थी र अभिभावकमाथि भर्नाका नाममा ज्यादती भयो : सांसद बस्नेत
राष्ट्रिय सभाको बैठकमा सांसद जितजङ्ग बस्नेतले नयाँ शैक्षिक सत्र लाग्ने बित्तिकै विद्यार्थी र अभिभावकलाई विद्यालयहरूले ज्यादती गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
चैत २७ देखि चतराधाममा महाकुम्भ हुने
वराहक्षेत्र नगरपालिका-१, चतराधाम सुनसरीमा यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला हुने भएको छ ।
मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु
भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु गरिएको छ । गत मङ्सिर महिनामा नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगाबाट बिर्य उत्पादन सुरु गरिएको हो ।
आरोप लाग्नासाथ सांसदबाट राजीनामा दिने सर्वदलीय सहमति गरौँ : सांसद वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलीय सहमति गर्न प्रस्ताव गर्नुभएको छ ।
बाँकेमा सशस्त्र प्रहरीको सीमा पैदल गस्ती
बाँकेको भारतसँग जोडिएको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले आजदेखि सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सीमा पैदल गस्ती सुरु गरेको छ ।
आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ को लज्जास्पद हार
आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ ले लज्जास्पद हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानम बुधबार भएको खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भयो ।
आलु उत्पादनमा अब्बल बन्दै बम्घाको टाहाटिम
यहाँका किसान व्यावसायिकरुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक गाउँपालिकाका किसान व्यावसायिक आलुखेतीमार्फत आत्मनिर्भर बनेका छन् ।
एसइईमा ३.२ जिपिए ल्याउनेलाई मासिक एक हजार दिने
गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ ।
बेचिनबाट जोगिए पाँच महिला, होटलबाट उद्धार
वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ ।
गाउँमा म्याद गुज्रेका सामान विक्री
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका लक्ष्मण बरुवालले पसलमा बिक्रीका लागि राखेको म्याद सकिएको मैदाको चार बोरा तीन महिनाअघि फेला परेको थियो ।
आयरल्यान्ड ‘ए’ १५७ रनमा अलआउट
नेपाल ‘ए’विरुद्धको पहिलो एक दिवसीय खेलमा आयरल्यान्ड ‘ए’ सस्तैमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ३८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५७ रन मात्रै बनाउन सक्यो ।
सामुदायिक रेडियो मदनपोखरालाई तीन लाख मुष्ठिदान
सामुदायिक रेडियो मदनपोखरा (सारेम) लाई करिब तीन लाख रुपियाँ मुष्ठिदान सहयोग प्राप्त भएको छ ।
चैते धान रोपाइँमा व्यस्त कृषक (फोटो फिचर)
वर्षे धानको तुलनामा उपादन क्षमता बढी हुने भएकाले कृषकले चैते धान खेतीलाई निरन्तरता दिँदै आएका छन् ।
नक्कली प्रशिक्षार्थी पक्राउ
हेटौँडा उपमहानगरपालिका ११ बाघथलीस्थित बागेश्वरी ड्राइभिङ एकेडेमीमा सवारी साधनको प्रयोगात्मक परीक्षा दिने क्रममा एक जना प्रशिक्षार्थी पक्राउ परेका छन् ।
गाजामा सक्रिय सहायताकर्मी मारिनु दुःखद : इजरायली सेना प्रमुख
इजरायली सेना प्रमुख हर्जी हालेभीले गाजामा इजरायली सेनाले गरेको हवाई हमलाबाट सात जना सहायताकर्मी मारिएको घटनाबाट आफू दुःखित भएको बताउनु भएको छ ।
भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने
औद्योगिक विकासमा तीव्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ ।
रत्नपार्कको भित्ते बगैँचामा दुई सय बिरुवा
भित्ते बगैँचामा बुधबार दुई सय वटा फूल र लहरा बोटका बिरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो ।
औद्योगिक काम अघि बढाउन प्रधानमन्त्रीसमक्ष अनुरोध
आठ बर्षअघि मन्त्रिपरिषदले निर्णय गरे पनि निर्माण कार्य बढ्न नसकेको बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्रको कामलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराइएको छ ।
दुर्घटनामा ज्यान गुमाउने परिवारलाई ५० हजार राहत
गोरखा नगरपालिकाले नगरभित्रका विपद लगायत अन्य दुर्घटनमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रति व्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ ।
कृषिमा आधुनिकीकरण गर्नेगरी कृषि नीति बनाइने
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गण्डकीका मुख्यमन्त्री पाण्डेको राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ । अल्पमतमा पर्नुभएका पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो ।
तनहुँमा नयाँ शिक्षकको दरबन्दी निर्धारण
शिक्षक सेवा आयोगबाट तनहुँका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु. एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु एक लाख ३३ हजार तय भएको हो ।
बजेट अभावले सिक्टा सिँचाइ आयोजनाको काम प्रभावित
बाँकेमा निर्माणाधिन बहुप्रतिक्षित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभावले गर्दा निर्माण कार्य प्रभावित भएको छ । प्रयाप्त बजेट नहुँदा आयोजना निर्माणमा बर्सेनी ढिलाई हुँदै गएको आयोजनाले जनाएको छ ।