• १३ साउन २०८१, आइतबार

‘राइट टु प्रोटिन’ दौड शनिबार

blog

‘राइट टु प्रोटिन’ दौड बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत ८ गते । नेपाल भेटनरी सङ्घको आयोजनामा तेस्रो संस्करणको ‘राइट टु प्रोटिन’ दौड शनिबार हुने भएको छ । दौडमा सात हजार १९ जनाको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु हुने दौडको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुनेछ । दौड काठमाडौँका विभिन्न स्थान हुँदै पुनः रङ्गशालामा पुगेर सकिनेछ । प्रतियोगितामा हाफ म्याराथन खुला, पुरुष १० किमी, महिला पाँच किमी,  कक्षा १२ सम्मका विद्यार्थी छात्रका लागि पाँच किमी र छात्राका लागि तीन किमी तथा ह्विलचियर दौड समावेश गरिएको छ । 

प्रतियोगितामा कूल पुरस्कार राशि १४ लाख १२ हजार पाँच सय रुपियाँ रहेको र हाफ म्याराथनको विजेतालाई एकलाख ३३ हजार ३३३ रुपियाँ प्रदान गरिनेछ । यस्तै म्याराथनमा शीर्ष पाँचमा रहने खेलाडीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

युनाइटेड स्टेट सोयाबिन एक्पोर्ट काउन्सिलले प्रायोजनमा गरेको प्रतियोगितालाई नेपाल दाना सङ्घ र पशु सेवा विभाग, राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायत संस्थाले सहयोग गरेको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा रहेको छ । अघिल्लो संस्करणको उपाधि पुरुषतर्फ दिनेश अधिकारी र महिलातर्फ फुलमती रानाले जित्नुभएको थियो ।