• २१ वैशाख २०८१, शुक्रबार

फ्रेन्डसिप कप : नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

blog

काठमाडौँ, चैत २५ गते । एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले जितका लागि घरेलु टोली गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ । 

गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन बनाउनुभयो । आशिफ शेखले ३४, कुशल मल्लले अविजित ३१, कुशल भुर्तेलले २१ र दीपेन्द्रसिंह ऐरीले सात रन बनाउनुभयो । बलिङमा गुजरातका जयमति पटेल, सेन पटेल, तेजास पटेल र जाला युजराजसिंहले एक एक विकेट लिनुभयो । 

नेपाल आज गुजरातमाथि ह्याट्रिक जित निकाल्दै च्याम्पियन बन्ने अभियानमा छ । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले हराएको थियो । 

नेपालले बरोडा क्रिकेट सङ्घलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो । गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित हराएर फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो ।