काठमाडौं, चैत २३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला विभागले अन्तर्राष्ट्रिय महिला सङ्घ, सङ्गठनसँग सम्बन्ध विस्तार गर्ने भएको छ । शुक्रबार विभागको कार्यालयमा बसेको केन्द्रीय महिला विभागअन्तर्गतको अन्तर्राष्ट्रिय महिला डेस्कका प्रमुख निर्मला यादवको अध्यक्षतामा बसेको बैठकले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागसँग समन्वय गरी सम्बन्ध विस्तार गर्ने निर्णय गरेको जसपा केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
साथै महिला विभाग, महिला सङ्घ र अन्तर्राष्ट्रिय महिला डेस्कसँग समन्वयन गरेर महिलाहरुको प्रतिनिधित्व गराउने निर्णय गरेको छ ।
बैठककमा पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा, महिला केन्द्रीय विभागका प्रमुख लिला सिटौलालगायतको उपस्थिति रहेको थियो ।