दमकमा शरणार्थीसम्बन्धी फोटो प्रदर्शनी
झापाको दमकमा भुटानी शरणार्थीको जीवन भोगाइबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको छ ।
इलाम–२ उपनिर्वाचन मनोनयन दर्ता सुरु
वैशाख १५ मा हुन लागेको इलाम क्षेत्र न. २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।
कालीकोटमा शैक्षिक सत्र अगावै पुग्यो पाठ्यपुस्तक
कालीकोटमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलो पटक पाठ्यपुस्तक पुगेको छ । चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा सो अगावै पाठ्यपुस्तक कालीकोटमा आइपुगेका हुन् ।
नगरपालिकाले बुझायो सिँचाई मिटरको महसुल
लहान नगरपालिकाले किसानहरूले सिँचाइका लागि प्रयोग गरिएको विद्युत मिटरको शुल्क लहान नगरपालिकाले विद्युत वितरण प्राधिकरण केन्द्र लहानलाई १४ लाख आठ हजारको चेक हस्तान्तरण गरेको छ ।
पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु
पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले शुक्रबार जनाएको छ ।
मेटल उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु
ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । घटना बिहान ६ बजेतिर भएको थियो ।
एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।
बारीमा तरकारी, घरमै रोजगारी
बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उहाँको आम्दानीको स्रोत नै खेतबारी हो ।
‘बोगटीको अभाव महसुस भइरहन्छ’
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधैँ अभाव महसुस हुने गरेको बताउनुभएको छ ।
संस्थानका कर्मचारीलाई दक्ष बनाउन प्रशिक्षण
गोरखापत्र संस्थानका कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसाथ सात दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा
जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।
एक करोड १० लाखभन्दा बढी चिनियाँ प्रमुख रोगसम्बन्धी बिमाबाट लाभान्वित
सन् २०२३ मा चीनको प्रमुख रोगसम्बन्धी बिमाबाट करिब एक करोड १० लाख ५६ हजार सहरी तथा ग्रामीण बासिन्दा लाभान्वित भएका छन् ।
मधेशका स्वस्थ्यमन्त्रीद्वारा रक्तदान
मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधनप्रसाद सिंहले रक्तदान गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । शनिबार धनुषाको ढल्केबरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा उहाँले रक्तदान गरेर त्यसको शुभारम्भ गर्नुभएको हो ।
कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका
जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो ।हाल यो गाउँपालिकाका सबै वडामा कफीखेती हुँदै आएको छ ।
‘विकृतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समाजमा भएका विकृति विसङ्गतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो
पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग दर्ता बढेको हो ।
९९८ किलोवाटको चुकेनी जलविद्युत निर्माण अन्तिम चरणमा
बत्तिको अभाव खेपी रहेको जुम्लामा पहिलो पटक ९९८ किलोवाटको चुकेनी जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
आलुले चिनिएको हेम्जा
पोखरा महानगरपालिका-२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झन्डै तीन सय हेक्टरमा आलुखेती हुने गरेको छ ।
नगरपालिकाले बुझायो किसानको कृषि महसुल
सिराहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत महसुल बुझाएको छ ।
सुनसरीमा शनिबार पनि कर्फ्यु जारी
सुनसरीमा दुई समुदायबिचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिमबिचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई शनिबार पनि निरन्तरता दिइएको हो ।
काठको पुलबाट नदी तर्दै पर्यटक
अन्नपूर्ण पदमार्ग अन्तर्गत नासो गाउँपालिका-१ तालगाउँस्थित मर्स्याङ्दी नदीमा रहेको काठको पुल प्रयोग गरी धारापानी तर्फ जाँदै पर्यटक । वि.सं २०७८ असार १ गतेको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानीयले आवतजावत गर्न उक्त काठको पुल निर्माण गरेका हुन् ।
रक गार्डेन
अर्घाखाँचीको सन्धिखर्क-११ मा रहेको रुक गार्डेनुमा रमाउँदै आन्तरिक पर्यटक । पछिल्लो समय यस ढुङ्गे बगैँचामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
प्राकृतिक स्रोत उपयोग गर्नसके देशको विकास हुन्छ : सांसद नागिना यादव
सदीय प्रणालीबारे विमर्श गर्दा विश्वमा रूपान्तरणकारी, सहभागितामूलक, प्रत्यक्षलगायत प्रणाली अभ्यासमा रहेका पाइन्छ । लोकतान्त्रिक रूपमा विवेचना गर्ने हो भने खासमा हुनुपर्ने चाहिँ रूपान्तरणकारी, सहभागितामूलक संसदीय प्रणाली हो ।
लठ्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द
नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ ।