विश्वमै लोपोन्मुख खरमुजुरको गणना सुरु
विश्वमै लोपोन्मुख अवस्थामा पुगेको खर मुजुरको गणना सुरु गरिएको छ ।
इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित
इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गर्नुभएको छ । उहाँको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उहाँले रासससँग भन्नुभयो, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन ।
मर्स्याङ्दीमा मोटरबोटमा सयर गर्न पाइने
मर्स्याङ्दी नदीमा मोटरबोटमा सयर गर्न पाइने भएको छ । मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटर बोटमा आनन्द लिन गर्न पाइने भएको हो । जलाशयमा तनहुँको आँबुखैरेनी गाउँपालिकाले पर्यटक भुलाई स्थानीयलाई रोजगारी तथा आयआर्जन दिनको लागि मोटर बोट सञ्चालनको तयारी गरेको छ ।
अपमानित गाउँका नाम फेर्दै उपप्रमुख
पाटन नगरपालिका–५ का गणेश वडलाई कतै जाँदा आफ्नो गाउँको परिचय दिँदा अपमानित हुने डरले गाउँको परिचय नै लुकाउनुपर्ने बाध्यता थियो तर अहिले भने उहाँको गाउँको नाम सिर्जना टोल हुँदा यो समस्या हटेर गएको छ । दलितलाई होच्याउने र अपमानित हुने गरेर राखिएका ‘डुमेउडा, लुहार भ्वाँ, भुलेउडा’ जस्ता दलित बस्तीका अपमानित नाम फेर्न पाटन नगरपालिकाका उपप्रमुख आफैँ खटिएपछि २३ वटा दलित बस्तीका नाम परिवर्तन भएका छन् ।
इलाममा रक्सी चुरोट नियन्त्रण अभियान सुरु
इलामको सूर्योदय नगरपालिकामा लागु औषध दुर्व्यसनी,मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान थालिएको छ ।
घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता
फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता
चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो ।
रुसद्वारा किएभमा ३१ क्षेप्यास्त्र प्रहार, १३ जना घाइते
रुसले ४४ दिनपछि युक्रेनको राजधानी किएभमा बिहीबार बिहान ३१ ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गरेको अधिकारीहरूले बताएका छन् । वायु सेनाले मिसाइलहरू खसाए पनि घटनामा एक बालिकासहित १३ जना घाइते भएका छन् ।
क्षयरोग बिरामीको उपचारमा सफलता दर ९२ प्रतिशत
विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.प्रज्वल श्रेष्ठले आर्थिक वर्ष २०७९/८० मा ३७ हजार ४४७ क्षयरोगका बिरामी पत्ता लागेका जानकारी दिनुभयो ।
पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यसामग्री कार्यान्वयनमा
पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तहमा पहिलो पटक स्वीकृत मापदण्डमा आधारित एकीकृत पाठ्य सामग्री कार्यान्वयन गरेको छ ।
छुवाछूत तथा जातीय भेदभाव उन्मूलनमा गर्न आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निवारण गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
मानव भएर बाँच्न पाउनुपर्छ : प्रमुख मिया
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले मानवले मानव भएर बाँच्न पाउनु पर्ने बताउनुभएको छ । ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च) को सन्दर्भमा बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पाँच गैँडा स्थानान्तरण
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो ।
नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन
सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल थालेको छ ।
रुकुमपश्चिममा एसइईको लागि २३ वटा केन्द्र तोकियो
आगामी चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि रुकुमपश्चिममा २३ वटा परीक्षा केन्द्र तोकिएको छ ।
दुग्धजन्य पदार्थमा कर लगाउनु हुँदैन
कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वालाकुमारी साहले दुग्धजन्य पदार्थमा कर लगाउनु नहुने बताउनुभएको छ।
नेपाल र बहराइन भिड्दै
फिफा विश्वकप–२०२६ र एएफसी एसिएन कप छनोटको दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहीबार) राति बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल बहराइनको राष्ट्रिय रङ्गशाला नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
६ वटा उद्योगको पानी परीक्षणका लागि पठाइयो
बाँकेको कोहलपुर र सो वरिपरिका क्षेत्रमा सञ्चालनमा रहेका पानी उद्योगले उत्पादन गर्दै आएको खानेपानी गुणस्तरीय नभएको भन्दै स्थानीयको गुनासो गरेपछि पानी परीक्षण गर्न पठाइएको छ।
एनभिए भलिबल : नेपाल पुलिस र एभरेष्ट क्लब फाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
‘राइट टु प्रोटिन’ दौड शनिबार
नेपाल भेटनरी सङ्घको आयोजनामा तेस्रो संस्करणको ‘राइट टु प्रोटिन’ दौड शनिबार हुने भएको छ । दौडमा सात हजार १९ जनाको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका –१० धरम्पानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुदा एक जना बालकको मृत्यु भएको हो ।
सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिलेको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ।
घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रका डाँडापाखा फुलेको लालीगुराँसले छोपिन थालेका छन्। लालीगुराँसले डाँडापाखा रमणीय देखिन थालेपछि आन्तरिक एवम् बाह्य पर्यटकको घोडेपानीमा चहलपहल बढेको छ।
जीर्ण भवनबाट सेवा दिँदै प्रहरी
पवित्र तीर्थस्थल मुक्तिनाथमा प्रहरीको आफ्नै भवन निर्माणको क्रममा रहेको छ भने छोसेरमा रहेको प्रहरी चौकीका लागि पनि जग्गा प्राप्त भएको छ ।