काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध
विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।
भागबन्डामा सहमति नबन्दा सरकार गठनमा अलमल
कर्णाली प्रदेश सरकार गठनमा अलमल देखिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै राजीनामा दिए पनि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच मन्त्रालयको भागबन्डामा सहमति हुन नसक्दा सरकार गठनको प्रक्रिया अवरुद्ध भएको हो । सहमति अनुसार अब सरकारको नेतृत्व एमालेले गर्ने छ । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने निश्चितप्रायः छ तर मन्त्रालयको भागबन्डा नहुँदा उहाँले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न सक्नुभएको छैन ।
महिनामै बढ्यो सुनको मूल्य तोलामा सत्र हजार
बजारमा डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १७ हजार पाँच रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । फागुनको पहिलो साता प्रतितोला एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य चैत अन्तिम साता बढेर एक लाख ३४ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेपाली पूँजी पलायन हुन दिँदैनौँ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताउनुभएको छ । दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।
नियमित तर्फको एसइई सम्पन्न
राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो।
जिप दुर्घटना हुँदा चार घाइते
पाल्पामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको तानसेन १४, अर्गली नजिकै ना १ ज ७९५३ नम्बरको जिप शुक्रबार दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।
टोनी हेगन पार्कबाट देखिएको जिरी बजार
दोलखाको जिरी नगरपालिका–५ स्थित टोनी हेगन पार्कबाट देखिएको पर्यटकीयस्थल जिरी बजार ।
बालिका बलात्कारको आरोपमा परियार पक्राउ
खोटाङमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ परेको छ।
तीन दिन मौसममा बदली, मधेसमा हावाहुरी चल्ने
आगामी तीन दिन देशभरको मौसममा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर मेघ गर्जन, चट्याङ्सहित आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।
जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
मस्र्याङ्दी गाउँपालिका-६ डहरे स्थित सुपर न्यादी जल विद्युत आयोजनाको बा १७ च १४६५ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
तेस्रो संस्करणको बक्रकुण्ड गोल्ड कप सुरु
बक्रकुण्ड गोल्ड कपको तेस्रो संस्करण धनकुटामा सुरु भएको छ ।
खोटाङमा रक क्लाइम्बिङ सफल परीक्षण
खोटाङको मझुवाभिरमा रक क्लाइम्बिङ सफल परीक्षण गरिएको छ ।
शिक्षामा लगानी बढाउन प्रदेश र स्थानीय तहलाई शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रदेश र स्थानीय सरकारलाई शिक्षामा लगानी बढाउन आग्रह गर्नुभएको छ ।
नागरिक बन्धक बनाउने चार विदेशी पक्राउ
प्रहरीले श्रीलंकन नागरिकलाई युरोपियन मुलुक पठाउने भनी बन्धक बनाउने चार जनालाई पक्राउ गरेको छ ।
बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २१ घाइते
म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेको बस दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।
मानव अधिकार रक्षकको सवालमा प्रदेश सरकार गम्भीर
गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मानव अधिकार रक्षकहरुको सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ ।
१३ जना प्रहरी अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २१ गतेको निर्णयले एक तह पदोन्नति भएका प्रशासनतर्फका आठ जना र प्राविधिकतर्फका पाँच जना गरी जम्मा १३ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
फ्रेन्डसिप कपमा नेपाल बरोडासँग पराजित : फाइनल गुजरातसँग खेल्ने
भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पराजित भएको छ।
सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु
जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ ।
माइती नेपालको पैदल यात्रा
मानव बेचबिखनविरुद्धको लडाइँमा समर्पित संस्था माइती नेपालले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा पैदल यात्रा कार्यक्रम गरेको छ । ‘न्यायका लागि यात्राः मानव बेचबिखनको अन्त्य’ नाराका साथ आयोजना गरिएको कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले मुलुकभित्रै हुने आन्तरिक मानव बेचबिखनलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषदद्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह
संयुक्त राष्ट्र मानव अधिकार परिषदले शुक्रबार इजरायललाई हतियार बिक्रीमा रोक लगाउन माग गर्ने विषयमा बहस गरिरहेको थियो ।
‘मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनको समस्याबाट जोगिनुपर्ने’
मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिनुभएको छ ।
टिकटकद्वारा केन्याली नागरिकलाई डिजिटल सुरक्षा प्रशिक्षण
विश्व प्रसिद्ध भिडियो एप टिकटकले केन्याको सूचना र सञ्चार प्रविधि परामर्श फर्म र ‘इभिमिनेट कम्युनिकेसन्स सोलुसन लिमिटेडसँग’ संयुक्त रूपमा सञ्चालन गरेको डिजिटल सुरक्षा प्रशिक्षणले एक लाख १६ हजार केन्यालीहरूलाई सशक्त बनाएको बताएको छ ।
जसपानिकट महिला विभागले अन्तर्राष्ट्रिय महिला सङ्गठनसँग सम्बन्ध विस्तार गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला विभागले अन्तर्राष्ट्रिय महिला सङ्घ, सङ्गठनसँग सम्बन्ध विस्तार गर्ने भएको छ ।