एमाले सचिवालय बैठक सुरु
नेकपा (एमाले) का नेताहरूले होली मनाएका छन् । नेताहरूले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ्ग दलेर खुसी साटासाट गरेका हुन् ।
काठमाडौँमा चेकजाँचमा कडाइ (फोटो फिचर)
होली मनाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । उपत्यकामा आइतबार बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
करेन्ट लागेर एक जनाको मृत्यु
अर्जुन चौपारी गाउँपालिका ६ भिडाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सिनेमाको प्रतिक्रियाका दिन रिभ्यू बक्स
सिनेमा हेरिसकेपछि दर्शक प्रतिक्रियाका लागि पोखरामा रिभ्यू बक्स राखिएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले पोखराका दुई मल्टीप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो ।
‘खुसीका रङ्ग छर्दै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिलोस्’
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
वसन्तपुरमा होलीको चहलपहल सुरु, चीर पूजा गर्नेको भिड
वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ ।
गाजामा मृत्यु हुनेको सङ्ख्या ३२ हजार माथि पुगेपछि ब्लिन्केनको इजरायल भ्रमण
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि आफ्नो आठौँ इजरायल भ्रमण गर्नुभएको छ । यो भ्रमण गाज पट्टीमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघेपछि भएको हो ।
मस्को आतङ्कवादी हमला: आज देशभर शोक मनाउन आदेश
मस्कोमा शुक्रबार भएको गोली काण्ड र त्यसपछिको आगलागीमा परी ठुलो क्षति भएको छ । मस्कोको उपनगर क्रास्नोगोसकको क्रोकस सिटी हलमा कन्सर्ट हुनुअघि आतङ्कवादी हमला भएको थियो ।
चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन्: अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी]का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताउनुभएको छ ।
विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाँटामा
विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो ।
नेकपा एमाले सचिवालय बैठक बस्दै
नेकपा [एमाले] को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ ।
सन्दर्भ: विश्व क्षयरोग दिवस, सङ्क्रमण र मृत्युदरमा वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् ।
पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लासपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
२३ हजार पशुको उपचार
तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ गतेदेखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार तीन सय ३६ पशुको उपचार भएको हो ।
कन्सर्ट हल आक्रमणमा मर्नेको सङ्ख्या १३३ पुग्यो
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा एक सय ३३ जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतङ्कवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने वाचा गर्नुभएको छ ।
उद्योगमन्त्री भण्डारी र बङ्गलादेशका राज्यमन्त्रीबिच शिष्टाचार भेट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबिच दुई पक्षीय हितका विषयमा काठमाडौँमा आज शिष्टाचार भेट भएको छ।
मोलुङ एकवार सडक केही महिनामै जोडिने
धेरै वर्षसम्म सम्पन्न हुन नसकेको ओखलढुंगाको मोलुङ एकवर बाटो अबको केही महिनापछि जोडिने भएको छ ।
प्रतिपक्षमै बसेर सङ्घीयता बलियो बनाउँछौँ
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब कांग्रेसले प्रतिपक्षमै बसेर संघीयतालाई बलियो बनाउने बताउनु भएको छ । सरकारमा रहँदा सङ्घीयतालाई बल पुग्ने गरी ऐन, कानुन निर्माणमा तीव्रता दिएको दाबी गर्दै उहाँले अब प्रतिपक्षमा बसेर देशको समृद्धि र विकासमा अग्रसरता लिने उल्लेख गर्नुभयो ।
जिप दुर्घटनामा पाँचजना गम्भीर घाइते
वालिङ नगरपालिका वडा नं. ११ छत्युनमा बोलेरो जिप दुर्घटनामा नौजना घाइते भएका छन् ।
बौद्ध स्तूपमा पर्यटक
सगरमाथा क्षेत्रमा अवस्थित बौद्ध स्तूपमा पर्यटक । खुम्बु क्षेत्र भ्रमणका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटक यस क्षेत्रमा पुगेर तस्बिर कैद गर्ने गर्छन् ।
एनभिए भलिबल : हेल्प नेपाल र एभरेष्ट च्याम्पियन
टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लबले आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । हेल्प नेपाल पुरुष र एभरेष्ट महिलामा च्याम्पियन बनेको हो ।
सरकारले विश्वासको मत प्राप्त गर्ने मन्त्री देउवाको दाबी
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्ने दाबी गर्नुभएको छ।
प्रदेश सरकारको प्राथमिकतामा नागरिकको सुरक्षा : गृहमन्त्री लेखी
नेकपा (एमाले) को तर्फबाट मधेश प्रदेश सरकारमा गृह, सञ्चार तथा कानुनमन्त्री बन्नुभएका राजकुमार लेखीले सरकारले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
होरी खेल्दै
कैलालीको टीकापुरमा फागु पूर्णिमाको अवसरमा खेलिने होरी खेल खेल्दै स्थानीय । विशेषगरी सुदूरपश्चिममा देउडाको माध्यमबाट भगवानको गाथा गाउँदै होरी खेल्ने चलन रहेको छ ।