फत्तेवालमा २७ लाखभन्दा बढीले गराए आँखाको उपचार
नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि हालसम्म २७ लाखभन्दा बढी नागरिकको आँखाको परीक्षण गर्नुका साथै उपचार गरेको छ।
सुनकोशी मरिण डाइभर्सनः १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
तराई मधेशमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ ।
बेनी-जोमसोम खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । पहिरो नियन्त्रणका लागि दीर्घकालीनरुपमा काम गर्न नसक्दा बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनाका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको हो ।
मुस्ताङमा कागजी बदाम फुल्यो
हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा क्षेत्रमा कागजी बदाम फुलेको छ।
एमालेद्वारा सचिवालय बैठक आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
नागरिकका लागि स्वास्थ्य सेवालाई रुपान्तरण गर्न सरकार संवेदनशील
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नागरिकको राम्रो भविष्यका लागि स्वास्थ्य सेवालाई रुपान्तरण गर्दै लैजाने विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
दाङमा एसइईका लागि ४७ परीक्षा केन्द्र तोकियो
दाङमा यस वर्ष १२ हजारभन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।
अन्तःशुल्क नीति घोटालाको आरोपमा दिल्लीका मुख्यमन्त्री पक्राउ
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ पर्नुभएको छ । सन् २०२१ मा भएको अन्तःशुल्क नीति घोटालामा आर्थिक अनियमितताको आरोपमा केजरीवाल पक्राउ गरिएको हो ।
राष्ट्रसङ्घीय सुरक्षा परिषदमा गाजा युद्धविरामबारे मतदान हुँदै
गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे शुक्रबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदमा प्रस्तावको मस्यौदा पेश गर्ने भएको छ ।
विश्वविद्यालय ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गरौँ : मन्त्री बस्नेत
पाटन (ललितपुर), चैत ९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले क्याम्पस तथा विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।नवआगन्तुक विद्यार्थीको स्वागतमा अखिल (क्रान्तिकारी) पाटन क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रममा उहाँले क्याम्पस र विश्वविद्यालयलाई ज्ञान प्राप्त गर्ने थलोमात्र सीमित नगरेर ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजान सक्नुपर्ने बताउनुभयो । “गौरवशाली इतिहास बोकेको यो क्याम्पसको आफ्नै महत्व छ । अहिलेका प्रधानमन्त्रीले विसं २०२८/२९ तीर यही क्याम्पसमा पढ्नुभएको थियो । उच्च शिक्षा हासिल गर्ने जिम्मेवारी पूरा गर्दै मुलुक र देशको भविष्य निर्माणका लागि क्रियाशील रहन विद्यार्थी भाइबहिनीमा आग्रह गर्दछु”, मन्त्री बस्नेतले भन्नुभयो ।उहाँले मुलुकको स्वाभिमान र स्वाधीनताका लागि त्याग गर्ने सहिदको योगदानमा खडा भएको अखिल (क्रान्तिकारी)ले मुलुकको राजनीतिक जीवनमा परिवर्तन ल्याउन सङ्घर्ष गरेको बताउनुभयो । मन्त्री बस्नेतले बदलिदो परिवेशसँगै इतिहास र आदर्शलाई मुलुकको आवश्यकता र सन्दर्भसँग जोडेर ज्ञान उत्पादनतर्फ लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।हरेक नागरिकले देशको भविष्यप्रति गर्व गर्ने अवस्था सिर्जना गर्दै राष्ट्रको विकासका लागि उच्च मनोबल र गौरवको सन्देश बोकेर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री बस्नेतले क्रान्ति सफल भएको दुई दशकमा नै सफलता हासिल भएन भनेर लिन नहुने बताउनुहुँदै सुशासन, सामाजिक न्यायसहितको विकासलाई पूरा गर्ने उद्देश्यसहित सरकार अगाडि बढिरहेको बताउनुभयो ।नेपालमा ऊर्जा उत्पादनको एक सय १२ वर्ष पूरा भएको बताउनुहुँदै मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएर मन्त्रालय अगाडि बढिरहेको जानकारी दिनुभयो । “विसं १९६८ मा पहिलोपटक ऊर्जा उत्पादन सुरु भयो । त्यो बेलादेखि २०४६ सालसम्म ७८ वर्षको अवधि दुई सय ५० मेगावाट उत्पादन भएछ । विसं २०४८ देखि २०६२÷६३ सम्म २५० थप भई पाँच सय मेगावाट उत्पादन भएको देखिन्छ । विसं २०७२ सम्म ३०० मेगावाट र अहिले २९ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यो तथ्यले पनि देश उन्नतितर्फ गइरहेको देखाएको छ”, मन्त्री बस्नेतले भन्नुभयो ।उहाँले १० वर्षमा गरिएको कामले मुलुकले सार्थकता प्राप्त गरिनसकेको भए पनि निरन्तरता जारी रहँदा त्यसले सार्थकता प्राप्त गर्ने बताउनुभयो । यो देशमा केही हुँदैन भन्ने भाष्यलाई चिर्नुपर्ने उहाँको भनाइ छ ।नेकपा माओवादी बागमती प्रदेशका अध्यक्ष एवं बागमती प्रदेश सदस्य सरल सहयात्रीले सानोभन्दा सानो काम गरेर पनि देशमा बाँच्न सकिन्छ भन्ने सन्देश विद्यार्थीले दिन सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले उक्त कुराबाट प्रेरित भएर उच्च शिक्षा हासिल गर्दै देशको अवस्था परिवर्तनमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । सहयात्रीले हरेक क्षेत्रबाट देशको विकासमा योगदान गर्न सक्नुपर्ने भन्दै हाम्रा पुर्खाले पाखोपखेरो खनेर बनाएको मुलुकको विकास र समृद्धिको लागि सबै क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । “पढ्दै नपढेको व्यक्तिले पनि लामो समय एउटा काममा निरन्तरता दियो भयो भने त्यो क्षेत्रमा विज्ञ हुन सकिन्छ”, उहाँले भन्नुभयो, “तसर्थ निरन्तर प्रयास, आत्मविश्वास र धैर्यतासहित अध्ययन वा आफूले गरिरहेको काममा लाग्नुपर्दछ ।”कार्यक्रममा उपप्राध्यापक शारदा लामिछानेसहित अखिल (क्रान्तिकारी)का केन्द्रीय पदाधिकारीले समेत मन्तव्य राख्नुभएको थियो । रासस
मन्त्री आवास निर्माणपछि हराउँदै मगरगाउँको परिचय
ललितपुर महानगरपालिका–१८ भैँसीपाटीको सैँबु मगरगाउँमा मन्त्री आवास निर्माण भएपछि बिस्तारै हराउँदैछ यस गाउँको परिचय । सङ्घीयमन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आना जग्गामा आवास निर्माण भएपछि मगर गाउँको परिचय नै आवास क्षेत्र बन्दै गएको छ ।
काठमाडौैं महानगरद्वारा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान
काठमाडौं महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले ३० दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।
डुङ्गा दुर्घटना : थप ६ जना रोहिङ्ग्या शरणार्थीको सकुशल उद्धार
इन्डोनेसियाको समुद्रमा डुङ्गा पल्टेपछि पानीमा अलपत्र परिरहेका थप छ जनासहित कूल ७५ जनालाई सकुशल उद्धार गरिएको शुक्रबार इन्डोनेसियाली उद्धारकर्ताहरूले जनाएका छन् ।
विश्व पानी दिवस : खानेपानीको सास्ती उस्तै
“एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,” काठमाडौँको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्ये रेवती पौडेल भन्नुहुन्छ ।
तोलामा एक हजार तीन सयले घट्यो सुन
बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो ।
पूर्वसहकारी रजिष्ट्रार पराजुलीलाई २० लाख धरौटीमा छाड्न आदेश
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीलाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पोखराले आदेश दिएको छ । न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलासले बिहीबार पराजुलीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
मनाङबाट ४० जना विद्यार्थीले एसइई दिँदै
आगामी चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि मनाङमा एउटै मात्र परीक्षा केन्द्र हुने भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी भुटान प्रस्थान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उहाँका समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
होलीको मौलिकता जोगाउने जिम्मेवारी नयाँ पुस्तामा
सामाजिक एकता र सद्भावको पर्व होली हराउँदै जान थालेपछि मौलिकता जोगाउने जिम्मेबारी नयाँ पुस्ताको काँधमा आएको लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले बताउनुभएको छ ।
महिला न्यायाधीशले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको बताउनुभएको छ ।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङगा नगरकोटीले जानकारी दिनुभयो ।
तीन जनालाई ‘वानीरा पुरस्कार’
सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञापुरस्कार’ बाट सम्मानित गरिने भएको छ ।
महिला न्यायाधीशको उपस्थितिले समान न्याय प्रवर्द्धन हुन्छ : प्रधानन्यायाधीश
महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको आज शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सम्मेलनले न्यायापालिकाका महिला न्यायाधीशको बढ्दो सहभागिताले दुरगामी प्रभाव पार्ने बताउनुभयो ।
विश्वमै लोपोन्मुख खरमुजुरको गणना सुरु
विश्वमै लोपोन्मुख अवस्थामा पुगेको खर मुजुरको गणना सुरु गरिएको छ ।