• १ जेठ २०८२, बिहिबार

भरुवा बन्दुक बोकेर जङ्गल गएका युवकको मृत्यु

blog

राधा लुइटेल

फिदिम, जेठ १ गते । पाँचथरमा भरुवा बन्दुक बोकेर छिमेकीसँग जङ्गल गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फिदिम नगरपालिका ९ का २० वर्षीय सुन्दर सारु मगर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङले जानकारी दिनुभयो ।

मगर मङ्गलबार मध्यरातमा ३३ वर्षीय छिमेकी मनबहादुर सम्बाहाम्फेसँग फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडाको जङ्गलमा जानु भएको थियो । जङ्गलमै बन्दुक पड्केर पेटमा लागेका कारण सख्त घाइते भएको जानकारी पाएसँगै प्रहरी चौकी नवमीडाँडाबाट खटेको प्रहरी टोलीले मगरलाई उद्धार गरी पाँचथर अस्पताल ल्याई पुर्‍याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेको पनि तामाङको भनाइ छ ।

साथमा जानुभएका मनबहादुर सम्बाहाम्फेलाई बन्दुक सहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टम पश्चात आफन्तलाई बुझाइएपनि ‘बन्दुक कसरी पड्कियो भन्ने खुल्न बाँकी छ, घट्नाको पक्राउ परेका सम्बाहाम्फेको बयान सुरु गरिए पनि विस्तृत विवरण आउन समय लाग्ने सूचना अधिकारी तामाङको भनाइ छ ।