• २० वैशाख २०८१, बिहिबार

आयरल्यान्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य

blog

आयरल्यान्ड ‘ए’ को विकेट लिएपछि नेपाल ‘ए’ का खेलाडी ।

काठमाडौँ, चैत २५ गते । आयरल्यान्ड ‘ए’ ले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ लाई जितका लागि २८५ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टर जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २८४ रन बनायो । 

आयरल्यान्डका लागि स्टेफन डोहिनीले १२९ बलमा आठ चौका र दुई छक्काको सहयाेगमा १०७ रनको सतकीय पारी खेल्नुभयो ।

यस्तै पिटर मोरले ४४, म्याथ्यु हम्प्रेसले २३, मोर्गन टोपिङले २१, फिओन ह्यान्डले २०, बेन ह्वाइटले अविजित १९ र गाभिन होयले १४ रन जोड्नुभयो । बलिङमा नेपाल ‘ए’ का लागि रिजन ढकाल र रन्जित कुमारले तीन तीन विकेट निुभयो ।

विकस आग्री र साहब आलमले एक एक विकेट लिनुभयो । अघिल्ला दुई खेलमा हार खेपेको नेपाल आज सान्त्वना जित निकाल्ने तयारीमा छ ।