• १६ वैशाख २०८१, आइतबार

नेपाल र बहराइन भिड्दै

blog

बहराइनसँग खेल्नुअघि तयारी गर्दै नेपाली टोली । तस्बिर : सौजन्य एन्फा

काठमाडौँ, चैत ८ गते । फिफा विश्वकप–२०२६ र एएफसी एसिएन कप छनोटको दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहीबार) राति बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल बहराइनको राष्ट्रिय रङ्गशाला नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

नेपालले घरेलु मैदान दशरथ रङ्गशालामा खेल्नुपर्ने पहिलो खेल पनि बहराइनमै खेल्न लागेको हो । दशरथ रङ्गशाला मैदान खेलका लागि उपयुक्त नभएकोले नेपालले बहराइनसँगको होम र अब दुवै खेल उसैको मैदाननमा खेल्न लागेको हो । नेपालले दोस्रो लेग चैत १३ गते खेल्नेछ । 

विश्वकप छनोटअन्तर्गत एसियाली छनोटको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार खेपेको थियो । नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपालले पहिलो चरणको खेलमा भने लाओसलाई समग्रमा १–० गोलले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । नेपाल बहराइनसँग खेल्नुअघि मलेसियासँग उसैको मैदानमा खेलेर बहराइन गएको हो । नेपाल मलेसियासँगको मैत्रीपूर्ण खेलमा ५–१ गोलले पराजित भएको थियो ।