• १३ साउन २०८१, आइतबार

भारतीय प्रधानमन्त्री मोदी भुटान प्रस्थान

blog

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

नयाँदिल्ली, चैत ९ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र उहाँका समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । दुई पक्षबीच आपसी हितका क्षेत्रहरूमा केही समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

भुटानको भ्रमणमा जानुअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा  भारत–भुटान साझेदारीलाई अझ सुदृढ पार्ने उद्देश्यले विभिन्न कार्यक्रममा सहभागी हुने सार्वजनिक गर्नुभएको छ ।

भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण प्रधानमन्त्री मोदीको बिहीबारका लागि तय भएको भ्रमण एक दिन ढिलो भएको हो । रासस/सिन्ह्वा