• १३ साउन २०८१, आइतबार

अन्तःशुल्क नीति घोटालाको आरोपमा दिल्लीका मुख्यमन्त्री पक्राउ

blog

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल ।

नयाँदिल्ली, चैत ९ गते । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ पर्नुभएको छ । सन् २०२१ मा भएको अन्तःशुल्क नीति घोटालामा आर्थिक अनियमितताको आरोपमा केजरीवाल पक्राउ गरिएको हो ।

केजरीवाल आफ्नो राजनीतिक दल आम आदमी पार्टी (आप) का प्रमुख पनि हुन् । ठूलो सङ्ख्यामा पार्टीका कार्यकर्ता र समर्थकहरू ईडीको सोधपुछको विरोध गर्न उहाँको निवास बाहिर भेला भएका थिए ।

पछिल्ला दुई महिनामा, ईडीले केजरीवाललाई सोधपुछ गर्नका लागि बारम्बार बोलाएको थियो । उनीहरुको आग्रहलाई मुख्यमन्त्रीले बेवास्ता गरेका थिए । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल