• १३ साउन २०८१, आइतबार

महिला न्यायाधीशले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने

blog

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

काठमाडौं, चैत ९ गते । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको बताउनुभएको छ । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महिला न्यायाधीशहरु न्यायालयमा आउनका लागि अहिले आशालाग्दो वातावरण रहेको बताउनुभयो । उहाँले न्यायालयमा संविधानले भनेअनुसारको महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले सम्मेलन नेपालमा महिला न्यायाधीशहरुको वृत्ति विकासका लागि ठुलो आयाम बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य स्म्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

‘‘महिला न्यायाधीश आउनका लागि अहिले आशालाग्दो वातावरण छ । अझ म आशा गर्दछु । दुई अढाई वर्ष कति छ, हाम्रो आउने महिला प्रधानन्यायाधीशको । मेरा दिदीबहिनीहरुले अथवा हाम्रा न्यायाधीशज्यूहरुका चेलीबेटी, आमा, बैनी कोको हुनुहुन्छ, उनीहरुले आफ्नो दोहोरो भूमिकामा राम्रोसँग काम गर्न सक्दछन् ।,’’ पूर्वप्रधानन्यायाधीश कार्कीले भन्नुभयो, ‘‘राम्रै डिसिजन दिनसक्छन् । राम्रै काम गर्न सक्दछन् । किनभने मैले गरेको छु । मैले त्यो सङ्घर्ष गरेको छु । कति पीडा हुन्छ, त्यो मैले भोगेको छु । एउटा पुरुषले दुःख पाएको छ, भने महिलालाई पनि दण्ड सजाय महिलाले गरेका छन् । यो सम्मेलन शुरुवात हो । संविधानसम्मत काम हुनुपर्छ । यसका लागि हरेक सहयोग गर्ने पुरुषलाई धन्यवाद दिन्छु । सम्मेलनले नेपालमा महिला न्यायाधीशहरुको वृत्ति विकासका लागि ठूलो आयाम बन्नेछ ।’’ आजबाट सुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्नेछ ।