विद्यार्थीलाई आवश्यक सामान किन्न बाध्य बनाइए कारबाही हुने
काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ ।
तीन सय २४ धावक सहभागी मञ्जुश्री ट्रेल रेस सुरु
एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज बिहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’देखि दौड सुरु भएको हो । मञ्जुश्री ट्रेल रेसको आयोजना र ट्रेलमाण्डूको सहकार्यमा सञ्चालित यस दौडमा विभिन्न देशका धावकहरुले भाग लिएका छन् ।
भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द
अस्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द भएका छन् । वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द भएका हुन् ।
पर्सामा अनुचित लेनदेनसम्बन्धी ६६७ मुद्दा टुङ्ग्याइयो
पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी छ सय ६७ मुद्दा टुङ्ग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबिच जिल्लाभरिमा ६६७ वटा उजुरी टुङ्गो लागे पनि अझै एक हजार सात सय ३० वटा उजुरी सम्बोधन गर्न बाँकी छ ।
गुल्मीमा सहजै पुग्यो पाठ्यपुस्तक
यस वर्ष सहज रुपमा गुल्मीमा सामुदायिक तथा निजी विद्यालयका पाठ्यपुस्तक पुगेको छ ।
बाजुराको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी
बाजुरामा रहेको कारागार भवन जीर्ण भएको छ । भूकम्पले चर्किएर चिराचिरा परेको भवनमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रात कटाउन बाध्य छन् । अपराध गरेर सुधारका लागि बनाइएको कारागारको कैदीबन्दी भवन नै भूकम्पका कारण चिराचिरा परेपछि उनीहरु डरले रात बिताउने गरेका छन् ।
नस्ल सुधारका लागि ल्याइएका याक दुब्लाउँदै
सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गएका छन् । हावापानी तथा भूगोल परिवर्तन हुँदा यिनीहरु राम्ररी फस्टाउन नसकेका गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
राष्ट्रपति पौडेल तनहुँमा
राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुग्नुभएको छ । तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति यहाँ आइपुग्नुभएको हो ।
ऊर्जासम्बन्धी आयोजना बढ्दै, विद्युत् निरीक्षक नियुक्तिमा पुगेन ध्यान
मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ । सरकारी, अर्धसरकारी र निजी क्षेत्रले उल्लेख्य रुपमा यस क्षेत्रमा लगानी गरेका छन् ।
चीनको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिम
बेइजिङले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहनुभएका अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले शुक्रबार बताउनुभएको छ ।
सुनसरीको हरिनगर गाउँपालिकामा कर्फ्यु
सुनसरीको सीमावर्ती हरिनगरा गाउँपालिकामा कर्फ्यु आदेश जारी भएको छ । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयलले बिहीबार भएको एक युवामाथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार बिहानैबाट भएको विरोध प्रदर्शनलाई ध्यानमा राखेर निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो ।
बजेट अभावले नरैनापुर अस्पताल भवनको निर्माण रोकियो
बाँकेको सबैभन्दा दुर्गम मानिने नरैनापुर गाउँपालिकाका जनताको स्वास्थ्य सेवामा जिल्लामै सबैभन्दा कम पहुँच छ ।
विद्यालय आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् ।
प्रतितोला एक हजार तीन सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो ।
प्रेस रजिष्ट्रार नियुक्त गर्न समिति गठन
गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रारको कार्यालय स्थापना र प्रेस रजिष्ट्रार नियुक्ति प्रक्रिया सुरु भएको छ ।
नेपाल ए र आयरल्यान्ड ए बिच प्रतिस्पर्धा हुँदै
नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए र नेपाल ए ले आज प्रतिस्पर्धा गर्दैछन् । दोस्रो एक दिवसीयमा नेपाल ए र आयरल्यान्ड ए ले बिहान साढे ९ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
संविधान नै राजनीतिक दलको साझा सिद्धान्त हो : एकनाथ ढकाल
सङ्घीय संसद् होस् वा प्रदेशसभा कुनै एक राजनीतिक पार्टीको बहुमत नभएको अवस्थाले दलहरु एकापसमा मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । प्रमुख राजनीतिक शक्तिबीच सहमति कायम हुनुपर्छ ।
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।
पाँच तलाबाट झरेर छात्राको मृत्यु
दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फालेकी छात्राको मृत्यु भएको छ। बिहीबार बेलुका भवनको साढे पाँच तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो।
सरकारबाट शर्मा बाहिर, कँडेल भित्रिँदै
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ । बुधबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो । सभाबाट राजीनामा घोषणा गरेलगत्तै प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाउनु भएको थियो । शर्माले करिब १५ महिना कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नुभयो ।
मधेसको दुष्कीर्ति बालविवाह रोक्ने सामूहिक प्रतिबद्धता
बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुको भूमिका’ विषयमा भएको छलफलका सहभागीले आआफ्ना ठाउँमा बाल विवाहलाई हुन नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रपति पौडेल आज तनहुँ आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।
गोरखा दरबारमा क्रिष्टल राख्न प्रधानमन्त्री प्रचण्ड आज गोरखा आउँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउनु हुने भएको छ । शुक्रवार बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा क्वार्ज क्रिष्टल प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा आउन लाग्नु भएको गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिनु भयो ।
मौसम: चट्याङसहित हल्का वर्षाको सम्भावना
नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।