दक्षिण चीनमा डुङ्गा डुब्दा ८ जना बेपत्ता
दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले जनाएको छ ।
पारिपात्लेमा घर जलेर नष्ट
धनकुटा नगरपालिका १० स्थित पारिपात्लेमा रहेको एक घरमा आइतबार आगलागी हुँदा जलेर नष्ट भएको छ । पीडित परिवारलाई धनकुटा नगरपालिका, रेडक्रसलगायतका संस्थाले राहत सहयोग प्रदान गरेका छन् ।
काफ्लेको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन
फोटो पत्रकारको छाता संगठन पिजे क्लब, नेपालको तेह्रौँ साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारणसभाले आगामी दुई वर्षका लागि द्धारिका काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
राजस्व घटाउनु पर्नेगरी बजेट ल्याउनु हुँदैन : पूर्व अर्थमन्त्री खतिवडा
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अर्धवार्षिक समीक्षामा १० प्रतिशत बजेट र राजस्व घटाउनुपर्ने बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिनुभएको छ ।
नेपाल आँखा अस्पताल ५० वर्षमा : एक लाखको शल्यक्रिया
नेपाल आँखा अस्पतालमा आँखाको उपचार गराउनेको बिरामीको सङ्ख्या बढ्दै गएको छ।
कपिलवस्तुको सामुदायिक वनमा महिला र पुरुषको शव भेटियो
जिल्लाको एक सामुदायिक वनमा महिला र पुरुषको शव फेला परेको छ। वाणगंगा नगपालिका २ को लालमटिया सामुदायिक वनमा महिला र पुरुषको शव भेटिएको छ।
वैशाख पहिलो साता छिचोलिँदै नागढुङ्गा सुरुङमार्ग
काठमाडौँको दहचोकदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलिने (ब्रेक थ्रु) को अन्तिम चरणमा पुगेको छ । अब छिचोलिन दुई मिटर मात्र बाँकी रहेको आयोजना प्रतिनिधिले जनाएका छन् । आगामी वैशाख पहिलो साता छिचोलिने बताइएको छ ।
छिपछिपे सहकारीमा गम्भीर आर्थिक हिनामिना भएको पुष्टि, तीन जना पक्राउ
नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएको छ। दुई महिनाभन्दा बढी समय लगाएर सहकारी रजिष्टारको कार्यालय गण्डकीले गरेको अनुसन्धानबाट छिपछिपेले रकम हिनामिना गरेको प्रतिवेदन तयार गरेको हो।
पाँचथरमा लिम्बू समुदायबाट निर्वाचित जनप्रतिनिधिको सम्मान
पाँचथर जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित लिम्बू समुदायका दश जना जनप्रतिनिधिलाई सामूहिक रूपमा सम्मान गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष उपाध्यक्षलाई फिदिममा सम्मान गरिएको हो।
९४ कार्टुन मदिरा बोकेको गाडी नियन्त्रण
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म अलौ पर्साले भारतर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहितको सुमोगाडी नियन्त्रणमा लिएको छ ।
आयरल्यान्डद्वारा सिरिजमा ‘क्लिन स्विप’
आरउल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई ६९ रनले हरायो ।
मानव बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता यात्रा
नेपालगन्जमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेर माइती नेपालको ३२ औं स्थापना दिवस मनाइएको छ ।
तीन सदस्यीय मन्त्रिमण्डल बनाउँदै अधिकारी
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सानो आकारको मन्त्री मण्डलसहित शपथ लिने तयारी गर्नुभएको छ।प्रदेश प्रमुख कार्यालयका उपसचिव चण्डीप्रसाद अर्यालले आइतबार दिउँसो शपथ समारोहको तयारी भएको जानकारी दिनुभयो ।
अनलाइनबाट नागरिकताको फाराम सिफारिस
धनगढी उपमहानगरपालिकाले पहिलो पटक अनलाइनमार्फत नागरिकताको फाराम सिफारिस गरेको छ।
धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालगन्ज-अयोध्या साइकल यात्रा
नेपाल र भारतबिच धार्मिक पर्यटन प्रवर्द्धन गर्दै बढी भन्दा बढी भारतीय धार्मिक पर्यटक नेपालगन्ज भित्र्याउने उद्देश्यका साथ नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्ज–अयोध्या साइकल यात्राको आयोजना गरेको छ ।
फ्रेन्डसिप कप : नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले जितका लागि घरेलु टोली गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ ।
जोमसोममा सडक भासियो
हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा कालीगण्डकी नदिको कटानले जोखिममा रहेको सडक आइतबार भासिँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका तथा फर्कँदै गरेका दर्शनार्थी अलपत्र परेका छन् ।
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
घरबाट दुध किन्न निस्किएका गुजारा नगरपालिकाका एक बालकको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । पालिकाको वडा नम्बर ४ मुस्लिम टोलमा मामाघर बस्दै आएका १३ वर्षीय शेख हसमुल्लाले चलाएको साइकललाई ना ७ त ७५७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको हो ।
गण्डकी प्रदेश मुख्यमन्त्रीमा अधिकारी नियुक्त
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उहाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
फ्रेन्डसिप कप : नेपाल गुजरातविरुद्ध ब्याटिङ गर्दै
एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले घरेलु टोली गुजरातविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
आयरल्यान्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य
आयरल्यान्ड ‘ए’ ले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ लाई जितका लागि २८५ रनको लक्ष्य दिएको छ ।
यस वर्ष संस्कृत विश्वविद्यालयको पञ्चाङ्ग प्रकाशन नहुने
‘नेपाल संस्कृतविश्वविद्यालय पञ्चाङ्गम्’ नामक पात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र नेसंविबीच समन्वय नहुँदा विसं २०८१ देखि प्रकाशनमा नआउने भएको हो ।
कर्णालीका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक
यो पटक कर्णाली प्रदेशमा शैक्षिक सत्र सुरु हुनु अगावै पर्याप्त पाठ्यपुस्तक आइपुगेको छ ।
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
गोरखा समाज अष्ट्रेलियाको निमन्त्रणा एवं आयोजनामा गत फेब्रुअरी १२ देखि मार्च २५ तारिखसम्म अष्ट्रेलियाको सात राज्यका विभिन्न १० स्थानमा गरिएको कार्यक्रममा नगद रु ५० लाख र प्रतिवद्धतास्वरुप रु एक करोड २० लाख प्राप्त भएको मानवसेवा आश्रमले जनाएको छ ।